२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद

प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन असोज १२ सम्मको म्याद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा निर्धारण गरेको छ ।

    सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ । नामावलीमा नाम, थर वा जन्ममितिमा कुनै त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । 

    “अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ,” उनले भने, “त्यसैले असोज १ देखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए सच्याउनका लागि अनलाइनमार्फत नै समयमै निवेदन दिन सबै मतदाताहरूमा अनुरोध गरिएको छ ।”

    आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ । राष्ट्रिय परिचयपत्र (एनआईडी)मा आवद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेस गर्न सक्छन् । 

    परिचयपत्रमा आबद्ध नभएकाहरूले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ । दिएको समयावधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धीकरणका लागिसमेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए । 

    आयोगका अनुसार, तोकिएको म्यादभित्र प्राप्त हुने निवेदन तथा दाबी–विरोधउपर आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिइनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij