बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा हस्तलेखन सिकाइ तथा उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपाल वर्ष २०२६-२७ अन्तर्गत आयोजित कार्यक्रमको शुभारम्भ लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ बुटवल तिनाउका अध्यक्ष सुदीप न्यौपानेको अध्यक्षता तथा सचिव मुकेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, लायन्स क्लब एरिया सचिव राजु भण्डारीलगायतले हस्तलेखन तथा विद्यार्थीको लेखन सीप विकासको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा रिजन चेयरपर्सन भरत गैरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक बस्नेतका अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विज्ञान, व्यवस्थापन, सिभिल इञ्जिनियरिङ, कानुन र शिक्षा समूहका प्रतिभाशाली ३५ जना विद्यार्थीलाई पहिलो चरणमा प्रशिक्षण दिइएको हो । प्रशिक्षण प्राप्त विद्यार्थीमार्फत् कक्षा २ देखि १० सम्म अध्ययनरत विद्यार्थीको लेखन सीप सुधार गर्दै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विद्यालयको योजना रहेको उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य भावना चालिसे, लक्ष्मीनारायण चौधरी, जोन चेयरपर्सन सोनी थापा, डिपुटी डिस्ट्रिक्ट चिफ अङ्कित गिरी, निवर्तमान अध्यक्ष अनन्त न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
प्रशिक्षण ब्रिटिस काउन्सिलका आइएल्ट्स तथा पीटीईका सूचीकृत प्रशिक्षक ओमप्रकाश बस्यालले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा हबीबा खातुन, ईशा ज्ञवाली, प्रतिज्ञा चन्द, सीमा कबदार, सुयोग जीसी, दीपा थापा, ममीबा घिमिरे, सरस्वती हमाल, निस्मा चुँदाली र सदिक्षा ज्ञवालीले उत्कृष्ट प्रस्तुति दिएका थिए ।
समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका सदस्य हुमाकान्त लम्साल र अनिलकुमार ठाकुरले मन्तव्य व्यक्त गरेका थिए । सहभागीका तर्फबाट अञ्जना ज्ञवाली, प्रमोद आचार्य, हबीबा खातुन, सुयोग जीसीलगायतले प्रशिक्षणबाट प्राप्त सिकाइ तथा अनुभवबारे धारणा राखेका थिए ।




