२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सम्भावित बाढी तथा डुबान क्षेत्रको नगरप्रमुख यादवद्वारा स्थलगत निरीक्षण

सम्भावित बाढी तथा डुबान क्षेत्रको नगरप्रमुख यादवद्वारा स्थलगत निरीक्षण

सम्भावित बाढी तथा डुबान क्षेत्रको नगरप्रमुख यादवद्वारा स्थलगत निरीक्षण

सम्भावित बाढी तथा डुबान क्षेत्रको नगरप्रमुख यादवद्वारा स्थलगत निरीक्षण

सम्भावित बाढी तथा डुबान क्षेत्रको नगरप्रमुख यादवद्वारा स्थलगत निरीक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  •  

    परासी । सम्भावित बाढी तथा डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्थलगत निरीक्षण गरेका छन्।

    वर्षायाममा नदी तथा खोलानालामा पानीको बहाव बढ्दा नगर क्षेत्रका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नगरप्रमुख यादवले जोखिमयुक्त क्षेत्रको स्थलगत अवस्था बुझ्न निरीक्षण गरेका हुन्।रामग्राम नगरपालिकाकाे वडा नं १५ मा रहेकाे तुरिया नदि,वडान ६मा रहेकाे रामखण्ड खाेला तथा वडा नं ३ झरही खाेलामा स्थलगत निरीक्षण यादवले गरेका हुन ।

    निरीक्षणका क्रममा नगरप्रमुख यादवले सम्भावित बाढी तथा डुबानबाट नागरिकलाई जोगाउन आवश्यक पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा सम्बन्धित कर्मचारी तथा स्थानीयसँग जानकारी लिएका थिए। उनले जोखिमयुक्त क्षेत्रमा पानीको निकास सहज बनाउने, अवरुद्ध नाला तथा कुलो सफाइ गर्ने र आवश्यक स्थानमा तत्काल व्यवस्थापनका काम अघि बढाउन निर्देशन दिएका छन्। रामग्राम नगरपालिका वडा नं २ का स्थानिय सामाजसेवि अमरूल्लाह मियाले नगरपालिकाले गरेकाे तटबन्धले धेरै नगरबासीलाई बाढि डुबानबाट जाेगाउन कार्य गरेकाे बताए ।उनले भने तटबन्ध निर्माण नभएकाे भए परासी डुबानमा पर्न जाेखिम पर्ने थिए तर नगरपालिकाले झरहि नदि तटबन्ध निर्माणले जाेखिम हाटेकाे भन्दै नगरप्रमुख यादवलाई धन्यवाद दिएका  थिए ।


    नगरप्रमुख यादवले विपद्को समयमा स्थानीय सरकार, सुरक्षा निकाय तथा स्थानीयवासीबीच समन्वय आवश्यक रहेको बताए। उनले बाढी तथा डुबानको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै विपद्को अवस्था आएमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    स्थलगत निरीक्षणका क्रममा सम्भावित जोखिमयुक्त क्षेत्रको अवस्था, पानीको निकास तथा तत्काल गर्नुपर्ने पूर्वतयारीका विषयमा समेत छलफल गरिएको थियो। नगरपालिकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गर्ने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij