२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

सम्पदा जोगाउन किन बेवास्ता ?

सम्पदा जोगाउन किन बेवास्ता ?

सम्पदा जोगाउन किन बेवास्ता ?

सम्पदा जोगाउन किन बेवास्ता ?

सम्पदा जोगाउन किन बेवास्ता ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  • पाल्पा ऐतिहासिक र साँस्कृतिक धरोहर भएको ठाउँ हो । पाँच सय वर्षयताको जीवन्त इतिहास भएको पाल्पाका सम्पदा जोगाउन ध्यान पुग्न सकेको छैन । सम्पदा जोगाउन सक्दा पाल्पाले ठूलो लाभ लिन सक्ने चेत नआउँदा तहगत सरकार र स्थानीय समुदाय सम्पदा जोगाउन ध्यान नदिएको देखिन्छ । समाजको जीवन्त इतिहास र पहिचान  सम्पदाले झल्काउँछ ।


    पुराना घर, मठमन्दिर, पाटीपौवा हाम्रा ऐतिहासिक र साँस्कृतिक धरोहर हुन् । यी केवल ढुङ्गा र माटोले ठडिएका घर मात्रै होइनन्, यी हाम्रा पुर्खाहरूको ज्ञान, कला र जीवनपद्धतिका साक्षी हुन् । तीव्र आधुनिकीकरण, अव्यवस्थित सहरीकरण र संरक्षणप्रतिको उदासीनताका कारण हाम्रा अमूल्य सम्पदा संकटमा परेका छन् । त्यसो त सम्पदा जोगाउन पटक्कै चासो नभएको होइन् । योजनाबद्ध र प्राथमिकतामा नपरेको मात्रै हो । नागरिकलाई सम्पदा जोगाउनुपर्छ भन्ने चेतना भर्न नसकेको मात्रै हो । भैरव मन्दिरको जीर्णोद्वार भएको छ । पाल्पा दरबार संग्रहालय अहिले पाल्पाको प्रमुख गन्तव्य भएको छ । अमरनारायणको मन्दिर जीर्णोद्वार भएको छ । रानीमहलको मुहार फेरिएको छ । तर यो पर्याप्त छैन । भगवती मन्दिरको जीर्णोद्वार हुन किन ढिलाइ भइरहेको छ ? पुराना विहार र गुम्बा किन ओझेलमा परेका छन् । पाल्पा लुम्बिनी प्रदेशको एकमात्रै बौद्ध संस्कृति भएको शहर भएकाले बौद्ध संस्कृतिलाई जीवन्त राख्ने विहार र गुम्बा संरक्षणमा किन ध्यान पुग्न सकिरहेको छैन ? पुराना शिलालेख अभिलेख अलपत्र परेका छन् । सेनकालीन मठमन्दिरमा रहेका शिलालेखहरु संरक्षण गर्न बेवास्ता गरिएको छ । प्रभास र रूरू क्षेत्रमा रहेका सम्पदामा रहेका शिलालेख संरक्षण हुन नसक्दा इतिहास नासिदै जाने जोखिम बढेको छ ।


    तानसेनको नेवारी शैलीका गल्लीहरूलाई पुरानै अवस्थामा फर्काइएको छ । यो कामलाई सकारात्मक मान्नुपर्छ । सडक गल्लीमा ढुङ्गा छाप्दा तानसेनको मौलिकता जोगिएको छ । राष्ट्रिय गौरवको प्रतीक ढाका टोली र करुवा निर्माणको मौलिक कलाले पाल्पालाई सांस्कृतिक रूपमा जीवन्त राख्न बल पु¥याएका छन्, तर झिगटीले छाएका घर नासिदै जाँदा त्यस्ता घर बनाउन ध्यान पुग्न सकेन् । काठमाडौं महानगरपालिकाले नेवारी संस्कृति झल्कने घर निर्माण गर्नेलाई ४० लाख अनुदान, नक्शा पासमा कर छुटलगायत विभिन्न सहुलियत दिने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले गरेको सह्रानीय कार्यबाट तानसेन नगरपालिकाले सिक्न सक्छ । झिगटीले छाएको र परम्परागत घर बनाउनेलाई विशेष छुट दिने नीति कार्यान्वयन गर्न  सक्दा पाल्पाको मौलिकता जोगिन सक्छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा बल पुग्छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij