२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग

दुध विक्रिवितरण अगाडि नै खाद्य स्वच्छता परीक्षणको व्यवस्था मिलाउन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • बुटवल । दुध तथा दुग्धजन्य पदार्थको खाद्य स्वच्छता र गुणस्तर बृद्धि गर्नको लागि उपभोक्तालाई विक्रि गर्नुपूर्व नै गुणस्तर परिक्षण गरेर विक्रि वितरणको प्रवन्ध मिलाउन स्वयम् दुग्ध व्यवसायीले माग गरेका छन् ।

    आफूहरुले नै न्यूनगुणस्तरको दुध खरिद गर्नुपरेको बताउँदै इन्ट्रि पोइन्टमै परीक्षण गर्ने र गुणस्तरहिन दुधलाई विक्रि वितरणमा प्रतिवन्ध लगाईयो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर बृद्धि गर्न सकिने उनीहरुले बताएका हुन्

    ।
    राष्ट्रिय खीर दिवसको पूर्वशन्ध्यामा सोमबार बुटवल उद्योग वाणिज्य संघमा आयोजना गरिएको दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को सम्बन्धमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै दुग्ध व्यवसायीहरुलाई उपभोक्तालाई विक्रि वितरण गर्नुपूर्व नै दुधको गुणस्तर परीक्षण गरेर मात्रै विक्रि वितरणको प्रवन्ध मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।


    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले व्यवसायी व्यवसायी मात्रै नभएर उपभोक्ता पनि भएकाले उपभोग्य बस्तुको गुणस्तरमा स्वयम व्यवसायीले ध्यान दिनुपर्ने बताए ।

    उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लागु हुने मिति नजिकिँदै गर्दा त्यसको कार्यान्वयनमा सबैको चासो रहेको बताए । उनले विकसित मुलुकमा प्रमाणीकरण नगरी आफैले उत्पादन गरेको आफैले पनि उपभोग नगरिने दृष्टान्त प्रस्तुत गर्दै खाद्य स्वच्छता र गुणस्तरीय बस्तुको उपलब्धतामा सबैले ध्यान दिनुपर्ने भनाई राखे ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उपभोक्ताले उपभोग गर्ने दुधको खाद्य स्वच्छता र गुणस्तर सुधा गर्नको लागि ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

    संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले  दुग्ध स्वच्छता र गुणस्तर बृद्धिका लागि एकले अर्कालाई देखाउने भन्दा पनि सबैले आफ्नो जिम्मेवारी बोध गर्ने हो भने त्यो सुधार गर्न कुनै समस्या नहुने भनाई बताए ।

    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलवाईले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा रहेका प्रावधानका बारेमा जानकारी गराउनु भएका थिए ।

    त्यस्तैगरी लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाहले दुधको खाद्य स्वच्छता र गुणस्तरका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij