२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३० लाखको सडक तीन महिनामै बिग्रियो

३० लाखको सडक तीन महिनामै बिग्रियो

३० लाखको सडक तीन महिनामै बिग्रियो

३० लाखको सडक तीन महिनामै बिग्रियो

३० लाखको सडक तीन महिनामै बिग्रियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • भुवन पाण्डे
    रूपन्देही
    रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आरसीसी सडक तीन महिना नपुग्दै बिग्रिएको छ । सडक बिग्रिएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ । 


    गाउँपालिकाको बजेटमा प्रिमियम कन्स्ट्रक्सन, काठमाडौंले सडक निर्माण गरेको हो । सडक गत वैशाखको दोस्रो सातातिर निर्माण गरिएको हो । सडक दुई खण्डमा बनाइएको छ । एउटा खण्ड ७५ मिटर र अर्को ९० मिटरको छ । ९० मिटरको खण्ड सामान्य अवस्थामा छ । तर, ७५ मिटरको खण्ड भने ठाउँ–ठाउँमा बिग्रिएको छ । 


    सडकको माथिल्लो सिमेन्टको सतह उप्किएको छ । सतह उप्किएपछि तलको गिट्टी अर्थात् मिस्कट देखिएको छ । कतिपय ठाउँमा कोट्याउँदा गिट्टीसमेत निस्किने अवस्था छ । सडक बिग्रिएको जानकारी दुई महिनादेखि गराए पनि सम्बन्धित निकायले कुनै पहल नगरेको स्थानीयहरुको आरोप छ । स्थानीय सोमनाथ यादवका अनुसार सडक निर्माणकै क्रममा गुणस्तरबारे प्रश्न उठाइएको थियो । स्थानीयले गाउँपालिकालाई समेत यसबारे जानकारी गराएका थिए । स्थानीय रामभरत कुर्मीले सडकको केही भागमा गिट्टी राम्रोसँग नजमेको बताए । उनका अनुसार सडक निर्माण भएको छोटो समयमै समस्या देखिन थालेको हो । सडक निर्माणका क्रममा स्थानीयले आधार संरचना, कंक्रिटको गुणस्तर र स्लाबको मोटाइबारे प्रश्न उठाएका थिए । 


    त्यसबेला गाउँपालिकाले गुणस्तर परीक्षणपछि मात्र अन्तिम भुक्तानी गर्ने बताएको थियो । तर, स्थानीयले भने आवश्यक गुणस्तर परीक्षण नभएको आरोप लगाएका छन् । स्थानीय सुभास कुर्मीले सडक निर्माणको गुणस्तरबारे प्राविधिक परीक्षण हुनुपर्ने बताए । उनका अनुसार सडक यति छोटो समयमा बिग्रनुको कारण पत्ता लगाउन आवश्यक छ । 


    सडक बिग्रिएको दुई महिनापछि बल्ल गाउँपालिकाले निर्माण कम्पनीलाई मर्मतका लागि पत्र पठाएको छ । निर्माण कम्पनीको मर्मतसम्भारको जिम्मेवारी अवधि अझै बाँकी छ । सियारी गाउँपालिकाका इञ्जिनियर दिलिप भट्टराईले सडक मर्मत निर्माण कम्पनीले नै गर्ने बताए । उनका अनुसार निर्माण कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरी मर्मत गर्न भनिएको छ । तर, स्थानीय मर्मत गरेर मात्र समस्या समाधान हुनेमा विश्वस्त छैनन् । सडक किन यति छिट्टै बिग्रियो भन्ने विषयमा प्राविधिक परीक्षण हुनुपर्ने उनीहरूको माग छ । 


    कंक्रिटमा प्रयोग भएको सिमेन्ट, बालुवा र गिट्टीको अनुपात परीक्षण गर्नुपर्ने उनीहरू बताउँछन् । स्लाबको मोटाइ पनि मापदण्डअनुसार भए–नभएको जाँच गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, सडकको सब–बेस र बेस राम्रोसँग कम्प्याक्ट गरिएको थियो कि थिएन भन्ने पनि परीक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ । कंक्रिट राखेपछि आवश्यक क्युरिङ गरिएको थियो कि थिएन भन्ने विषय पनि जाँच गर्नुपर्ने उनीहरूको माग छ । 


    यो सडक एम–१५ ग्रेडको आरसीसी कंक्रिट प्रयोग गरेर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । इञ्जिनियर भट्टराईले कंक्रिटको गुणस्तर र मजबुती परीक्षण गरेर मात्र काम अघि बढाइएको दाबी गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij