२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलको देविनगरमा आजदेखि रमाइलो मेला, ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक

बुटवलको देविनगरमा आजदेखि रमाइलो मेला, ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक

बुटवलको देविनगरमा आजदेखि रमाइलो मेला, ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक

बुटवलको देविनगरमा आजदेखि रमाइलो मेला, ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक

बुटवलको देविनगरमा आजदेखि रमाइलो मेला,   ‘जिरो ग्राभिटी राइड’ प्रमुख आकर्षक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  •  

    बुटवल । बुटवलको देविनगर स्थित रगंशालामा  रमाइलो महोत्सव आजबाट सुरु भएको छ ।  रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना हुने मेला यही कात्तिक १ गतेसम्म संचालन हुने छ ।  मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर पाण्डेले बुटवललाई चलायमान गराउनका लागि मेला महोत्सवको भूमिका महत्वपूर्ण हुने बताए ।  मेलाको उद्ध्घाटन विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाली कांग्रेस बुटवलका सभापति ज्योति भण्डारी, नेकपाका महेन्द्र भुसाल, विभिन्न संघ तथा संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । आ

     
    रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पाल्देन घलानले महोत्सवमा विभिन्न प्रकृतिका २५० भन्दा बढी स्टल रहने रहने बताए । महोत्सवमा कृषिजन्य वस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्रीलाई विशेष प्राथमिकता दिइने बताए ।  
    आयोजक संस्थाका अध्यक्ष विक्कल क्षेत्रीले बुटवलको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए। उनका अनुसार महोत्सवमा दर्शकलाई नयाँ अनुभव प्रदान गर्न मनोरञ्जनका विशेष आकर्षणहरू समावेश गरिएको बताए । 

    महोत्सवको मुख्य आकर्षणका रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जिरो ग्राभिटी राइड’ सञ्चालन हुने  बताए । त्यस्तै, बुटवलमा पहिलोपटक आठवटा ‘बिग बेन’ टावर राखिने र हट एयर बेलुनसमेत सञ्चालन गरिने उनले बताए । 

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू रहनेछन्। कार्यक्रम संयोजक टेकबहादुर गुरुङका अनुसार महोत्सवमा बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपअप डान्स प्रतियोगिता र टिकटक प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिनेछन्।

    यी प्रतियोगितामा विजेता छनोटका लागि एसएमएस वा दर्शकको भोटिङ प्रणाली प्रयोग गरिने छैन। निर्णायक मण्डलको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने गुरुङले जानकारी दिए।

    महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा ८० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। विशेष सांगीतिक कार्यक्रम तथा कन्सर्टका लागि भने ३०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ।

    आयोजकले महोत्सव अवधिभर एक लाखभन्दा बढी दर्शक सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरेको छ।  

    यसैबीच, आयोजकले महोत्सवबाट हुने कुल नाफाको पाँच प्रतिशत रकम बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने घोषणा गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij