परासी । रामग्राम नगरपालिका–१६, तौनवामा तुरिया नदीको पानी गाउँमा पस्दा घर डुबानमा परेका छन्। लगातारको वर्षापछि नदीमा पानीको सतह बढ्दा बस्तीमा पानी पसेको हो।पश्चिम नवलपरासीको रामग्राम वडा न १६ लालमाटि तोनवामा तुरिया खोलाको पानी पसेपछि काच्चि र पक्की घरहरू डुबानमा परेको वडाअध्यक्ष विजय यादवले जानकारी दिए । उनको अनुसार काच्चि र पक्की गरि ६ वटा घरहरू डुबानमा परेको बताए ।करिब १५ विगाह धान खेतीमा क्षेति पुयाएको छ ।
डुबानबाट प्रभावित क्षेत्रको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्थलगत निरीक्षण गरेका छन्। नगरप्रमुख यादवले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै स्थानीयवासीसँग भेटघाट गरेका थिए।
नदीको पानी बस्तीमा प्रवेश गरेपछि घर तथा आसपासका क्षेत्रमा पानी जमेको छ। डुबानका कारण स्थानीयवासी प्रभावित भएका छन्। नगरपालिकाले प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्दै आवश्यक सहयोग तथा व्यवस्थापनका लागि पहल गर्ने जनाएको छ।
नगरप्रमुख यादवले नदीको बहाव, डुबानको अवस्था र प्रभावित घरपरिवारको अवस्थाबारे जानकारी लिँदै तत्काल गर्नुपर्ने व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्ने बताएका छन्।
स्थानीयवासीले हरेक वर्ष वर्षायाममा तुरिया नदीको पानी बस्तीमा पस्ने समस्या दोहोरिने भएकाले दीर्घकालीन रूपमा नदी नियन्त्रण तथा तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन्।




