२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारको गैरकानुनी कदम

सरकारको गैरकानुनी कदम

सरकारको गैरकानुनी कदम

सरकारको गैरकानुनी कदम

सरकारको गैरकानुनी कदम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई शनिबार राति ३ बजे घरबाट पक्राउ गर्नु निन्दनीय कदम हो । पक्राउ गर्दा कुनै कारण खुलाइएन्, उनलाई प्रहरीले सुरक्षा थ्रेट भन्यो । सुरक्षा थ्रेट भएको व्यक्तिलाई आइतबार दिउँसो घरमै लगेर छाडिएको छ । पूर्व प्रधानन्यायाधीश जस्तो व्यक्तिलाई पर्याप्त प्रमाणबिना पक्राउ गर्नु बालेन्द्र साह सरकारको मनपरी, स्वच्छाचारिता र अलोकतान्त्रिक क्रियाकलाप हो । यो विधिको शासन र कानुनी सर्वोच्चताको चरम उल्लंघन हो । 


    सुरक्षा थ्रेट बताउने प्रहरीले  पूर्व प्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने हो, नियन्त्रणमा लिने काम अमर्यादित र जंगलीराज हो । जेनजीका नाममा कसैले धम्क्याउँदैमा पूर्वप्रधानन्यायाधीशलाई राति ३ बजे घरबाट उठाउने कुरा पत्यार लाग्ने विषय होइन् । सरकारले यसबारेमा प्रष्ट र पारदर्शी जवाफ दिन सक्नुपर्छ । प्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भएको भन्दैमा प्रहरीले नियन्त्रणमा लियो भने आम नागरिकले सरकारबाट सुरक्षाको अनुभूति कसरी गर्ने ? प्रहरीले सुरक्षा थ्रेट भएको विषय मध्यरातमा कसरी थाहा पायो ? जबराले प्रहरीलाई जानकारी गराएका थिए कि प्रहरी अनुसन्धानले देखायो ? यी प्रश्न सधैँ अनुत्तरित हुँदैनन् । सुरक्षा थ्रेट भएकोलाई नियन्त्रणमा लिने सरकारले सुरक्षा थ्रेट दिनेलाई किन नियन्त्रणमा लिन सकेन् ? यो प्रश्नबाट सरकारले उन्मुक्ति पाउँदैन् ।


    कुनै पनि नागरिकलाई राज्यले चाहेको बेला पक्राउ गर्न सक्छ, अनुसन्धान गर्न सक्छन्, अनुसन्धानबाट प्रमाणका आधारमा अभियोग दाबी गरी मुद्दा दायर गर्न सक्छ । यी काम पनि विधि र प्रक्रियाका आधारमा हुन्छन् । राज्यले यी काम गर्न पनि सीमा तोकिएको छ । सरकारको विरोध गर्ने र सरकारले विरोधी ठान्ने सबैलाई जुनसुकै बेला पक्राउ गर्ने अधिकार राज्यलाई छैन । राज्यलाई संविधान र कानुनले अधिकार दिएको छ, ती अधिकारको सीमा छन्, राज्यले अधिकारको प्रयोग गर्दा कर्तव्य पनि ख्याल गर्नुपर्छ । पूर्वप्रधानन्यायाधीश जबरालाई बिना कारण मध्यराज नियन्त्रणमा लिएर सरकारको स्वच्छाचारिता र मनपरी मौलाएको प्रष्ट भएको छ । सरकारले चाहे जुनसुकै बेला जोसुकैलाई नियन्त्रणमा लिनसक्ने सन्देश दिएर समाजलाई त्रास र भयमा राख्न खोजेको छ । तर समाज त्रास र भयमा सधैँ बाँच्दैन्, आक्रोशको आगो समाजले ओकल्दा अन्ततः सरकार नै संकटमा पर्छ ।
    राणाले सरकारको विरोध गरेको र सरकार विरोधी क्रियाकलापलाई बल पु¥याउने रणनीति बनाएको भन्ने सरकारी निकायका उच्च व्यक्तिहरुको भनाइलाई आधार मान्ने हो भने लोकतन्त्रमा सरकार विरोधी गतिविधि गर्न छुट हुन्छ । विरोध गर्न पाइन्छ, सरकार विरोधी रणनीति बनाउन पाइन्छ । लोकतान्त्रिक प्रणालीमा निर्वाचनमार्फत् आएको सरकारले गर्ने यस्ता निन्दनीय कदमले शासन सत्तामा बस्नेहरुको आयु त छोट्टयाउँछन् नै, प्रणालीलाई समेत कमजोर बनाउँछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij