बुटवल । उद्योग ब्यापार संघ बुटवलले संघका पुर्व पदाधिकारी र कार्यसमिति सदस्यहरुसंग छलफल र अन्तरक्रिया गरेको छ । साउन १५ को अवसरमा संघ सचिवालयमा भएको छलफलमा संघलाई कसरी अघि बढाउने र थप उचाईमा पुर्याउने सम्बन्धमा पुर्व पदाधिकारी र सदस्यबाट राय सुझाव लिने उद्देश्यले कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले
पुर्व पदाधिकारी र सदस्यहरुको योगदान र भुमिका अतुलनीय र अविस्मरणीय रहेको चर्चा गर्दै उहाँहरूकै कारण संस्था अहिलेको अवस्थामा आउन सफल भएको र यसलाई थप सुदृढ र व्यवस्थित बनाउन छलफल गरिएको अध्यक्ष पाण्डेले बताए ।
संघको पहुंच अहिले स्थानीयदेखि प्रदेश र केन्द्रसम्म पुगेको, प्रत्येक क्षेत्रमा संघको सहभागिता हुँदै आएको र उद्योगी व्यवसायीका समस्या समाधानमा अरु संसथा भन्दा एक कदम अगाडि रहेकोले संस्थाप्रति आकर्षण बढेको उनले बताए । अध्यक्ष पाण्डेले संघको आर्थिक अवस्था मजबुद बनाउन आजीवन सदस्य विस्तार गर्ने योजनामा साथ दिन सबैसंग अनुरोध गरे ।
संघका पुर्व बाणिज्य उपाध्यक्ष एवं हालका सल्लाहकार ज्योति भण्डारीले सदस्यता विस्तार,उनीहरूका समस्या समाधानमा कटिबद्ध हुन, संस्थाको ब्रान्डिङ गर्न र सचिवालय भवन निर्माणलाई प्राथमिकता दिन सुझाव दिए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महिला उपाध्यक्ष अन्जु पाण्ड,महासचिव यमलाल मरासिनी,सचिव कोशलराज भण्डारी लगायतले सचिवालय भवन, २०८२ सालमा उद्योग ब्यापार संघ बुटवलले आयोजना गर्ने औद्योगिक प्रदर्शनी र सदस्यता विस्तारलाई केन्द्रमा रोखर अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघका पुर्व बाणिज्य उपाध्यक्ष सिताराम रसाइली, पूर्व सचिव नेत्र रूचाल, पूर्व सचिव माधव पौडेल, पूर्व कोषाध्यक्ष बाबुराम आचार्य र बाबुलाल पाण्डे, पूर्व कासस जीवलाल पौडेल, विष्णु पाण्डे, पुर्व सचिवालय सदस्य भरत केसी लगायतले संघको वर्तमान कार्यसमितिले पुर्व पदाधिकारी र सदस्यलाई नभुल्न आग्रह गर्दै आफूहरुले जन्माएको र हुर्काएको संस्थाको प्रगतिका लागि आफूहरु सधै सक्दो योगदान गर्न तयार रहेको बताएका थिए ।
उनीहरुले अरु संस्था जस्तो राजनीतिक रुपमा गन्ध आउने नभई सबै विचारमा आस्था राख्ने उद्योगी व्यवसायीको साझा संस्था बनाउन सुझाव दिएका थिए ।




