२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

विमानस्थल नियमित चलाउन पहल गरौँ

विमानस्थल नियमित चलाउन पहल गरौँ

विमानस्थल नियमित चलाउन पहल गरौँ

विमानस्थल नियमित चलाउन पहल गरौँ

विमानस्थल नियमित चलाउन पहल गरौँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ४ २०८३
बिहिवार, मंसिर ४ २०८३
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुनु  यो क्षेत्रका लागि मात्रै नभई राष्ट्रिय अर्थतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको छ । सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल सुनसानप्रायः छ । यही विमानस्थललाई लक्ष्य गरी भैरहवा र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल तथा पर्यटन पूर्वाधारमा खन्याएको अर्बौं रुपैयाँको लगानी अहिले गम्भीर जोखिममा परेको छ । लगानीको प्रतिफल नपाउँदा व्यवसायी निराश बनेका छन् ।


    पछिल्लो समय भारतसँग थप हवाई प्रवेशमार्ग (एयर रुट) सम्बन्धी सहमति जुटाउने बहसले फेरि चर्चा पाएको छ । भारतले आफ्ना सीमावर्ती विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्ने प्रस्ताव गरिरहँदा नेपालले भैरहवा र पोखराका लागि सहज प्रवेशमार्ग माग्नु स्वाभाविक हो। तर, सरोकारवालाहरूको प्रश्न जायज छ- नयाँ एयर रुटको सहमतिले काठमाडौं केन्द्रित उडानलाई सहज बनाए पनि भैरहवाले त्यसको प्रत्यक्ष लाभ कसरी पाउँछ ? केवल एयर रुटको बहसमा अल्झिएर विमानस्थल सञ्चालनको मुख्य दायित्वबाट पन्छिन मिल्दैन ।


    भैरहवाको मुख्य समस्या एयर रुट मात्र होइन, नियमित उडानको सुनिश्चितता नहुनु हो । विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) पूर्णरूपमा सञ्चालन गर्न भारतसँग सीमावर्ती हवाई क्षेत्र व्यवस्थापनको प्राविधिक सहमति आवश्यक छ । जाडोयाम र न्यून भिजिबिलिटीमा समेत सुरक्षित अवतरण गराउन सक्ने यो प्रणालीको उपयोग नहुँदा वायुसेवा कम्पनीहरू भैरहवा आउन हिचकिचाइरहेका छन् । अर्कोतर्फ, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र भिसा प्रक्रिया जस्ता वैदेशिक रोजगारीका अनिवार्य सेवाहरू अझै काठमाडौं केन्द्रित छन् । यी प्रशासनिक र प्राविधिक गाँठा नफुकाएसम्म भैरहवामा यात्रु र जहाजको चाप बढ्न सक्दैन् ।


    विमानस्थल सञ्चालनको विषय अब राजनीतिक आश्वासनमा मात्र सीमित रहनु हुँदैन । सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले ठोस कूटनीतिक र प्राविधिक पहल थाल्न ढिला भइसकेको छ । दुई देशका संयुक्त प्राविधिक टोलीबिच समन्वय गरी आइएलएस प्रणाली सञ्चालनको वातावरण तत्काल बनाउनुपर्छ । साथै, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विशेष सहुलियत प्याकेज ल्याउन र वैदेशिक रोजगारका सबै सेवा भैरहवाबाटै सहज रूपमा उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्छ ।
    निजी क्षेत्रको विश्वास टिकाइराख्न र राज्यको अर्बौंको लगानीलाई सार्थक बनाउन भैरहवाको आकाशमा नियमित अन्तर्राष्ट्रिय जहाज उडेको देखिनुपर्छ । निरर्थक बहस र छलफलले मात्रै व्यवसायीको मुहारको निराशा हट्ने होइन्, देखिने गरी काम हुनुपर्छ, जसले आशा जगाउन सकोस् ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij