२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

व्यावसायिक विश्वासको संकट

व्यावसायिक विश्वासको संकट

व्यावसायिक विश्वासको संकट

व्यावसायिक विश्वासको संकट

व्यावसायिक विश्वासको संकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • मुलुकको अर्थतन्त्र अहिले अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको थुप्रो लाग्दै गएको छ भने अर्कोतिर कर्जाको ब्याजदर एकल अंकमा झर्दा पनि निजी क्षेत्र लगानी गर्न हच्किरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यो भयावह यथार्थलाई छर्लङ्ग पारेको छ । प्रदेशमा निक्षेप करिब २० प्रतिशतले बढ्दा कर्जा विस्तार साढे तीन प्रतिशतमा खुम्चिनु र करिब दुई खर्ब रुपैयाँ तरलता बैंकमै थुप्रिनु समग्र अर्थतन्त्रका लागि शुभ संकेत होइन । औसत कर्जा ब्याजदर ६ दशमलव ३८ प्रतिशतमा झर्दा समेत व्यवसायीहरू बैंकको ढोका ढकढक्याउन नजाने अवस्था किन आयो ? यसको सीधा उत्तर हो— लगानीको सुरक्षा र व्यावसायिक विश्वासको संकट ।


    लामो समयसम्म ब्याजदर एकल अंकमा झार्नुपर्ने माग राखेका उद्योगी व्यवसायी आज त्यही माग पूरा हुँदा पनि निरुत्साहित देखिनुले नीतिगत सुधारको अभावलाई उजागर गर्छ । विगतका आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठानमाथि भएका आगजनी र तोडफोडका घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याउन राज्य उदासीन देखिनुले व्यवसायीको मनोबल नराम्ररी खस्किएको छ । अर्कोतर्फ, आर्थिक अपचलनका नाममा भइरहेका धरपकड र अनुसन्धानले निजी क्षेत्रलाई त्रसित बनाएको छ । दुई तिहाइ नजिकको बलियो सरकार हुँदासमेत व्यावसायिक वातावरण बन्न नसक्नु र लगानी गरेपछि प्रतिफल पाइन्छ भन्ने आधारभूत विश्वास हराउनु विडम्बनापूर्ण छ ।


    लुम्बिनी प्रदेशको आर्थिक मेरुदण्ड मानिएको पर्यटन र घरजग्गा क्षेत्रको शिथिलताले समस्यालाई थप जटिल बनाएको छ । ३६ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चार वर्ष बित्दा पनि पूर्ण क्षमतामा चल्न नसक्दा होटल व्यवसायीको अर्बांै लगानी जोखिममा परेको छ । होटलहरूको अकुपेन्सी दर ३० प्रतिशतभन्दा तल झर्नु र पर्यटक आगमन घट्नुले पर्यटन क्षेत्रको निराशा देखाउँछ । त्यस्तै, अनुत्पादक क्षेत्र मानिएको घरजग्गामा फसेको पुँजी चलायमान नहुनु र नयाँ भवन निर्माण घट्नुले बजारको समग्र मागलाई संकुचित बनाएको छ । यही कारण बैंकहरूको निष्क्रिय कर्जा अनुपात बढेर ७ दशमलव २४ प्रतिशत पुग्नुले बैंकिङ क्षेत्रमै जोखिम देखाएको छ ।


    अर्थतन्त्र चलायमान बनाउन केवल ब्याजदर घटाएर मात्र पुग्दैन् । यसका लागि सरकारले सर्वप्रथम निजी क्षेत्रको लगानी सुरक्षित छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ । गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहलमार्फत हवाई रुट र अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने, पर्यटन प्रवद्र्धनका ठोस प्याकेज ल्याउने र बजारमा माग सिर्जना गर्ने नीति अवलम्बन गर्नु अपरिहार्य छ । सरकार र निजी क्षेत्रबीचको विश्वास पुनःस्थापना नभएसम्म बैंकमा थुप्रिएको पुँजी उत्पादनमूलक क्षेत्रमा प्रवाह हुन सक्दैन ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij