तिलोत्तमा । तिलोत्तमा ८ को संगम टोल विकास संस्थाको तेस्रो अधिवेशनले संगिता घिमिरे अध्यक्ष रहेको नयां कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको उपााध्यक्षमा गिता शर्मा, सचिवमा मन्जु ज्ञवाली,कोषाध्यक्षमा सीता केसी निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा खिमा पाण्डे, पंकज क्षेत्री, देवी दर्लामी,उमानन्द खड्का, चन्द्रबहादुर खत्री, नरहरि अर्याल, विनिता कार्की, भिमा पौडेल, चुराबहादुर केसी, मनकला गुरुङ र नवीन निउरे रहेका छन् । अधिवेशन उद्घाटन समारोहमा वडाध्यक्ष कृष्णप्रसाद पौडेल, टोल विकास संस्थाका अध्यक्ष बाबुराम खरेल, निर्वाचन समिति संयोजक युवराज न्यौपाने लगायतले बोल्दै टोलको समग्र विकासमा सबै टोलवासी एकतावद्ध भएर लाग्न सुझाव दिएका थिए ।




