२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वार्षिक ८ करोडको कारोबार

वार्षिक ८ करोडको कारोबार

वार्षिक ८ करोडको कारोबार

वार्षिक ८ करोडको कारोबार

वार्षिक ८ करोडको कारोबार
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • कारागारमा उद्योग
    पहिले जेल पर्नेहरु जिन्दगी बर्बाद भयो भन्थे । अहिले कारागार उद्यम गर्ने र आम्दानी गर्ने थलो भएको गुल्मी कारागारले पुष्टी गरेको छ ।
    गुल्मी
    जेल अर्थात् कारागार भन्ने बित्तिकै कुनै अपराध कर्म गरेबापत प्रहरीको निगरानीमा थुनिएर बस्नुपर्ने थलोको रुपमा लिने आम धारणा छ, सत्य पनि त्यही हो । तर गुल्मी जिल्ला कारागारको दृश्य र त्यहाँ कैदी बन्दीले चलाएको बहु उत्पादन उद्योगले धेरैलाई आश्चर्य मात्रै बनाएको छैन, कारागारलाई कसरी उत्पादनशील र सिर्जनशील बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण र प्रेरणा समेत दिएको छ । 


    पहिले जेल पर्नेहरु जिन्दगी बर्बाद भयो भन्थे । अहिले कारागार उद्यम गर्ने र आम्दानी गर्ने थलो भएको गुल्मी कारागारले पुष्टी गरेको छ । कारागारभित्र पुग्दा सबै कैदी बन्दी काममा व्यस्त देखिन्छन् । काँडेतारभित्रको साँघुरो ठाउँका ती  कैदी  बन्दीहरुलाई काममा भ्याइनभ्याइ छ ।  त्यहाँ कुनै एउटा मात्रै उत्पादन छैन, बहु उत्पादन छ । वार्षिक कारोबारको तथ्याङ्क हेर्ने हो भने गुल्मी जिल्लाकै उत्कृष्ट औद्योगिक ग्रामका रुपमा विकास भएको छ ।  


    त्यो दृश्य देख्दा एउटा घरेलु उद्योगले वार्षिक कति कारोबार गर्ला ? उत्पादन र बजारीकरण कसरी गर्ला ? भन्ने प्रश्नको उत्तर भेटिन्छ । 
    गुल्मी कारागारका कैदी बन्दीले चलाएको उद्योगले वार्षिक ८ करोडको कारोबार गरेको छ । कारागारका कैदी बन्दीले उत्पादन गरेका सामग्रीको बजार विस्तार दिनप्रतिदिन विस्तार भइरहेको छ । 


    विशेषतः भक्तपुरे प्यागोडा शैलीको काष्ठकलाका सामग्री कारागारभित्र बन्दै आएका छन् । यहाँको स्थानीय सरकारले निर्माण गर्ने मठमन्दिर, प्यागोडा शैलीका भवनका झ्याल ढोका कारागार भित्र निर्मण गर्न जिम्मा दिँदै आएका छन् । 
    काष्ठकला त्यसको माग र कारोबार हेर्ने हो भने गुल्मी जिल्लामा त्यति  ठूलो  फर्निचर उद्योग  कतै देखिंदैन ।


       त्यस कारागारभित्र जिल्लाभित्र  बाहिर कुनै फर्निचरमा बन्न  नसक्ने काष्ठ कला  र विभिन्न  हस्ताकला  उत्पादन   भइरहेका  छन् । कुनै  पनि  उत्पादनलाई  बजारको कमी छैन । जिल्लादेखि  बाहिरसम्म   माग  थेग्न  बन्दी कैदी   श्रमिकहरुलाई  मुस्कील  परिरहेको छ ।   त्यस कारागारका चौकीदार हरि थापाका अनुसार रुरुक्षेत्र गाउँपालिकाले निर्माण गर्न लागेको प्यागोडा शैलीको मन्दिर, त्यस्तै रेसुङ्गा नगरपालिकाले वडा नम्बर ३ को भाडागाउँमा बनाएको मन्दिर, यसैपालिका तम्घासको सिद्धबाबा विद्यालय भवन, धुर्कोट गाउँपालिकाले वडा नम्बर ५ वस्तुमा बनाउने लागेको प्यागोडा शैलीको शैक्षिक संग्रहालय भवन, धार्मिक र पर्यटकीय क्षेत्र अर्जुन लेकको कलात्मक भवन त्यसै कारागारको  फर्निचरमा निर्माणको जिम्मा दिइएको छ ।   पोखरासहित विभिन्न जिल्ला र स्थानीय सरकारले निर्माण गर्ने संरचनाको माग थेग्न गाह्रो भएको कारागार प्रमुख रेश्मीराज पन्थी बताउँछन् ।   उनका अनुसार मासिक ८० लाख बढीको कारोबार हुने र वार्षिक  ८ करोड बढीको कारोबार हुने गरेको छ ।


           एउटै ढोकाको मूल्य १४ लाख
       त्यसभित्र बन्ने  प्यागोडा शैलीको कलात्मक  भक्तपुरे ढोकाको मूल्य १४ लाख पर्ने गरेको छ, र गत एक वर्षमा त्यस्ता ढोका २७ वटा बिक्री भएको चौकीदार थापा बताउँछन् ।


    ११६ जना कैदी बन्दी रहेका छन् । दुई जना नाबालक र दुई जना अपाङ्गा बाहेक अन्य सबैले राजगार पाएका छन् । अर्धदक्ष कामदारमध्ये न्यूनतम मासिक आठ हजारदेखि ३२ हजारसम्म तलब खाने दक्ष सिकर्मीहरु रहेका छन् । सदरमुकाम तम्घासका फर्निचरहरुले भक्तपुरे  काष्ठकला  निर्माणको  जिम्मा  दिन  कारागारको फर्निचरमै आउने गरेका छन् ।   गुल्मी जिल्लाको फर्निचरसहितको  उत्कृष्ट उद्योग ग्राम  कारागारभित्रै रहेको कारगार प्रमुख पन्थीको दाबी छ ।


      फर्निचरका बाहेक  बाँसका विभिन्न हस्तकला, अन्य विभिन्न वस्तुका आकर्षक उपभोग्य र सजावटका  सामग्रीहरु उत्पादन  हुने गरेका   छन् ।   महिलाहरुका पर्स, झोला, ढाका उद्योग र सिलाइ   कटिङ्ग       पनि हुने    गरेको छ   ।  कारागारले     उद्योग ग्रामको     रुप  लिएको  दुई वर्ष  भयो  । उद्योगलाई वृहत बनाउन   र  कारागार भित्रको  भौतिक  पूर्वाधार  सुधार्न  चौकीदार थापाको पनि महत्वपूर्ण भूमिका रहँदै आएको कारागार प्रमुख पन्थीको भनाइ छ । थापा अन्य जिल्लाको कारागारबाट आएको दुई वर्ष भयो । कारागार प्रमुख पन्थीका अनुसार केन्द्रीय कारागारपछि इलाम जिल्ला कारागार र गुल्मी जिल्ला कारागार उद्योग ग्रामका रुपमा देशकै नमूना कारागारमा पर्ने गरेका छन् ।


        ५७ वर्षपछि कारागार सुधार
      गुल्मी जिल्ला  कारागारलाई सुधार गृहका रुपमा  विकास गर्न २०७९ सालमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका सागरमणि पाठकले सुरु गरेका हुन् । अहिलेको प्रमुख जिल्ला अधिकारी  कृष्णप्रसाद शर्माले कारागार सुधारदेखि उद्योग ग्रामको  विकासका लागि  महत्वपूर्ण भूमिका खेलेकोे कारागार प्रमुख पन्थीले बताए ।
    गुल्मी जिल्ला कारागारको क्षमता २५ जनाको हो तर कैदी  बन्दीको    संख्या   अहिले  ११६ जनाको छ ।  सुत्ने ठाउँ नहुँदा  बन्दीहरुले  निकै  कष्ट    भोगेका थिए  ।   अघिल्लो वर्ष  चिसो  भुइँमा पातलो टिफम ओछाएर  सुतेका हुन्थे । २०२४ सालमा   टिनले छाएको कच्ची  भवन अहिले ५७ वर्ष पुरानो भयो  । जस्तापाता  जीर्ण  भइ   पानी  आउँदा   चुहेर बेहाल  हुन्थ्यो । अहिले ती  जस्तापाता  फालेर  ढलान  गरिएको छ । शौचालय, बाथरुप, भुइँमा कार्पेट, कोठै पिच्छे टेलिभिजन, तातो चिसो पानीको व्यवस्था र फिल्टर राखिएको छ । स्टोर भान्छा कोठाको सजावटदेखि हरेक प्रकारको सुविधा पनि  सदरमुकामका मझौला खालका होटलमा भन्दा  बढी उपलब्ध छ  । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij