२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल-पाल्पा सडकखण्ड राति ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • बुटवल । पाल्पामा निरन्तर भारी वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गरेर सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड बिहीबार राति ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ । 

    जिल्ला प्रशासन कार्यालय, पाल्पाले सूचना जारी गर्दै सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान सिद्धबाबा खण्डमा विपद्जन्य जोखिम हुनसक्ने भन्दै रातिको लागि सडक बन्द गरिएको जानकारी दिएको छ । 

    पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बाढी, पहिरो र विपद्‌जन्य जोखिमलाई ख्याल गरेर रातिमा सिद्धबाबा सडक बन्द हुने बताए । 

    सिद्धबाबा क्षेत्रमा बिहीबार पनि पटक-पटक पहिरो झरेको थियो । प्रहरीले अतिआवश्यक कामबाहेक आगामी तीन दिन यात्रा नगर्न समेत आग्रह गरेको छ । अहिले पनि यस क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij