२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताएको छ । 

    महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्दासम्म यातायात भाडा नबढ्ने बताए । '' पेट्रोलियम पदार्थको  मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ । नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाडा बढी लिइँदैन, तोकिएको भाडामा टिकट पाउँछ,'' उनले भने । 

    आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसको मारमा उपभोक्तालाई नपार्न उनले सरकारलाई आग्रह गरे ।  अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाए । 

    प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ । तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे ।  प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij