२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पीच सडकचिरा परेपछि  माथागढीको देवगिर बजार पहिरोको उच्च जोखिममा

पीच सडकचिरा परेपछि  माथागढीको देवगिर बजार पहिरोको उच्च जोखिममा

पीच सडकचिरा परेपछि  माथागढीको देवगिर बजार पहिरोको उच्च जोखिममा

पीच सडकचिरा परेपछि  माथागढीको देवगिर बजार पहिरोको उच्च जोखिममा

पीच सडकचिरा परेपछि  माथागढीको देवगिर बजार पहिरोको उच्च जोखिममा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • पाल्पा 
    लगातार चार दिनको अविरल वर्षाका कारण  जमिन चिरा परेपछि पाल्पाको माथागढी गाउँपालिकाका  वडा नं. ४ देवगिर ( खलिपोखरा)  बजार पहिरोको उच्च जोखिमका परेको छ । बाँसटारी– झडेवा– दुम्कीबास बहुप्रदेश सडकअन्तर्गत माथागढी गाउँपालिका वडा नम्बर ४, देवगिर ( खलिपोखरा)  बजारको बिच भागबाटै करिब २०० मिटर लामो धाँजा फाँटेको (चिरा) परेपछि सिङ्गो देवगिर बजार पहिरोको उच्च जोखिममा परेको हो । देवगिर बजारको विच सडकबाट फाटेको धाँजा १ ईन्चसम्म फराकिलो ५ फिट सम्म गहिराई, रहेको छ, स्थलगत अनुगमनमा खटिएका लुम्विनी प्रदेश सांसद खेमबहादुर सारुले बताए ।

     
    सडकको मध्यभागबाट धाँजा फाटेपछि देवगिर बजार र आसपासका करीव ३० घरपरिवार पूर्ण रुपमा प्रभावित भएका छन् । धाँजा फाटेको सडकको  दक्षिणतर्फका घरपरिवार बढी  प्रभावित बनेका छन् ।  धाँजा फाटेका कारण बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजंग श्रेष्ठ, अर्जुन श्रेष्ठलगायतका घरहरू चर्किएको छ भने सडक समेत तल दबिएको छ । सडक चिरा परेपछि वर्षातको सयममा स्थानीयवासीले प्लाष्टिक त्रिपाल तथा राखेर धाँजा फाटेको स्थानमा पानी पस्न बाट जोगाउने प्रयास गरेका थिए  । 
    जमिन फाटेर बस्ती नै खतरामा परेपछि प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्राविधिक इञ्जिनियरहरूको टोलीले देवगिर क्षेत्रको  स्थलगत अध्ययन तथा अवलोकन गरेको छ ।  संयुक्त  अवलोकन पछि  प्रदेश सांसद पुर्व स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उक्त क्षेत्र अति जोखिमयुक्त रहेकाले  भूगर्भविदहरुमार्फत्  वैज्ञानिक अध्ययन गराउने निर्णय भएको  प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । 


    भूगर्भविद्को अध्ययन प्रतिवेदन नआउन्जेलसम्मका लागि सो सडक खण्डमा ठुला सवारी साधन चलाउदा जोखिम बढ्ने भएकोले, ठुला तथा भारी सवारी साधन संचालन रोक लगाएको र  साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न निर्णय गाउँपालिकाले गरेको पालिका अध्यक्ष यमबहादुर चिदीले बताए ।


    स्थलगत निरीक्षणमा पुगेका सडक पूर्वाधार विकास कार्यालय पाल्पाका इञ्जिनियर तेजप्रसाद अधिकारीले नाङ्गो आँखाले हेर्दा नै सो क्षेत्र अत्यन्त जोखिमपूर्ण देखिएको बताए । ‘हामीले प्रारम्भिक हेराइमा सो क्षेत्र जोखिमयुक्त नै पाएका छौँ, तर वास्तविक प्राविधिक अवस्था भने भूगर्भविद्को विस्तृत अध्ययनपछि मात्र स्पष्ट हुनेछ ।’– इञ्जिनियर अधिकारीले बताए । देवगिर क्षेत्रमा  यसअघि वि.सं. २०७८ सालमा पनिसडक चर्किएको र धाँजा फाटेको थियो ।  तर, तत्कालीन समयमा भूगर्भविद्को सल्लाह र अध्ययनविना नै सडक टालटुल, प्लास्टर र ढलाई गरेर पुनः यातायात सञ्चालन गरिएको थियो । भुगर्वविदको प्राविधिक अध्ययनविना पुनः टालटुल गरेर सडक संचालन गरेका भविष्यमा थप ठूलो क्षति हुन सक्ने ईन्जिनियर अधिकारीले बताए । 


    वडा नम्बर ३ मा पनि जमिन फाटेर १० घर धरापमा
    यसैगरी, माथागढी गाउँपालिका वडा नम्बर ३ स्थित कसेनी–सराई–भैसकट्टा क्षेत्रमा पनि अविरल वर्षाकै कारण करिब ७५ मिटर लम्बाइमा जमिन चिरा परेको छ ।  जमिन फाटेपछि सो क्षेत्रका करिब १० घरपरिवार धरापमा परेका र  यसै गरी वडा नं. ३ कै सिकारकोट डुमिरडाँडा बस्ती क्षेत्रमा जमिन चिरा चिरा परेको वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले बताए । 


    सडक र वरपरको जमिनमा लगातार परेको चिराका कारण स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । वर्षा जारी रहेमा र जमिन थप भासिएमा ठूलो जनधनको क्षति हुन सक्ने भन्दै स्थानीयवासीले सुरक्षित स्थानतर्फ स्थानान्तरण र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij