२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गाउँलाई उत्पादनको केन्द्र बनाऔं

गाउँलाई उत्पादनको केन्द्र बनाऔं

गाउँलाई उत्पादनको केन्द्र बनाऔं

गाउँलाई उत्पादनको केन्द्र बनाऔं

गाउँलाई उत्पादनको केन्द्र बनाऔं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी व्यक्तिले देश छाडेका छन् । यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो । वर्षेनी नेपाली युवा रोजगारीको लागि विभिन्न मुलुकमा जान बाध्य छन् । यहाँ भन्दा राम्रो अवसरको लागि संसारको विभिन्न मुलुकमा पुग्नु स्वाभाविक भएपनि सामान्य जीविकोपार्जनको संभावना नदेखेर खाडी मुलुक र मलेशियामा जाने लर्को छ ।

    वैदेशिक रोजगारीबाट युवाले कमाएको आम्दानीले देशको अर्थतन्त्र धानिएको छ । रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिती बढाएको छ । आयआर्जन बढ्दा नागरिकको जीवनस्तर सुधार भएको छ । यी केही सकारात्मक पाटा भएपनि रेमिट्यान्सको टेकोले धानिएको अर्थतन्त्र दिनप्रतिदिन परनिर्भर हुँदै गएको छ । उत्पादनमुखी अर्थतन्त्रको विकास नहुँदा आयात अत्याधिक छ । निर्यात कमजोर छ ।  उत्पादनयोग्य भूमि बाँझिदै गएका छन् । पहाडबाट बसाइँ सर्नेको लर्को छ । ग्रामीण जीवनमा उल्लास आउन छाडेको छ । सामाजिक मूल्य, मान्यता र संस्कार भत्किदै गएको छ । परिवार र समाज खण्डित हुँदै जाँदा त्यसले निम्त्याउने जोखिम बढ्दै गएको छ । 
    पहाड संभावनाको खानी हो । तरकारी, मासुजन्य पशुपालन र जडिबुटी खेतीको प्रचुर संभावना छ । यहाँको उत्पादनले शहरको माग धान्ने मात्रै नभई विदेश निर्यात गर्न सकिन्छ । तर आखिर किन युवालाई गाउँमै टिकाउन सकिएन ? व्यवसायिक योजना, उत्पादनमा र बजारीकरणमा राज्यको लगानी बढाउन सक्दा पहाडलाई साच्चिकै संभावनाको खानी स्थापित गर्न सकिन्छ । एक जना युवाले सामान्यतयाः मलेशिया र खाडी मुलुकमा गएर वार्षिक कमाउने औषत ५ लाख रूपैयाँ हो । पाल्पाको रिब्दीकोट गाउँपालिकामा व्यवसायिक अकबरे खुर्सानी उत्पादनमा लाग्ने युवाले एक रोपनी जग्गाबाट १ लाख रूपैयाँ कमाइरहेका छन् । पाँच रोपनी जग्गामा अकबरे खुर्सानी उत्पादन गर्ने किसानले पाँच लाख कमाउँदैछन् । पालिकाले उत्पादन पकेट क्षेत्र बनाएर युवालाई उत्पादनमा लगाउन सक्छन् । गुल्मीको सत्यवती गाउँपालिकाले बुटवलको तरकारी बजारमा कृषि उपज विक्री केन्द्र खोलेको  छ । यो एउटा बजारीकरणको नमूना हो । पालिका केन्द्रीत उत्पादन योजनाले युवालाई जीविकोपार्जनका लागि विदेश जानुपर्ने बाध्यता हट्छ । युवा गाउँमै बस्न थाल्दा त्यहाँको रौनक बढ्छ ।
     गाउँलाई गुल्जार र उत्पादनको केन्द्र बनाउन तहगत सरकारबीच समन्य र सहकार्यको खाँचो छ । बजारको मागको पहिचान गरी कृषि उत्पादनमा युवालाई लगाउने र बजारको सुनिश्चित गर्ने ग्यारेण्टी तहगत सरकारले लिने हो भने अहिले युवाको पलायनलाई रोक्न सकिन्छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij