अर्घाखाँची । प्रतिकूल मौसमका कारण अर्घाखाँचीका विद्यालयमा दुई दिन बिदा दिइएको छ।
असोज ८ र ९ गते विद्यालयमा पठनपाठन बन्द हुने भएको हो।
मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकको सुरक्षाका लागि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।




