२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्क्रब टाइफसको संक्रमणको जोखिम

स्क्रब टाइफसको संक्रमणको जोखिम

स्क्रब टाइफसको संक्रमणको जोखिम

स्क्रब टाइफसको संक्रमणको जोखिम

स्क्रब टाइफसको संक्रमणको जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • दशक अघिसम्म ठूलो समस्याको रूपमा नदेखिएको स्क्रब टाइफसले अहिले महामारीको रूप लिएको छ । अहिले यो गंभीर जनस्वास्थ्य जोखिम बनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष जनवरीदेखि देशभर ९ हजारभन्दा बढी मानिस स्क्रब टाइफसबाट संक्रमित भइसकेका छन् ।  रोग ७४ जिल्लामा फैलिएको छ । पछिल्लो एक महिनामा मात्र देशभर २ हजार ७ सय १८ जना यो रोगबाट संक्रमित भएका छन् । अझ स्क्रब टाइफसलाई गम्भीर समस्या नमान्ने र सरकारी अभिलेखमा नआउने भएकाले वास्तविक संख्या अझै बढी हुन सक्छ । सल्यानको दार्मा गाउँपालिकामा मात्रै ६ सयभन्दा बढी संक्रमित छन् भने यसबाट आठको मृत्यु भइसकेको छ । यो संक्रमण चालु वर्ष देशभर ७४ जिल्लामा फैलिएको छ । बैतडीमा पनि चालु आर्थिक वर्षको साउन र भदौमा १३९ संक्रमित भेटिएका छन् । समयमै उपचार नगरे मिर्गौला, फोक्सो तथा अन्य अंगमा असर पुग्ने चिकित्सकहरुको भनाई छ ।


    स्क्रब टाइफस ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो । यो ब्याक्टेरिया सूक्ष्म किर्नाले मानिसमा सार्छ । संक्रमित मुसामा पाइने लार्भा अवस्थाका माइट (चिगर) ले टोकेपछि मानिसमा यो रोग सर्ने गर्छ । आर्थिक वर्ष २०२४÷२५ मा स्क्रब टाइफसबाट संक्रमितको संख्या १६ हजार ५९७ भन्दा बढी थियो । यो बेला स्क्रब टाइफसको संक्रमण उच्च हुने समय हो । तसर्थ रोग नियन्त्रणका लागि पहलकदमी हुुनुपर्छ । सल्यानमा निगरानी र रोग नियन्त्रणका लागि कीट विज्ञसहितको विशेषज्ञ टोली परिचालन गरिएको सरकारी भनाइ छ । तर अन्यत्र यो रोगको नियन्त्रण र रोकथामको पहलकदमी हुन सकेको छैन ।
    देशका लगभग सबै जिल्लामा यो घातक रोग फैलिएकाले सबैजना स्क्रब टाइफस संक्रमणको जोखिममा छन् । केही वर्षअघिसम्म ग्रामीण क्षेत्रमा बस्ने वा खेतबारीमा काम गर्नेहरु मात्रै उच्च जोखिममा रहेको मानिए पनि  पछिल्ला वर्षहरूमा सहरी क्षेत्रमा बस्ने मानिसहरूमा पनि संक्रमण देखिन थालेको छ । झट्ट हेर्दा उपचार सहज मानिए पनि शहरमा फैलिनु भनेको ठूलो जनसंख्या प्रभावित हुनु हो । ठूलो जनसंख्या भएको क्षेत्रमा फैलिदा धेरै प्रभावित हुने जोखिम भएकाले यो रोगको संक्रमण रोकथामको योजना र व्यवस्थापनमा सरकार चनाखो हुनुपर्छ ।

    चिकित्सकले स्क्रब टाइफसको संक्रमित भएका बिरामी सामान्य एण्टिबायोटिकबाट निको हुने बताएपनि किन धमाधम बिरामीको ज्यान गइरहेको छ ? यसको कारण विश्लेषण हुनुपर्छ । चिकित्सकले सामान्य एण्टिबायोटिकले निको हुने बताएकाले पनि नागरिकले सचेतनाबाट लापरवाही गरेका हुनसक्छन् । स्क्रब टाइफसको संक्रमण हुँदाउच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने पेट दुख्ने,ढाड दुख्ने,जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा रातो बिमिरा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, गम्भीर अवस्थामा रक्तस्राव हुन सक्ने, जसले अंगहरूमा क्षति पु¥याउन सक्छ ।

    त्यसैगरी, श्वासप्रश्वासमा गम्भीर समस्या मस्तिष्क सुन्निने,फोक्सोमा समस्या,मिर्गौला फेल हुने र शरीरका धेरै अंगले काम गर्न छाड्ने अवस्था आउँछ । स्क्रब टाइफसविरुद्ध कुनै खोप उपलब्ध नभएकाले  संक्रमित किरा÷लार्भाबाट बच्नु नै सबैभन्पदा उत्तम उपाय भएको चिकित्सकले सुझाव दिएका छन् । उनीहरुका अनुसार, खेतबारी, घाँस वा झाडीमा काम गर्नेहरूले पूरा बाहुला भएको लुगा र पाइन्ट लगाउनुपर्छ । छाला देखिने ठाउँमा किरा÷लार्भा भगाउने वा मार्ने स्प्रेहरु प्रयोग गर्ने, घाँस वा बोटबिरुवामाथि सिधै बस्ने गर्ने हुँदैन् । अनि घर बाहिर वा खेतबारीमा काम गरिसकेपछि लुगा फेर्ने, धुने र नुवाउने गर्नुपर्छ । नागरिकमाझ सचेतनाका कार्यक्रम चलाउन तहगत सरकारबिच समन्वय हुँदा स्क्रब टाइफसको संक्रमणबाट बच्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij