परासी । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी अगाडिका क्षेत्रमा विभिन्न पसल तथा व्यवसायिक गतिविधि सम्बन्धित निकायको अनुमति नलिई सञ्चालन भइरहेको पाइएको छ।
जिल्लाको प्रमुख प्रशासनिक कार्यालय अगाडिको सार्वजनिक तथा संवेदनशील क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह तथा अन्य नियामक निकायबाट आवश्यक अनुमति लिनुपर्ने भए पनि केही पसलले प्रक्रिया पूरा नगरी सञ्चालन गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको नेतृत्वमा अनुगमन क्रममा पाईएको हो ।
जिल्ला प्रशासन कार्यालय अगाडिको पसल तथा होटल र मिष्ठान भण्डारहरू अनुमति तथा दर्ताबिनै पसल सञ्चालन भएको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी बरिस्ठ उद्योग अधिकृत मोहन पाण्डेले बताए । उनको अनुसार जिल्ला प्रशासन अगाडि नै १४ वटा पसल तथा होटल अनुगमन गर्दा अधिकाश पसलहरू कुनै पनि निकाय दर्ता नगरिन संचालन गरेको भेटिएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला बजार अनुगमन समिति रहेको तर समितिले प्रभाकारी रूप अनुगमन नगर्दा प्रश्न चिन्ह खण्डा भएको स्थानीय हरूले बताएका छन ।जिल्ला प्रशासन अगाडिका पसलहरू अनुमति तथा दर्ताबिनै पसल सञ्चालन हुँदा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुनुका साथै राजस्व संकलनमा समेत असर पर्न सक्ने स्थानीयको भनाइ छ।
सञ्चालनमा रहेका पसल तथा व्यवसायको अनुगमन गरी दर्ता, अनुमति र करसम्बन्धी प्रक्रिया पूरा भए–नभएको यकिन गर्न माग गरेका छन्।
सम्बन्धित निकायले अनुगमन गरी अनुमति तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका व्यवसायलाई नियमन गर्नुपर्ने स्थानीयको माग छ।अनुगमनको क्रम कुनै पनि पसलहरूमा मूल्यसुर्जि नराखेको पाईएको छ ।घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको नेतृत्वमा अनुगमनमा उपभोक्त हित संरक्षण मञ्च सञ्चारकर्मी लगायतको निकायहरू सहभागीता रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्मम सहर्जकर्ता मनोज कुमार चौधरीले जानकारी दिए ।




