२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोलीय देवदहको देउराली सेवा केन्द्रस्तरीय साधारणसभा

कोलीय देवदहको देउराली सेवा केन्द्रस्तरीय साधारणसभा

कोलीय देवदहको देउराली सेवा केन्द्रस्तरीय साधारणसभा

कोलीय देवदहको देउराली सेवा केन्द्रस्तरीय साधारणसभा

कोलीय देवदहको देउराली सेवा केन्द्रस्तरीय साधारणसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • तिलोत्तमा । कोलीय देवदह वचत तथा ऋण सहकारी संस्थाको एकाई–६ देउराली सेवा केन्द्र स्तरीय २१ औं साधारण सभा सम्पन्न भएको छ ।

    शनिबार तिलोत्तमा ८ प्रदीपनगरस्थित करहिया सामुदायिक वनको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले विभिन्न १२ वटा प्रस्ताव पारित गरेको छ । 


    सभामा देउराली सेवा केन्द्रका संयोजक एवं सहकारी संस्था सञ्चालक समितिका सदस्य बाबुराम अर्याले संस्थाको वार्षिक प्रतिवेदनबारे जानकारी गराएका थिए । अर्यालले संस्थामा अहिले २० हजारभन्दा बढी शेयर सदस्य, ३ हजारभन्दा बढी बाल बचतकर्ता रहेका र गत आर्थिक वर्षमा मात्रै १ हजार १८२ जना शेयर सदस्य थपिएपछि संस्थाका शेयर सदस्यको संख्या २० हजार ७३१ पुगेको बताए ।

    चालु आर्थिक वर्षमा थप ८ सय सदस्य वृद्धि गर्ने लक्ष्य राखिएको र देउराली सेवा केन्द्रमा मात्रै ११ सय ६१ जना सदस्य आवद्ध रहेको अर्यालले जानकारी दिए । 
    सेवा केन्द्रका उपसमिति सदस्य केशवराज अर्यालले स्वागत गर्दै संस्थाका सेवालाई थप सहज, सरल प्रविधिमैत्री बनाउन पर्ने सुझाव दिए । साधारणसभामा तिलोत्तमा ८ का वडाध्यक्ष एवं सहकारीका सदस्य कृष्णप्रसाद पौडेल,तिलोत्तमा ११ का वडाध्यक्ष एवं सहकारीका सदस्य विष्णु बराल,सल्लाहकार विष्णुप्रसाद पौडेल,सल्लाहकार इश्वरीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्र गरेका थिए ।  

    साधारणसभामा संस्थाका शेयर सदस्य रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन देउराली सेवा केन्द्र इन्चार्ज मुना भण्डारीले गरेकी थिइन् । शनिबार सहकारीका ९ वटै सेवा केन्द्रले संस्थाको २१ औं साधारण सभा सम्पन्न गरेका र प्रतिनिधिमूलक मूल घोषणासभा असोज २४ गते देवदहमा हुने संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij