२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल सेन्ट्रल लियो र लायन्स क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण

बुटवल सेन्ट्रल लियो र लायन्स क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण

बुटवल सेन्ट्रल लियो र लायन्स क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण

बुटवल सेन्ट्रल लियो र लायन्स क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण

बुटवल सेन्ट्रल लियो र लायन्स क्लबद्वारा विद्यार्थीलाई पोशाक वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  •  

    बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रल र लायन्स क्लब अफ बुटवल सेन्ट्रलले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेका छन्।

    क्लबले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

    कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५ पिका ड्याट काे चिफ एडभाइजर तथा बुटवल सेन्ट्रल लायन्स क्लबका पूर्वअध्यक्ष विष्णु कुँवरले युवालाई नेतृत्व विकाससँगै सामाजिक सेवामा जोड्न लियो क्लबले भूमिका खेल्दै आएको बताए। 

    उनले लियो क्लब अफ बुटवल सेन्ट्रलले लायन्स क्लबको सहकार्यमा विभिन्न सामाजिक तथा मानवीय गतिविधि गर्दै आएको जानकारी दिए।

    विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद भट्टराई, व्यवस्थापन समिति अध्यक्ष रीता पन्थी तथा वडा सदस्य हरि प्रसाद पाण्डेलगायतले विद्यार्थीलाई गरिएको सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुग्नुका साथै शैक्षिक समानतामा सहयोग पुग्ने बताए।

    कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष केशव पौडेलले गरेका थिए भने सञ्चालन लियो क्लबका पूर्वअध्यक्ष हिमाल खनालले गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij