२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

चुलिँदो व्यापार घाटा

चुलिँदो व्यापार घाटा

चुलिँदो व्यापार घाटा

चुलिँदो व्यापार घाटा

चुलिँदो व्यापार घाटा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३
  • मुलुकको अर्थतन्त्र लामो समयदेखि बढ्दो व्यापार घाटाको दुष्चक्रमा फसेको छ । आयात बढ्दा निर्यात निराशाजनक छ । चालु आर्थिक वर्षको तीन महिनामा ६ खर्ब ४६ अर्ब रुपैयाँको आयात भएको छ । यही अवधिमा १ खर्ब १४ अर्बको निर्यात भएको छ । असोजमा मात्रै २ खर्ब ४५ अर्ब रुपैयाँको आयात भएको छ । गत आबको प्रथम त्रैमासमा ४ खर्ब ६८ अर्ब बराबरको आयात भएको थियो । 


    आयात आकाशिदै जाँदा निर्यात निराशाजनक बन्नु नेपालको अर्थतन्त्रको लागि चुनौतीपूर्ण समस्या हो । मुलुकमा औद्योगिक उत्पादन धराशायी बन्दै गएको छ । उत्पादनहरु प्रतिस्पर्धामा टिक्न नसक्दा आयातको ग्राफ बढ्दो छ । बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स र नागरिकको बदलिएको जीवनशैलीले उपभोग बढिरहेको छ । बढ्दो उपभोगले आयात बढेको हो । उपभोगका लागि पूर्णरूपमा परनिर्भर हुनुले व्यापार घाटाको दुरावस्थालाई थप भयावह बनाएको छ ।


    नेपाललाई कृषि प्रधान देश भनिए पनि आत्मनिर्भर हुन सकिरहेको छैन् । कुखुरा र दानामा निर्भर भनिए पनि दानाका लागि चाहिने कच्चा पदार्थ मकै भारतलगायत मुलुकबाट आयात भइरहेको छ । कृषिप्रधान देश भनिए ता पनि अबौँ रुपैयाँको चामल, तरकारी र फलफूल आयात हुने गरेको छ । आन्तरिक उत्पादनले स्थानीय मागसमेत धान्न नसक्दा परनिर्भरता चुलिएको हो । नेपालसँग निर्यात गर्न योग्य उच्च मूल्य वस्तुहरू  अत्यन्तै सीमित छन् । भएका केही वस्तुहरूको पनि गुणस्तर प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता कमजोर छ । निर्यातमा सबैभन्दा बढी हिस्सा वनस्पति तेलको छ । तीन महिनामा ५९ अर्ब ३२ करोड बराबरको तेल निर्यात भएको छ । चिया, कफि तथा मसला निर्यात ४ अर्ब ६५ करोड बराबर भएको छ । चिया निर्यातमा भारतको बेलाबखत अवरोध हुँदै आएको छ, कफि निर्यातको राम्रो संभावना भए पनि उत्पादन नै पर्याप्त छैन् । कफि खेतीको व्यवसायिक विकास गर्न राज्यले ध्यान नदिँदा निर्यातजन्य उत्पादन बढाउन सकिएको छैन । निर्यातको राम्रो संभावना भएको कफि खेतीको व्यवसायिक विकासका लागि मिशन कार्यक्रम चलाउन आवश्यक छ । त्यसो त विगतमा पनि चिया तथा कफि मिशन चलेको थियो, तर अपेक्षित वृद्धि हुन सकेन् । राज्यले आयात प्रतिस्थापन गर्ने गरी उद्योगधन्दा स्थापनाको लागि नीतिगत सुधार गर्न सक्दा बढ्दो परनिर्भरता घट्न सक्छ । नीतिगत सुधार नहुने, कतिपय नीति निर्माण भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलताले पनि समस्या थपिएको छ । उद्योगी व्यवसायीलाई राज्यले आडभरोसा दिन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।


     खाद्यान्न र इन्धन (जलविद्युत् र विद्युतीय सवारीको प्रवद्र्धनमार्फत्) मा आत्मनिर्भर बन्ने राष्ट्रिय संकल्प आवश्यक छ । तुलनात्मक लाभका क्षेत्रहरूको प्रवद्र्धन नेपाली गलैँचा, पश्मिना, जडीबुटी, चिया र हस्तकला जस्ता क्षेत्रलाई आधुनिकरण गरी विश्व बजारमा ब्रान्डिङ गरिनुपर्छ । सरकारले विलासिताका वस्तु आयातमा नियन्त्रण  गर्न अनुत्पादक र विलासिताका सामानहरूको आयातमा करको दायरा बढाउने वा निश्चित समयका लागि कोटा तोक्ने जस्ता कठोर कदम चाल्नुपर्छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij