२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन

उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन

उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन

उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन

उद्योग व्यापार संघको रक्तदानमा ७९ पिन्ट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • बुटवल । बाढी पहिरो लगायत प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै  उद्योग व्यापार संघ बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    रक्त सञ्चार केन्द्र बुटवलमा भएको रक्तदानमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार र संघका शुभेच्छुकहरु समेत गरी ७९ जनाले रक्तदान गरी ७९ पिन्ट रगत संकलन भएको छ ।

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष लोकनाथ पन्थीले संघले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै रगतको अभावमा कसैको उपचार प्रभावित नहोस् र कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए ।  

    रक्तदान कार्यक्रमको संयोजन संस्थाका केशव पौडेलले गरेका वरिष्ठ उपाध्यक्ष पदम जीसीले जानकारी दिए । संघका महासचिव विजय आचार्यले स्वस्थ मानिसले हरेक ३ महिनाको अन्तरालमा रक्तदान गर्र्दा स्वास्थ्यलाई राम्रो हुने बताए । 

    नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमनारायण पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डे,संघका उद्योग उपाध्यक्ष केशव श्रीस, बाणिज्य उपााध्यक्ष यमलाल मरासिनी लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको संघका सचिव सौरभ भुसालले जानकारी दिए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij