२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक कुप्रथा रोक्न सरोकारवालाको जोड

सामाजिक कुप्रथा रोक्न सरोकारवालाको जोड

सामाजिक कुप्रथा रोक्न सरोकारवालाको जोड

सामाजिक कुप्रथा रोक्न सरोकारवालाको जोड

सामाजिक कुप्रथा रोक्न सरोकारवालाको जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • अनिल नेपाली 
    अर्घाखाँची
    कानुनले निषेध गरिसकेका विभिन्न कुप्रथा, हानिकारक परम्परा र गलत सामाजिक मूल्य–मान्यता अझै पनि समाजमा भित्रभित्रै कायम रहेको भन्दै तिनको न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
    ग्रामीण तथा पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदाय स्तरबाटै सामाजिक सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ मा बहुसरोकारवालाबिच छलफल गरिएको छ ।
    सामाजिक न्यायका लागि रूपान्तरण अभियान’ अन्तर्गत ‘हाम्रो साहस परियोजना’द्वारा दलित महिला सङ्घ र युएन वुमनको सहकार्य तथा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीको सहजीकरणमा बहुसरोकारवालासँगको छलफल कार्यक्रम आयोजना गरिएको हो ।


    कार्यक्रममा समाजमा अझै विद्यमान हानिकारक परम्परा, कुप्रथा तथा गलत मूल्य–मान्यताले महिला, दलित तथा पछाडि पारिएका समुदायलाई प्रत्यक्ष असर पारिरहेको विषयमा छलफल गरिएको थियो । 
    यस्ता सामाजिक अभ्यास न्यूनीकरणका लागि स्थानीय सरकार, समुदाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा सरोकारवाला सबैको भूमिका महत्त्वपूर्ण हुने सहभागीको भनाइ थियो ।

     
    कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना प्रमुख विष्णु मगराँतीले कानुनले निषेध गरेका कुप्रथा अझै समाजमा जरा गाडेर रहनु चिन्ताको विषय भएको बताए । यस्ता हानिकारक मान्यतालाई परिवर्तन गर्न भाषणमा मात्र सीमित नभई व्यवहारमै परिवर्तन ल्याउन आवश्यक रहेको उनको भनाइ थियो । ग्रामीण तथा पिछडिएका समुदायमा सामाजिक न्याय र सशक्तीकरणका लागि समुदायका अगुवासँग यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक रहेको बताउँदै मगराँतीले समाजमा रहेका हानिकारक परम्परा न्यूनीकरणमा संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । आफू स्थानीय  सरकारको प्रमुखसमेत भएकाले यस्ता सामाजिक समस्या न्यूनीकरण गर्न प्रतिबद्ध रहेको उनले बताए । 


    कार्यक्रममा भूमिकास्थान नगरपालिका–४ का अध्यक्ष बाबुराम पन्थी सुनारले समाजमा विद्यमान हानिकारक परम्परा न्यूनीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए । 


    कार्यक्रममा पत्रकार अनिल नेपालीले समाजमा रहेका हानिकारक तथा विद्यमान परम्पराका विषयमा सहजीकरण गरेका थिए । उनले दलित महिला सङ्घले महिलावादी अभियान, समावेशी सशक्तीकरण तथा जातीय, लैङ्गिक र अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए । उनका अनुसार संस्थाले समुदायसँग मिलेर विभिन्न परियोजना सञ्चालन गर्दै महिला सशक्तीकरण तथा दिगो विकासमा जोड दिँदै आएको छ । 


    संस्थाले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्य–मान्यता न्यूनीकरण एवं लैङ्गिक समानताका लागि सामाजिक मूल्य–मान्यता परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवा रहेका छन् । सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ ।


    कार्यक्रममा परम्परागत सोच र व्यवहार परिवर्तनका लागि यस्ता अभियान महत्त्वपूर्ण हुने बताइएको थियो । न्यायबाट टाढा रहेका, बेसहारा अवस्थामा जीवन बिताइरहेका तथा अन्याय र हिंसामा परेका महिलालाई जीविकोपार्जनसँग जोड्नसमेत सबैको सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो ।


    कार्यक्रममा वडा सदस्य, कुसुम डाँडा पैरवी समूहका अध्यक्ष तथा सदस्य, बुद्धिजीवी लगायतले समाजमा रहेका हानिकारक परम्परा न्यूनीकरण गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए ।
    संस्थाकी सहजकर्ता राधा नेपालीको अध्यक्षता तथा अनिल नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।


    अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक डियसपी दिवस ब जिसिले आर्थिक बर्षमा २०८२÷८३ मा सबैभन्दा दलित तथा उत्पिडित समुदायका घटना ४२ प्रतिशत रहेको बताएका छन् । घटना लैङ्गिक घरेलुु हिसासग सम्बन्धित रहेको आत्महत्या गर्नेमा सबैभन्दा बढी दलित समुदाय रहेको बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij