२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

प्रेसमाथिको हस्तक्षेप संविधानमै प्रहार

प्रेसमाथिको हस्तक्षेप संविधानमै प्रहार

प्रेसमाथिको हस्तक्षेप संविधानमै प्रहार

प्रेसमाथिको हस्तक्षेप संविधानमै प्रहार

प्रेसमाथिको हस्तक्षेप संविधानमै प्रहार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८३
आइतवार, कार्तिक १६ २०८३
  • समाचार कक्षमा सादा पोशाकका प्रहरी पसेर पत्रकारलाई पक्राउ गर्नु संविधानको मर्ममै प्रहार हो । संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनिएपनि अहिले जुन ढंगले पत्रकारलाई धरपकड गर्ने र राज्यका निकायले धम्क्याउने काम गरिरहेका छन्, त्यसले सरकारको गलत नियत प्रष्ट पारेको छ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउदेखि शुक्रबार पत्रकार विश्वमणि सुवेदीसहितका पत्रकारको पक्राउले सरकार विधि, कानुन र संविधानलाई मान्दैन्, उसले निरंकुश जंगलीराजको अभ्यास गर्न लागेको संकेत मिलेको छ ।


    समाचार स्रोतको पहिचान गर्न समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक राज्य प्रणालीमा कल्पना गर्न सकिने विषय होइन्, यस्ता हर्कत तानाशाही र निरंकुश शासन प्रणाली भएका मुलुकमा मात्रै हुन्छन् । चुनावमा झण्डै दुई तिहाई जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई पूर्णतः कुल्चदै अघि बढेको छ । पत्रकार जीवित रहेसम्म समाचार स्रोत गोप्य राख्नुपर्ने पेशागत दायित्व हो । समाचार लेखेकै, विचार अभिव्यक्त गरेकै वा सूचना प्रवाह गरेकै आधारमा पत्रकारलाई अपराधी जस्तो व्यवहार गरेर पक्राउ गरिनु लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको ठाडो उल्लंघन हो ।


    नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ । तर, व्यवहारमा भने राज्यका संयन्त्रहरू प्रेसलाई नियन्त्रण र संकुचित गर्न उद्यत देखिन्छन् । पत्रकारिता क्षेत्रमा लेखिएका समाचार वा विचारमाथि चित्त नबुझेमा वा त्यसमा त्रुटि पाइएमा उपचार खोज्ने कानुनी बाटोहरू स्पष्ट छन् । नेपालमा प्रेस काउन्सिल जस्तो नियामक निकाय क्रियाशील छ, जहाँ उजुरी गर्ने र छानबिन गर्ने वैधानिक व्यवस्था छ । यी स्थापित माध्यमहरूलाई बेवास्ता गर्दै सिधै प्रहरी प्रशासन लगाएर पत्रकारलाई पक्राउ गर्नुको सिधा अर्थ हो— पत्रकारलाई भय र त्रासको वातावरण सिर्जना गर्नु ।
    प्रेस स्वतन्त्रता पत्रकारको अधिकारको सवाल मात्रै होइन्, यो  लोकतन्त्रको प्राणवायु हो। जब राज्यका अंगहरूमा विकृति, विसंगति वा भ्रष्टाचार बढ्छ, तब शक्तिमा बस्नेहरूले ऐना जस्तै सत्य देखाउने मिडियाको आवाज बन्द गर्न खोज्ने प्रवृत्ति दोहोरिरहनु मुलुक र व्यवस्थाकै लागि दुःखद छ । किशोर श्रेष्ठ र विश्वमणि सुवेदीको पक्राउलाई यही प्रवृत्तिको निरन्तरताका रूपमा हेर्न सकिन्छ । सरकारको यस्तो अनुदार कार्यले अन्तर्राष्ट्रिय जगतमा  देशको छवि धुमिल बनाएको छ ।


     इतिहासमा हिजोका निरंकुश शासकहरूले मिडियाको मुख थुन्ने प्रयास गर्दा तिनीहरूको हालत के भयो ?तथ्य स्पष्ट छ । आजका शासकहरूले पनि बेलैमा चेतुन् । अहिले पक्राउ भएका पत्रकार सुवेदी रिहा भएका छन्, पक्राउ किन गरियो ? यो प्रश्नको उत्तर सरकारले दिनुपर्छ । र, कमजोरीप्रति माफी मागेर आगामी दिनमा प्रेस स्वतन्त्रताप्रति पूर्णतः प्रतिबद्धता जनाउनुपर्छ । यसले सरकारलाई उत्तरदायी र जवाफदेही बनाउने छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij