२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्रामले रेबिज, सर्पदंश तथा जुनोटिक रोगसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

रामग्रामले रेबिज, सर्पदंश तथा जुनोटिक रोगसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

रामग्रामले रेबिज, सर्पदंश तथा जुनोटिक रोगसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

रामग्रामले रेबिज, सर्पदंश तथा जुनोटिक रोगसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम

रामग्रामले रेबिज, सर्पदंश तथा जुनोटिक रोगसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • परासी  । पश्चिम नवलपरासीमा रेविज,सर्प दस विभिन्न जुनेटिक रोग सम्बन्धी  स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिबृद्वि तालिम संचालन गरिएको छ । रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रेविज,सर्प दंश तथा विभिन्न जुनेटिक रोग सम्बन्धी  स्वास्थ्यकर्मीहरूलाई क्षमता अभिबृद्वि तालिम संचालन गरेको हो । 

    समुदायमा भएका रोगहरू पहिचान समयमा प्रेषण, उपचार, स्वास्थ्य शिक्षा तथा स्वास्थ्यकर्मीहरू क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।

    दुई दिन सम्म संचालन हुने तालिममा रामग्राम नगरपालिका भित्रका १७ वटा स्वास्थ्य संस्थका ६० जना स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको हरिजनले बताए ।

    जिल्ला अस्पतालमा रेविज विरूद्व खोप लगाउने विरामीको संख्या बृद्धि हुँदै गईरहेको र सो विरुद्ध लगाउने खोप अभाव हुने हुदा रामग्राम नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरि समुदायमा जनचेतना, स्वास्थ्य शिक्षा, रोग पहिचान तथा समयमै रिफरल गर्न मद्दत पुग्ने बताए।

    तालिममा स्वास्थ्य कार्यालय नवलपरासीको प्रमुख अंगद बहादुर शाहीले जुनेटिक रोग सम्बन्धी प्रशिक्षण दिदै समुदायमा जुनेटिक रोग बढिरहेको घरपालुवा तथा जंगली  जनवारले गर्दा रोग सक्रमण बढ्ने भएकोले मानिसहरू सावाधानी अपनाउनुपर्ने र जुनेटिक रोगबाट जोगाउनुको लागि  स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेवि र जनप्रतिनिधि सबैले आ- आफ्नो क्षेत्रबाट सावाधानी अपनाउन बताए ।चिसापानी अस्पताल, बर्दघाटका डा। शैलेश कुमार उपाध्यायले, सर्पदंशका बिरामीको प्राथमिक उपचार तथा व्यवस्थापन, सर्पदंशपछि अपनाउनुपर्ने सावधानीलगायतका विषयमा स्वास्थ्यकर्मीलाई जानकारी तथा व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।

    स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले तालिममा रेबिज रोगको पहिचान, रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिका थिए । देवगाउँ स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक चन्द्रभवन यादव  जनावरबाट मानिसमा सर्न सक्ने विभिन्न जुनोटिक रोग,लक्ष्ण चिन्ह स्थानीय स्तरमा  तिनको संक्रमणको जोखिम, रोकथामका उपाय तथा बिरामीको उपचार र व्यवस्थापनका विषयमा समेत प्रशिक्षण दिएका थिए ।

    तालिमले स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा दक्षता अभिवृद्धि गरी रेबिज, सर्पदंश तथा अन्य जुनोटिक रोगका बिरामीलाई समयमै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

    नगरपालिकाले यस्ता जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै रोगको रोकथाम तथा नियन्त्रणमा समुदायस्तरमा समेत सचेतना अभिवृद्धि गर्ने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij