२०८३, आश्विन २८ गते

Oct 14 2026

images
images

हिमाली जोखिमबाट जोगिने सार्मथ्य खोई ?

हिमाली जोखिमबाट जोगिने सार्मथ्य खोई ?

हिमाली जोखिमबाट जोगिने सार्मथ्य खोई ?

हिमाली जोखिमबाट जोगिने सार्मथ्य खोई ?

हिमाली जोखिमबाट जोगिने सार्मथ्य खोई ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • रसुवाको भोटेकोसीमा आएको बाढीले निम्त्याएको विध्वंसको पीडा आलै रहँदा बुढीगण्डकीमा आएको बाढीले आगामी दिनमा बढ्दो जोखिमको संकेत दिएका छन् । हिमाली क्षेत्रमा जाने पहिरोले हिमाली र मध्यपहाडमा विपत् जोखिमलाई बढाएको छ, जसको सामना गर्ने सार्मथ्य बढाउन नसक्ने हो भने हामी जोखिमको भयंकर दुष्चक्रमा फस्दै जाने छौँ ।


    प्रारम्भिक अध्ययनअनुसार २५ असोजको बिहान गोरखाको चुमनुब्री गाउँपालिकाको माथिल्लो भेगमा पहिरो गएर बुढीगण्डकीमा बाढी आएको पाइएको छ । सुरुमा चुमनुब्री–६ को उङ्गिलुङ खोलाबाट आएको बहावले स्यारखोला थुनियो । थुनिएको खोलाको अवरोध फुटेपछि एक्कासी ठुलो बाढी गएको बताइएको छ । प्राप्त भएको भूउपग्रह तस्विरअनुसार चुमनुब्रीको माथिल्लो भेगको हिमनदी क्षेत्रबाटै पहिरो सुरु भएकोले रसुवा बाढी र बुढीगण्डकी बाढीको प्रकृति एउटै खालको देखिन्छ ।


    रसुवा बाढीबाट  चार खर्ब आठ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी पुगेको छ । एक हजार ४५७ जनाको मृत्यु भएको र चार हजार ७२० जना बेपत्ता छन् । बुढीगण्डकी बाढीले सय घरगोठ बगेको र १० जना बेपत्ता भएको प्रारम्भिक जानकारी छ । घटनामा भएको क्षतिको विस्तृत अध्ययन भइरहेको छ । एउटा विपत्को व्यवस्थापन गर्न नपाउँदै अर्को विपत्को सामना गर्नुपर्ने अवस्थाले समस्या झनै बढाइरहेको छ । चुलिएका चुनौतीको चाङ पूरा गर्न हामी कसरी लाग्ने ? तहगत सरकारबीच दरिलो सहकार्य हुन आवश्यक छ । पूर्वतयारी, प्रतिकार्य र पुर्नस्थापनामा योजनाबद्ध काम नहुने हो भने विपतबाट प्रभावितको ठूलो संख्या गरिबीको दुष्चक्रमा फस्दै जाने जोखिम बढेको छ ।


    हिमाली क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्नुको कारण हिमालमा हिउँ कमी हुँदै जानु हो । जलवायु परिवर्तनले पृथ्वी तात्दै गर्दा त्यसको सिधा असर हिमाललाई गरेको छ । हिमाल पग्लिदै जाँदा हिउँले अठ्ठिएको चट्टान खुल्दै जाँदा पहिरोको जोखिम बढेको छ । त्यही पहिरोले नदी र खोला थुन्ने र फुट्ने प्रक्रियाले बाढीको जोखिम बढाएको छ । अब हिमाली क्षेत्रमा पूर्व सूचना प्रणालीलाई चुस्त बनाउन ढिलाई गर्न हुन्न । हिमाली क्षेत्रको संकट टार्न मित्रराष्ट्र चीनसँग समन्वय र सहकार्य उत्तिकै आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij