२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

५ हजार विद्यार्थीको दाँत परीक्षण गर्न लायन्स र आधुनिक समाज डेन्टल केयरबीच सम्झौता

५ हजार विद्यार्थीको दाँत परीक्षण गर्न लायन्स र आधुनिक समाज डेन्टल केयरबीच सम्झौता

५ हजार विद्यार्थीको दाँत परीक्षण गर्न लायन्स र आधुनिक समाज डेन्टल केयरबीच सम्झौता

५ हजार विद्यार्थीको दाँत परीक्षण गर्न लायन्स र आधुनिक समाज डेन्टल केयरबीच सम्झौता

५ हजार विद्यार्थीको दाँत परीक्षण गर्न लायन्स र आधुनिक समाज डेन्टल केयरबीच सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  •  

    बुटवल । गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, काठमाडौं र कपिलवस्तुसहित विभिन्न जिल्लाका ५ हजारभन्दा बढी विद्यार्थीको दाँत तथा मुख स्वास्थ्य परीक्षण गरिने भएको छ।

    यसका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ र आधुनिक समाज डेन्टल केयर प्रालि बुटवलबीच सम्झौता भएको छ। सम्झौताअनुसार विद्यार्थीको दन्त परीक्षणसँगै मुख स्वास्थ्यसम्बन्धी सचेतना कक्षा सञ्चालन र निःशुल्क ब्रस तथा टुथपेस्ट वितरण गरिनेछ।

    सम्झौतापत्रमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘पी’ का डिस्ट्रिक्ट गभर्नर सन्दीप कौसधन र आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष एवं मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले हस्ताक्षर गरेका छन्।

    मुख स्वास्थ्य अभियन्ता भुसालको नेतृत्वमा सञ्चालन हुने अभियानले विद्यालय तहका बालबालिकामा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी व्यवहारिक ज्ञान र सचेतना बढाउने लक्ष्य लिएको छ।

    कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीबाट ‘सर्टिफिकेट इन डेन्टल साइन्स’ अध्ययन गरेका भुसाल विगत २३ वर्षदेखि मुख स्वास्थ्यको क्षेत्रमा सक्रिय छन्। उनले विभिन्न जिल्लामा बालबालिकाको दाँत परीक्षण तथा मुख स्वास्थ्यसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएका छन्।

    यसैबीच दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विषयलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने विषय पनि अघि बढेको भुसालले बताएका छन्। राष्ट्रिय मुख स्वास्थ्य नीतिसँगै विद्यालय तहबाटै मुख स्वास्थ्यसम्बन्धी ज्ञान र व्यवहार विकास गर्ने उद्देश्यले पाठ्यक्रममा विषय समावेश गर्ने तयारी भइरहेको उनले बताए।

    बुटवललाई कर्मथलो बनाएर देशव्यापी रूपमा मुख स्वास्थ्य अभियान सञ्चालन गर्दै आएका भुसाललाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सम्मान तथा कदरपत्र प्रदान गरिसकेका छन्।

    नयाँ अभियानले विद्यालय तहका विद्यार्थीमा दाँत तथा मुखको सरसफाइ र स्वास्थ्यप्रतिको सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij