२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तानसेनको वैभव फर्काउने उपाय

तानसेनको वैभव फर्काउने उपाय

तानसेनको वैभव फर्काउने उपाय

तानसेनको वैभव फर्काउने उपाय

तानसेनको वैभव फर्काउने उपाय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • तानसेन ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक शहर हो । सेनकालमा तानसेन पाल्पा राज्यको राजधानी थियो । नेपाल एकीकरणपछि तानसेनबाट हुँदै आएको पश्चिम नेपालको प्रशासनिक काम राणाकालसम्म कायम रहँदै आयो । त्यसपछि प्रशासनिक केन्द्र विकेन्द्रित हुँदै जाँदा तानसेन ओझेलमा पर्दै गएको हो । कुनै बेलाको तानसेनको वैभवलाई स्थापित गर्न सक्दा यहाँ पर्यटक आगमन बनाउन सकिन्छ । र, यहाँको अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।


    अहिले तानसेन विगतलाई सम्झने प्रयास गर्दैछ । वर्तमानमा उभिएर विगत कोट्याउँदै भविष्यको बाटो तय गर्ने प्रयासलाई निष्कर्षमा पु¥याउन सक्दा तानसेनको भविष्य सुनौलो छ । मध्यकालीन शहरको रूपमा विकास गर्न तानसेनकामा एक छलफल भएको छ । छलफलमा सहभागीहरुको निष्कर्ष छ,— तानसेनको वैभवलाई पुनःस्थापित गर्न ऐतिहासिक र पुरातात्विक धरोहरलाई जोगाएर अघि बढ्नुपर्छ । आधुनिकताले छपक्कै छोप्दा तानसेनको मौलिकता नासिदै गएको छ, तर पुरातात्विक महत्वका विभिन्न संरचनाहरु अझँै बाँकी छन् । धार्मिकस्थल, बस्ती, परम्परा र कला संस्कृति कतिपय जीवित छन् भने कतिपयको भग्नावशेष र अवशेष बाँकी छन् । कतिपय कुनै निशाना नभए पनि पुस्तकमा संग्रहित छन् । भक्तपुर आज बेग्लै पहिचान बोकेको छ । भक्तपुर हेर्न जाने पर्यटकको घुइँचो छ । भक्तपुरका ऐतिहासिक सम्पदा जोगाएर पर्यटन प्रवद्र्धनको योजना बनाएर कार्यान्वयन गर्दा धेरै लाभ लिन सकिन्छ भन्ने एउटा राम्रो उदाहरण हो ।


    इतिहास, संस्कृति र प्रकृतिले पनि साथ दिएको तानसेनको मौलिकता जोगाउँदै अघि बढ्दा पर्यटक आगमन बढाउन सकिन्छ । यो पहलकदमी तानसेन नगरपालिकाले लिनुपर्छ । योभन्दा पहिले अहिलेसम्म भएका प्रयास किन पर्याप्त भएनन् ? के–के कमजोरी देखिए ? त्यसबारेमा निर्मम समीक्षा हुनुपर्छ । त्यसो त अहिलेसम्म केही नै भएन् भन्ने पनि होइन्, सम्पदा संरक्षणमा केही काम भएका छन् । भैरवस्थान मन्दिरको जीर्णोद्वार भएको छ । रानीमहलले रूप फेरेको छ । भगवती मन्दिर नयाँ बनाइदैछ ।
    सम्पदा जोगाउने अभियानसँगै सम्पदा केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम अघि बढाउने काम नगरपालिकालको हो ।

     नगरपालिकाले दीर्घकालीन रणनीति बनाएर कार्यक्रम लागु गर्न सक्छ । नगरपालिकाले बनाएका रणनीतिलाई कार्यान्वयन गर्न वर्षेनी संघ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन हुन आवश्यक छ । योजना बनाउने, तर कार्यान्वयन नगर्ने प्रवृत्तिबाट अलग राख्दै अघि बढ्दा गर्व गर्न लागि शहर बनाउन संभव छ । पहिले सम्पदाको पहिचान गर्ने, पहिचान भएका सम्पदाको जीर्णोद्वार, मर्मत र संरक्षण गर्ने, ती सम्पदा केन्द्रीत प्रवद्र्धनका कार्यक्रम अघि बढाउने, टुर गाइड व्यवस्थापन गर्ने, पाल्पा आउने पर्यटकका लागि पर्यटकमैत्री वातावरण बनाउने अभियानले साँच्चै तानसेनलाई गर्व गर्न लायक शहर बनाउँछ । तानसेन भन्ने बित्तिकै पहिलेको कोर शहर मात्रै होइन्, यसभित्र रूरूक्षेत्र, रानीमहल, भैरवस्थान, दर्लममहाकाली र मदनपोखरा पनि जोडिनुपर्छ । 
    अहिले मुलुकभर पर्यटन प्रवद्र्धनको अभियान चलिरहेको बेला सम्पदा संरक्षण र प्रवद्र्धनको राम्रो अवसर हो । स्थानीय तहको योजना र दृष्टिकोण प्रष्ट हुने बित्तिकै तहगत सरकारको संयोजनमा धेरै काम गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij