२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल रमाइलो महोत्सवको तयारी अन्तिम चरणमा

बुटवल रमाइलो महोत्सवको तयारी अन्तिम चरणमा

बुटवल रमाइलो महोत्सवको तयारी अन्तिम चरणमा

बुटवल रमाइलो महोत्सवको तयारी अन्तिम चरणमा

बुटवल रमाइलो महोत्सवको तयारी अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  •  बुटवल । बुटवलमा यही असोज १६ देखि ३१ गतेसम्म रमाइलो महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा देवीनगर रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए ।

    महोत्सवमा बिभिन्न प्रकृतिका २५० बढी स्टल रहने रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका सिईओ पालदेन घलानले जानकारी दिए । हालसम्म करिब २०० स्टल बुक भइसकेको उनले बताए । स्टलमा कृषिजन्य तथा स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको छ ।
    बुटवलको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागिएको रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट अध्यक्ष विक्कल क्षेत्रीले बताए । उनका अनुसार महोत्सवको मुख्य आकर्षकको रुपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ तथा बुटवलमै पहिलोपटक ८ वटा ‘बिग बेन’ टावर राखिने भएको छ । यस्तै हट एयर बेलुन समेत सञ्चालन हुने छ ।

    महोत्सवमा आउने दर्शक तथा अवलोकनकर्तालाई नयाँ र फरक किसिमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विशेष आकर्षणहरू राख्न लागिएको उनले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जनसँगै विभिन्न व्यापारिक स्टल, रेष्टुरेन्ट तथा अन्य आकर्षणहरू समेत रहनेछन् ।

    महोत्सवमा बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपअप डान्स प्रतियोगिता, टिकटक प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रम र बिशेष इभेन्टसमेत आयोजना हुने कार्यक्रम संयोजक टेकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यी प्रतियोगिताहरुमा एसएमएस तथा भोटिङबाट नगरी निर्णायकको छनोटबाट बिजेता घोषणा गरीनेछ । उनका अनुसार मेलाको अवलोकलनका लागि बिद्यार्थीका लागि परिचय पत्रको आधारमा ८० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ र बिशेष कन्सर्टका लागि ३०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

    महोत्सवको एक लाख भन्दा बढी बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड बढी कारोवार हुने अनुमान गरिएको छ । महोत्सवबाट हुने कुल नाफा रकमबाट ५ प्रतिशत बाढी पीडितलाई प्रदान गरीने इभेन्टका अध्यक्ष क्षेत्रीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij