२०८३, आश्विन २७ गते

Oct 13 2026

images
images

रामग्राममा ५ करोड २४ लाखको लागतमा भलुहीखोला  देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने

रामग्राममा ५ करोड २४ लाखको लागतमा भलुहीखोला  देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने

रामग्राममा ५ करोड २४ लाखको लागतमा भलुहीखोला  देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने

रामग्राममा ५ करोड २४ लाखको लागतमा भलुहीखोला  देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने

रामग्राममा ५ करोड २४ लाखको लागतमा भलुहीखोला  देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • परासी   ।  पश्चिम नवलपरासीमा देवगाउँ–देउरवा जोड्ने पक्की पुल निर्माण हुने भएको छ ।रामग्राम नगरपालिका पहलमा 

    देवगाउँ र देउरवा जोड्ने पक्की पुल निर्माण हुने भएको हो । रामग्राम १७ देवागाउँ  र ७   देउरवा  जोड्ने पुल  भलुही खोला पुल निमार्ण हुने लागेको रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले जानकारी दिए ।उनको अनुसार रामग्राम नगरपालिकाले १४ करोडको डिपिआर बनाएर स्थानिय पूर्वाधार विकास आयोजना कार्यालय बुटवाल बेलबासमा पठाईएको बताए ।नगरवासीको आवश्यकता माग अनुसार यहाँ पुल निर्माणको आयोजना ल्याएको बताउदै यहाँ पुल निर्माण भएपछि रामग्राम वडान १७ देवागाउँ  र वडानं ७   देउरवा  जोड्न र रामग्राम नगरपालिका निर्माण गरेको रिङरोड सडकमा जोडिने बताए ।

    पुल निर्माण भएपछि दुवै क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहजता हुनुका साथै यातायात, व्यापार तथा स्थानीय विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको यादवले बताए ।पक्की पुलको अभावमा स्थानीयले भोग्दै आएको आवागमनको समस्यालाई समाधान गर्न पुल निर्माण महत्वपूर्ण हुने विश्वास गरिएको  वडान ७ का वडा अध्यक्ष रबिन्द्र यादवले बताए । पुल निर्माण सम्पन्न भएपछि विशेषगरी वर्षायाममा आवतजावत गर्न सहज हुने रामग्रामका वडान ७का स्थानियबासी डाक्टर यादवले बताए ।विशेषगरी वर्षायाममा आवागमनमा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई पुल निर्माणले राहत पुग्ने अपेक्षा छ। पुल बनेपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने र स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ।

    स्थानीय पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण मानिएको यस योजनाले देवगाउँ र देउरवाबीचको भौतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।५ करोड २४लाख५९ हजार ८ सय लगतमा सेभेन रेन्बोज सुलाभ ग्रुप मालिका जेवि हेटौंडाले निमार्ण पाएको स्थानिय पूर्वाधार विकास आयोजना कार्यालय बुटवाल बेलबासल जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij