२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना  : मौसम पूर्वानुमान महाशाखा

आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना  : मौसम पूर्वानुमान महाशाखा

आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना  : मौसम पूर्वानुमान महाशाखा

आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना  : मौसम पूर्वानुमान महाशाखा

आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना  : मौसम पूर्वानुमान महाशाखा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • बुटवल । आजदेखि तीन दिनसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

    नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले आजदेखि देशका विभिन्न भूभागमा वर्षाका गतिविधि छिटपुट रूपमा जारी रहने बताइन् ।  
    महाशाखाले तीन दिनसम्म मात्र मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरेको छ । आगामी तीन दिनसम्मै वर्षाको गतिविधि जारी रहने मौसमविद सिग्देलले बताइन् ।

    आगामी दिनमा विशेषगरी पश्चिमी भूभागमा वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।

    मौसमविद पोखरेलका अनुसार लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम अलि कम हुने उनको अनुमान छ ।

    मौसमविद्का अनुसार आज पनि वर्षाको सम्भावना छ । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र तराईका पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सिग्देलको भनाइ छ ।

    मौसमविद पोखरेलका अनुसार असोज २० गते पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

    असोज २१ गते पश्चिमदेखि पूर्वका अझै धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसमविद पोखरेलका अनुसार २१ गते सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij