२०८३, कार्तिक १० गते

Oct 26 2026

images
images

राष्ट्र विरोधी अभिव्यक्ति

राष्ट्र विरोधी अभिव्यक्ति

राष्ट्र विरोधी अभिव्यक्ति

राष्ट्र विरोधी अभिव्यक्ति

राष्ट्र विरोधी अभिव्यक्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १० २०८३
सोमवार, कार्तिक १० २०८३
  • अर्थमन्त्री स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति निन्दनीय छ । अर्थमन्त्री वाग्लेले एउटा कार्यक्रममा बोल्ने क्रममा नेपालमा भारत विरोधी राष्ट्रवादको अन्त्य भएको बताएका थिए । राजकीय जिम्मेवारीमा रहेका वाग्लेले भारतमै पुगेर जुन अभिव्यक्ति दिए, त्यो नेपालको हित विपरित छ ।


    नेपालको राष्ट्रिय स्वार्थको पक्षमा बोल्नु केवल भारत विरोधी हुनु होइन् । नेपाल र भारतबीच कैयौं मतभेद र विवाद छन् । र पनि मित्रवत सम्बन्ध छ । मतभेद र विवादको कुटनीतिक  ढंगबाट समाधान खोज्न जति आवश्यक छ, मित्रताको फराकिलो दायरालाई विस्तार गर्न उत्तिकै ध्यान दिन आवश्यक छ । नेपालको हितमा बोल्नुलाई भारत विरोधी गतिविधि मान्नु राष्ट्रविरोधी गतिविधि हो । भारतलाई रिझ्याएर अघि बढ्नकै लागि वाग्लेले अभिव्यक्ति दिएका हुन भने त्यो झन खेदजनक छ । सन् १९५० मा नेपाल आधुनिक युगमा प्रवेश गरेदेखि नै नेपालको हितसँग सम्बन्धित कुनै विषय उठाउनेबित्तिकै त्यसलाई सहजै ‘उग्र राष्ट्रवाद’ वा ‘भारतविरोध’ को संज्ञा दिने एउटा पक्ष छ । अहिले पनि त्यो धारमा सशक्त वाग्ले उभिएका छन् ।

    विस २०१९ सालदेखि २०७२ सालसम्म भारतले नेपालमा चार पल्ट नाकाबन्दी लगायो । कालापानीमा भारतीय सेना बसेको लामो समय भयो । लिपुलेक लिम्पियाधुरामा सीमा अतिक्रमण भएको छ । सुस्ता लगायत दर्जन ठाउँमा सीमा विवाद छ । सीमावर्ती क्षेत्रमा भारतले बनाएका बाँधले नेपाली भूभाग डुबान हुँदै आएको छ । नेपाल र नेपाली नागरिकलाई अप्ठारो पर्ने गतिविधि हुँदा त्यसको विरोध गर्नु र नेपालको पक्षमा आवाज उठाउनु भारत विरोधी हुनसक्तैन् । हाम्रा कृषिजन्य उत्पादनहरू-अलैँची, चिया, जुटलगायतका वस्तुहरू-द्विपक्षीय सहमतिअनुसार विना अवरोध भारतीय बजारमा निकासी हुन पाउनुपर्छ भन्नु भारतको विरोध गर्नु हो ?नेपाल र भारतबीच भएको विद्युत व्यापारसम्बन्धी सहमतिअनुसार भारतले नेपालमा उत्पादित बिजुली निर्वाध रूपमा खरिद गर्ने वातावरण बनाउनुपर्छ भन्नु नेपालको हितमा होइन र ?  भारतले आफूले रोजेको लगानीकर्ताबाट उत्पादित बिजुली मात्र खरिद गर्छु भन्ने अडान सम्झौताअनुरूप छैन भन्ने आवाज उठाउनु गलत हो ?


    नेपालसँग विगतमा गरिएका कतिपय सन्धि–सम्झौताहरू असमान छन् र कतिपय सान्दर्भिक पनि रहेनन् । दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय कानुन, मूल्य, मान्यता र अभ्यासका आधारमा दुई स्वतन्त्र तथा सार्वभौम मुलुकबीचको सम्बन्ध अगाडि बढाउनुपर्छ । आफ्ना राष्ट्रिय मामिलामा निर्णय गर्ने अधिकार नेपाललाई नै हुनुपर्छ भन्ने प्रष्ट अडान हनुको साटो भारतविरोधी राष्ट्रवादको कुरा गरेर नेपालको राष्ट्रिय हित कसरी रक्षा हुन्छ ? अर्थमन्त्री वाग्लेले गैरजिम्मेवार अभिव्यक्ति दिएको यो पहिलो पल्ट होइन्, यसअघि पनि उनले यस्तै अभिव्यक्ति दिएका थिए । नेपालमा देशप्रेमी नागरिकको ठूलो संख्या छ, नागरिकले निरन्तर राष्ट्रको पक्षमा आवाज उठाइरहन्छन् । शासक गैरजिम्मेवार भएको बेला विरोध गर्ने नागरिकले हो । वाग्लेले निरन्तर मुलुकको स्वार्थ प्रतिकुल अभिव्यक्ति दिएका छन्, त्यो गलत अभिव्यक्तिको डटेर प्रतिवाद गरौँ । नेपाल भारत सम्बन्ध पारस्परिक सहकार्य र समदुरीमा अघि बढ्छ भन्ने मान्यतालाई स्थापित गरौँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij