२०८३, आश्विन २७ गते

Oct 13 2026

images
images

लालटिन सहकारीको ११ औं साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

लालटिन सहकारीको ११ औं साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

लालटिन सहकारीको ११ औं साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

लालटिन सहकारीको ११ औं साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे

लालटिन सहकारीको ११ औं साधारणसभा सम्पन्न नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा गैरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  •  

    बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था, बुटवल–११ को एघारौं वार्षिक साधारणसभा असोज २६ सोमवार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छभने सभामा प्रस्तुत प्रतिवेदनहरु सुझावसहित पारित गरेको छ । 
    साधारणसभाको संस्थाका जेष्ठ शेयर सदस्य  ७५ बर्षिय धर्म बहादुर पाण्डेले पानसमा दिप प्रज्वलन गरि शुभारम्भ गर्नु भएको थियो । 
    सभामा संस्थागत धारणा तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गंगालाल सापकोटाले नेपालमा केही सहकारीहरुले नियमको सही प्रयोग नगर्दा र संस्थालाई उद्देश्य अनुरुप सञ्चालन नगरी निश्चित स्वार्थ समुहको प्रभावमा पारेका कारण हाल सबै सहरकारीहरुले प्रर्वद्धन भन्दा नियमनलाई प्राथमिकता दिनु पर्ने अवस्था आएको बताउनु भयो । 
    अध्यक्ष सापकोटाले हाल एकातिर राज्यको कडा नियमन हावी हुदा अभियान र समुदायका तर्फबाट सहकारीलाई सही बाटोमा ल्याउन खबरदारी गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै सहकारी अभियान अझै आधारभूत वर्गसम्म पुग्न नसकेको बताउनु भयो । 
    उहाले लालटिन सहकारीले आफ्ना सेवा केन्द्रहरुको बृद्धि विकास, वचत संकलनसंगै लगानी र असुली, सहकारी पसल विस्तार, संस्थागत सुसासन र अनुगमन, जोखिम व्यवस्थापन, सामाजिक उत्तरदायित्व, सहकारी ज्ञान, सीपको विकाससंगै प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको हुदा त्यसलाई सफल बनाउन सबै शेयर सदस्यहरुको सक्रिय सहभागीताको लागि अनुरोध गर्नु भयो । 
    पछिल्लो समय केही सहकारी संस्थाले बदमासी गर्दा सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास घटिरहेको अवस्थामा लालटिन सहकारीलाई उत्कृठ सहकारी कसरी बनाउदै बचतकर्ताको विश्वास जित्नु चुनौतिपूर्ण काम भएको बताउनु भयो । 
    कार्यक्रममा संस्थाका सल्लाहाकार पदम प्रसाद श्रेष्ठ, बाबुराम आचार्य, महिला शेयर सदस्यहरुकोतर्फबाट मिरा केसी, विदुर मल्ल, खुमानन्द भुसाल लगायतले संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउने काममा सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहेको बताउदै संस्थालाई नीति र विधिमा सञ्चालन गर्न सुझाव दिनु भएको थियो । उनीहरुले लगानी गर्दा क्षेत्रगत पहिचान खोलेर कृषि तथा उद्यम व्यवसायलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । 
    कार्यक्रममा सहकारीका ज्येष्ठ शेयर सदस्य धर्मबहादुर पाण्डे, असल ऋणी सदस्य पुरुष धनिश्वर आचार्य र महिला सावित्रा माझी, एक वर्षमा संस्थाले सञ्चालन गरेको पसलमा धेरै कारोवार गर्ने महिलातर्फ गुन कुमारी डम्रपाल र पुरुषतर्फ नेत्र प्रसाद भण्डारी तथा असल कर्मचारी गिता भुसाललाई सम्मान गरिएको थियो । 
    कुल २८ सय शेयर सदस्य रहेको संस्थामा कुल पूजी २५ करोड रहेको तथा दुई करोड २७ लाख रुपैयाँ शेयर पूँजी रहेको छ भने सहकारीले हाल १७ करोड ऋण लगानी गरेको छ । संस्थाले सञ्चालन गरेको पसलमा ६ करोडको आर्थिक कारोवार भएको जनाइएको छ । यसैगरि लुम्बिनी प्रदेशभर कार्यक्षेत्र रहेको सहकारीले तिलोत्तमा–८ दिपनगर र सैनामैना–३ मुर्गियामा सेवा केन्द्र स्थापना गरी सहज सेवा प्रदान गर्दै आएको छ । सहकारीले देविनगरमा लालिटिन सहकारी पसल संञ्चालन गर्दै आएको छ ।
    कार्यक्रम संस्थाका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष गोपालप्रसाद गैरेको स्वागत तथा सचिव दिनेशकुमार पाण्डे क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक उमलाल बञ्जाडेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 
    संस्थाको साधारणसभाले आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष गोपाल गैरेको अध्यक्ष्ँतामा नया सञ्चालक समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा कमला वञ्जाडे, सचिवमा एकराज रिजाल, कोषाध्यक्षमा प्रेम प्रसाद शर्मा, सहसचिवमा पुष्पा शर्मा पौडेल तथा सदस्यहरुमा दिलकुमारी कुवर, अञ्जु गोतामे पाण्डे, रामलाल खनाल, लाल बहादुर क्षेत्री तथा लेखा सुपरिपेक्षण समितिको संयोजकमा बासु बेल्वासे र सदस्यहरुमा मिरा केसी पुरी र टोपाराम पाखरेल रहनु भएको छ । 
    निर्वाचन सम्पन्न गर्न अधिवक्ता हेमराज शर्माको संयोजकत्वमा लोकराज भुसाल  र सुमन अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij