२०८३, आश्विन २८ गते

Oct 14 2026

images
images

निष्पक्ष छानबिन गर

निष्पक्ष छानबिन गर

निष्पक्ष छानबिन गर

निष्पक्ष छानबिन गर

निष्पक्ष छानबिन गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको सार्वजनिक भएको अडियो सभ्य समाजका लागि घिनालाग्दो, मानवताविरोधी र बर्बर छ । टेलिफोनमार्फत् महिलामाथि दुव्र्यवहार गरेको यो अडियोले सुनारप्रतिमात्र नभई  राजनैतिक नेतृत्वमाथि केही प्रश्न उब्जेका छन् । ती प्रश्नको निवारण गर्ने काम सरकार, संसद, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वंय सुनारको हो ।
    खगेन्द्र सुनार विवादित पात्र हुन् । बालेन क्रेजमा चुनाव जितेका मात्र नभई यी ‘भाइरल’ पात्रलाई खडा गर्दा चुनावमा मत तान्न सकिन्छ भन्ने आकलन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई उम्मेदवार बनाएको हो । दुवैको स्वार्थ मिल्दा सुनार उम्मेदवार भए, चुनाव जिते । चुनाव जितेपछि उनले जुन परिपक्कता र जिम्मेवारी पूरा गर्नुपर्दथ्यो, गरेनन् । तथ्यका आधारमा विषयवस्तु उठाउनुको साटो स्वार्थका आधारमा विवादित विषयवस्तु उठाएर अरुको मानमर्दन गर्ने काम भएका छन् ।

    ती घटनाक्रम चलिरहदा उनको सार्वजनिक भएको अडियो र विषयवस्तुमाथि जुन खालका प्रश्न उठेका छन्, ती प्रश्नको उत्तर दिएर जनप्रतिनिधिलाई जवाफदेही बनाउनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन अघि बढाएको छ । छानबिन पूरा नहुञ्जेल सार्वजनिक हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक चरणमा गरेको यो निर्णय सकारात्मक छ । अब पालो सरकारको हो । एक जना सांसदले महिला हिंसा, यौन दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएपछि तत्काल छानबिन गर्नुपर्दछ । संसदले पनि महिला हिंसा जस्तो संवेदनशील विषयमा आरोप लागिसकेपछि छानबिनमा ढिलाई गर्न हुन्न । सत्ताको प्रयोग गरी चोख्याउने ढंगले होइन्, निष्पक्ष छानबिन गर्दा सरकारप्रति भरोसा र विश्वास बढ्छ । गृहमन्त्री सुदन गुरूङले राजिनामा दिएपछि छानबिन गरी जुन ढंगले चोख्याएर पुनः गृहमन्त्री नियुक्त गरियो, त्यसैगरी, चोख्याउने काम हुनुहुँदैन  । अहिले राजनीतिले शुद्धिकरण खोजेको छ । सत्ता निकटका पात्रहरु गंभीर अभियोग लाग्दा समेत कानुनी कारबाही नहुने प्रवृतिले आम नागरिकमा निराशा छ । कानुन कसैलाई लागु हुने र कसैलाई लागु नहुने प्रवृत्ति अन्त्य गर्नका लागि समेत यो घटना एउटा महत्वपूर्ण अवसर हो ।


    अडियो सत्य हो, होइन् पहिले त्यसको छानबिन हुनुपर्छ । अडियोमा बोलेको अशिष्ट र अश्लिल शब्द एक जना महिलालाई किन बोलियो ? एक जना महिलालाई कुट्ने, पिट्ने भन्दै धम्क्याइएको छ । अडियो सुन्दा महिलाको गोपनियताको हक हनन हुने गरी तस्विर खिचेर पैसा मागेर ब्लयाकमेल गरिएको छ । अडियोमा सुन्दा यो घटना सामान्य होइन् । यस्तो असमान्य घटनाको छानबिनका लागि सरकार कति गम्भीर ढंगले लाग्छ, त्यो हेर्न बाँकी छ । राजनीतिमा मौलाएको अपराधीकरण र अराजकतालाई निमिट्यान्न गर्नका लागि यो एउटा प्रस्थानविन्दु हो, सरकार यो प्रकरणलाई सामान्य होइन्, राजनीतिमा मौलाएको अपराधिकरण र अराजकता अन्त्यको महत्वपूर्ण खुड्किलो भएकाले निष्पक्ष छानबिन अघि बढाऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij