२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रारा मसला उद्योगबारे तथ्य परीक्षणपछि समाधान खोजिनुपर्छ : उद्योग व्यापार संघ

रारा मसला उद्योगबारे तथ्य परीक्षणपछि समाधान खोजिनुपर्छ : उद्योग व्यापार संघ

रारा मसला उद्योगबारे तथ्य परीक्षणपछि समाधान खोजिनुपर्छ : उद्योग व्यापार संघ

रारा मसला उद्योगबारे तथ्य परीक्षणपछि समाधान खोजिनुपर्छ : उद्योग व्यापार संघ

रारा मसला उद्योगबारे   तथ्य परीक्षणपछि समाधान खोजिनुपर्छ :  उद्योग व्यापार संघ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  •  

    बुटवल । बुटवल उपमहानगरपालिका–११ मा लामो समयदेखि सञ्चालनमा रहेको रारा मसला उद्योगका सम्बन्धमा पछिल्लो समय उत्पन्न विवादप्रति उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत स्थानीय बासिन्दाबाट उद्योगविरुद्ध उठेका गुनासा, सरोकारवालालाई परेको दबाब तथा उद्योग सञ्चालनमा सिर्जना गरिएको अवरोधबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

    संघका अध्यक्ष लोकनाथ पन्थी र महासचिव विजय आचार्यद्वारा जारी विज्ञप्तिमा स्थानीय बासिन्दाबाट उठेका गुनासा र सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै समस्या समाधानका नाममा उद्योगलाई निरुत्साहित गर्ने, अनधिकृत रूपमा उद्योग परिसरमा प्रवेश गर्ने, सञ्चारमाध्यमसहित एकपक्षीय गतिविधि गर्ने तथा उद्योग नै ठप्प हुने वातावरण सिर्जना गर्ने कार्यप्रति असहमति जनाइएको छ ।

    संघले उद्योगमा प्राविधिक वा वातावरणीय समस्या देखिएको भए त्यसको वास्तविक अवस्था पत्ता लगाउन तथ्यपरक प्राविधिक परीक्षण र आधिकारिक नियामक निकायबाट वस्तुनिष्ठ अनुगमन हुनुपर्नेमा जोड दिएको छ । त्यसका आधारमा सुधारका लागि स्पष्ट निर्देशन दिन र आवश्यक समय उपलब्ध गराएर समस्या समाधान खोजिनुपर्ने संघको धारणा छ ।

    संघले २०४६ सालदेखि स्वदेशी उत्पादन र रोजगारीको मेरुदण्ड बनेको उद्योगलाई सुधारको मौका नदिई बन्द गर्ने अवस्थामा पु¥याउनु निजी क्षेत्रमाथिको ठाडो प्रहार र अत्यन्तै चिन्ताजनक विषय भएको जनाएको छ ।

    रारा मसला उद्योग लामो समयदेखि स्वदेशी कच्चा पदार्थको प्रयोग तथा उत्पादनमार्फत स्थानीय रोजगारी र अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको स्थापित उद्योग भएको संघले जनाएको छ । करोडौँ रुपैयाँको लगानीमा सञ्चालन भइरहेको उद्योगलाई एकैपटक बन्द गराउने वा विस्थापित गर्ने वातावरण बनाउँदा सम्बन्धित उद्योगमा मात्र नभई निजी क्षेत्रको लगानी सुरक्षामाथि समेत नकारात्मक सन्देश जाने संघको भनाइ छ ।

    संघले स्थानीय बासिन्दाका जायज सरोकारलाई सम्बोधन गर्दै प्राविधिक परीक्षण, कानुनी प्रक्रिया र वस्तुगत आधारमा उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

    विज्ञप्तिमा उद्योग र स्थानीयबीच देखिएको समस्या संवाद र प्रमाणमा आधारित प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उद्योग सञ्चालनलाई नै प्रभावित पार्ने गतिविधिले समस्या समाधानभन्दा थप जटिलता निम्त्याउन सक्ने संकेत गरिएको छ ।

    उद्योग व्यापार संघ बुटवलले स्वदेशी उत्पादन, स्वदेशी लगानी, रोजगारी सिर्जना र स्थानीय उद्यमशीलताको संरक्षणलाई आफ्नो मूल ध्येयका रूपमा लिँदै आएको जनाएको छ । सोही नीतिअनुसार उद्योगसँग सम्बन्धित विवादमा पनि तथ्य र नियामक प्रक्रियाका आधारमा समाधान खोजिनुपर्ने संघको निष्कर्ष छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij