नेपाली समाज किन विभक्त छ ?
झपेन्द्र जिसी
परिचय
समाजवाद, एकता, सद्भाव र सहकार्यका कुरा सबैले गर्छन्, अझ नेपाली कांग्रेसदेखि सबै कम्युनिष्ट घटकहरुले समाजवादको साइनबोर्ड राखेका छन् । समाजवादको धरो नसमाती कसैलाई खाना पनि पच्दैन भने पनि हुन्छ । ब्राह्मणिक हिन्दु धर्मका कट्टर अनुयायीहरुले वेदलाई स्पर्श गरेका छन् छैनन्, यो उनीहरुले जान्ने कुरा हुन् । उनीहरुले वाचन गर्ने पुराण नै हुन् । व्यास वाचकहरुले कहीं स्वयं भगवान् रामले केही स्वयं भगवान श्री कृष्णले यसो भन्नु भएको छ, उसो भन्नु भएको छ भन्छन् ।
राजनीतिक पार्टीहरुले धर्म निरपेक्षता लेखेर वा आफ्नो सनातनी हिन्दु धर्मलाई मास्न क्रिस्चियन÷ इसाईबाट अमुक नेताले यति उति अरब खरब पैसा खाएर संविधानमा धर्म निरपेक्ष गराए भनेर आरोपित गर्छन्, गुनासो गर्छन् । हिन्दु धर्म राजा र राजतन्त्र नेपालको पहिचान हो भनेर पनि बोल्छन् । केही आफूलाई सच्चा नागरिक अगुवा भन्नेहरुले हिन्दु धर्मसहितको राजतन्त्रको पुनस्र्थापना गर्नुपर्छ, भनेर डुमेको पाइन्छ । लोकतन्त्रमा डुक्रिनेहरु हुन् ।
तर ती यसरी डुक्रनेहरुले नेपाली समाजका विविधताबिच एकता कसरी गर्ने भनेर चिन्ता प्रकट गरेको पाइँदैन । पार्टीका राजनेताहरु र पार्टीहरु पुरोहित गुरुहरुले आफूलाई र नागरिक अगुवा भन्नेहरुले कहिल्यै चिन्ता प्रकट गरेको सुनिएन ।
कालमाक्र्सले भनेको समाजवाद के हो ? कम्युनिष्ट नेताहरुले नपढेका र नबुझेका अवश्य छैनन् ? मैले सिलोक सुनेको छु त्यो हो वसुधैव कुटुम्वकं अर्थात् संसारभरिका मानिसहरु एउटै परिवारको सदस्य हुन् भन्ने बुझेको छु तर पण्डित गुरु बाहरुले सिलोक अनुसार व्यवहारमा उतारेको देखिंदैन ।
कालमाक्र्सले संसारभरिका श्रमजीवी जनता एक होऔं र श्रमजीवी उत्पादक वर्गले उत्पादनको साधन स्वामी बनाउने भन्ने नै हो । साथसाथै ‘उठ जाग ए भोका नाङ्गा’ उठ संसारका दुःखी, सुन्दर संसार निर्माण गर्न न्यायका निम्ति गर्जी ! यो अन्तिम युद्ध हो, आआफ्नो ठाउँमा उठौं,’ अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ । कवि युजे पोत्तरले लेख्नु भएको यो गीत कम्युनिष्टहरुले कार्यक्रमको आरम्भ र समापनमा गाउने गर्दछन् ।
बुद्धको सामम्यवाद वा समाजवादको कुरा गर्ने हो यो दास युगीन समयको बेला मानिसलाई सामाजिक दासताबाट ब्राह्मणिक जातीय र सांस्कृतिक उत्पीडनबाट मुक्त गर्ने उपाय थियो ।
आज यो पंक्तिकार नेपाली समाजबाट दास प्रथा अर्थात् मानिसलाई वस्तु सरह खरिद बिक्री गर्ने प्रथाको उन्मूलन भइसके पनि नेपाली समाजमा मनोवैज्ञानिक रुपमा धार्मिक सामाजिक द्वन्द्व वा अन्तर्विरोध कस्तो छ छोटकरीमा विषय वस्तु मात्र उठाउने प्रयास गर्दछ ।
कुरा पृथ्वी नारायण शाहको कथित दिव्य उपदेशबाट थालनी गरौं । नेपाल देश असली हिन्दुस्तान हो । के यो कुरामा सत्यांश छ त ? के यो कुरा पृथ्वी नारायण शाहले भनेकै हुन् त ? आफैँ विचार गरौं, विवेकशील पाठकहरु !
हिन्दु धर्म भनौं वा वैदिक धर्म भनौं आजकाल सनातनी धर्म भन्न थालिएको छ । सिन्धु वा हिन्दु धर्मको उत्पत्ति कहाँ भएको हो र यो धर्मको प्रवेश नेपालमा कहिले भयो ? फारसीहरुले ‘स’लाई ‘ह’ भन्छन् । त्यसै अनुरुप सिन्धुलाई हिन्दु भनेर फारसी भाषामा भनिएको भाषा शास्त्रले छर्लङ्ग पार्दछ ।
अब यो सिन्धु कहाँ छ त ? सप्त सिन्धु नदी आसपासको सभ्यताबाट सिन्धु घाटी सभ्यता बनेको प्रष्टै छ ।
ऋग्वेदको १०.७५.५ मा यसरी लेखिएको छ–‘इमं मे गङ्गे, यमुने सरस्वती शुनुद्री, वरुष्णी, आसिक्नी, वितस्ता’ आदिलाई सप्त सिन्धु मानिएको छ ।
अर्थात् वैदिक नाम र आधुनिक नाम यस प्रकार छन् ।
सिन्धुबाट हिन्दु वा इन्दु
वितस्ता झेलम नदी
असिक्नी चिनाव
परुष्णी रावीनदी
विपाशा व्यास नदी
शुतुद्री सतलज नदी
सरस्वती सरस्वती
यमुना युमना
गंगा गंगा
सप्त सिन्धु भनिए पनि नदीहरु धेरै रहेछन् । यी नदीहरु उद्गम स्थल तिब्बत, हिमाचल प्रदेश भारत र केही मात्र नेपालका हुन् । कर्णाली पनि त्यतै पुगेको छ । पुच्छारतिर पुग्दा नाम फेरिएको पाइन्छ ।
आर्यन÷ आर्य भनिएकाहरु इरानबाट पञ्जाब हुँदै पूर्वतिर साकेत(अयोध्या) मधगर, पटना हुँदै वैशाली मिथिलातिर फैलिएको वैदिक इतिहास छ ।
आर्यहरु आफूलाई उच्च जातिका र सभ्य ठान्दथे र ठान्दछन् । त्यसैले उनीहरुले वैशाली, मिथिलामा राज्य स्थापना गरेर पेशागत रुपमा समाजलाई बाँडे । ऋग्वेदमा ।।१२।। मा यसरी लेखिएको छ–
‘ब्राह्मणोस्य मुख्मामासीद् बाउ राज्यः कृत
ऊरु तदस्य पदैश्य पदभ्यां शुद्रो अजायत्
अर्थात् त्यस विराट पुरुषको मुख ब्रह्मज्ञानी, ब्राह्मण पाखुराबाट राजा, गोंडाबाट वैश्य (व्यापारी, व्यवसायी, उद्यमीहरु) र पैतालाबाट शुद्रहरु (व्यवसायिक जातिहरु) जन्मेको भनिएको छ ।
यसको सार भाव भनेको ब्राह्मण मुखबाट, योद्धा, बाहुबाट, वैश्य व्यापारी, व्यवसायीहरु र उद्यमी घुंडाबाट र शुद्र अर्थात् दलित भनिएकाहरुका खुट्टाबाट जन्मिएको अर्थ लाग्छ ।
ऋग्वेदले कसैलाई अछुत भनेको त छैन । तर कालान्तरमा अछुत बनाए, योद्धालाई जनैधारण गराई ठकुरी, क्षत्री बनाए, तर यहीनेर स्मृति पुराणहरुले ब्रात्य र वृषल भनिएको छ । कालन्तरमा जजमानको संख्या वृद्धि गर्न जनैधारण गराई जातीय रुपमा उकासे । वैश्यलाई पनि उकासे ।
पदज पैंतालाबाट जन्मिएका भनिएका शुद्र जो छालाको काम गर्ने, जुत्ता सिलाउने, कपडा सिलाउने, फलाम र अन्य धातुका काम गर्नेहरुलाई अछुत बनाइयो ।
सिद्धार्थ गौतम बुद्धको चर्चा गर्नै पर्छ । बौद्ध अभियान सिद्धार्थ बुद्ध भन्दा पनि पहिल्यैदेखि चलेको थियो । तर कथित सनातनी भनिएको वैदिक हिन्दु ब्राह्मणिक दबदबाका कारण बौद्ध अभियान शैथिल्य भएको त्यो बेला ई.पू.५६३ मा सिद्धार्थ गौतमको जन्म भयो । २९ वर्षको उमेरमा उनी राजा शुद्धोधन लुम्बिनी, कपिलवस्तुको राजदरबार, सम्पूर्ण धन दौलत परित्याग गरी बुद्ध बने । उनले सर्वप्रथम वेद कुनै प्रमाण होइन, ईश्वर वा भगवान् छैन, म पनि भगवान वा ईश्वर होइन भनेर घोषणा गरे । जातीय विभेद, सामाजिक विभेदको विरुद्धमा अभियान चलाए । आफ्नै दरबारको नाऊ (हजाम) उपालिलाई प्रब्रजित गरी उपदेशक बनाए, यसरी नै अछुत जाति भनिएकी प्रकृतिले पकाएको खाना खाएर उनलाई पनि उपदेशिका बनाइयो । समाज यसरी विभक्त हुँदै गएको देखी बुद्धले विभेदको अन्त्य गर्न अभियान चलाएको पाइन्छ ।
सामाजिक एकता कायम गर्न, विभेदका अन्त्य गर्न गौतम बुद्धले संयक् दृष्टि, संयक् वचन, संयक्् कर्म, संयक् ध्यान, संयक्, समाधि, सयंक् वचन जस्ता अष्टाङ्गिक मार्ग (उपायहरु) मा आधारित विचारले समाजमा विभेदका तानाबाना चुंडाल्न र सामाजिक एकता कायम गर्न अभियान चलाउनु भयो । यो मार्ग शान्ति मार्ग थियो । मानिस उँच निच हुँदैन । स्वर्ग र देवताजस्ता कुरा ब्राह्मणिक हिन्दु धर्ममा ब्राह्मणले शोषण आफूलाई उच्च जाति बनाई ठगी खाने माध्यम हुन् भनी देसना(उपदेश) दिन थालेपछि सम्पूर्ण भारतभरि बुद्ध दर्शन संस्कृतिको प्रभाव भयो । मौर्य राजाहरुले, गुप्तराजाहरुले बुद्ध दर्शन र संस्कारलाई अंगिकार गरी राज धर्म नै बनाए । पाटली पुत्रमा आजको पटनामा राजधानी रहेका मगध, वैशाली, काशी, साकेतका मौर्य सम्राट वृहद्रथ थिए ।
कट्टर हिन्दुवादी पण्डित पतञ्जलीले ब्राह्मणिक हिन्दु धर्मको उसले बौद्ध सम्राट वृह्दरथका सेनापति पुष्यमित्रलाई उकासेर वृहद्रथको हत्या गराए पुष्यमित्र शुङ राजा भयो ।
त्यसपछि के के भयो र के के गरिए त हेरौं बौद्ध मार्गीको उठिबास लगाए । एउटा बौद्ध भिक्षुलाई मारेर टाउको ल्याउनेलाई सय दिनार दिने घोषणा ग¥यो । बौद्धमार्गीहरु कोही काठमाडौतिर लागे भने कोही अन्यत्र लागे ।
उनै हिन्दु गुरु पतञ्जलीको सल्लाह बमोजिम वाल्मिकी रामयणको पुनर्लेखन गर्न अर्काे वाल्मिकी खडा गरी वाल्मिकी रामयणलाई संशोधन गरी उत्तरकाण्ड लेखाए । मनुस्मृति ग्रन्थ र यज्ञबक्य स्मृति जस्ता ग्रन्थलाई पनि पुनर्लेखन गरी झनै विभेदका रेखाहरु कोर्ने काम भए ।
साकेत (अयोध्या)को बौद्ध विहार चैत्य क्षेत्रमा राजसूय यज्ञ गराए । यज्ञ महायज्ञलाई प्रश्रय दिए । ब्राह्मणको पेशाले स्थायित्व पायो ।
यसरी नै यस्ता सिलोकहरु लेखी लेखाई मानव मस्तिष्कमा हिन्दुकरण र कर्मकाण्ड व्यापक विस्तार गरिए ।
सिलोकहरु जस्ताको त्यस्तै पढौं सुनौं ।
ब्राहमणो जायमानांहि पृथिव्यामधि जायते ।
ईश्वर सर्व भूतानां धर्मकोष्स्य गुप्तये ।।
अर्थः ब्राह्मण जन्मिने बित्तिकै समस्त प्राणीहरुमा इशर््वर (भगवान) हो । पृथ्वी जगमा जेजति श्रीसम्पत्ति धन दौलत छन् ती सबै ब्राह्मणको निजी सम्पत्ति हो ।
ब्राह्मण जन्मैदेखि सम्पूर्ण सम्पत्ति पाउनयोग्य छ । हकदार हुन्छ । ब्राह्मणकै अनुकम्पा निगाहाले नै अरु जातिले अन्न, वस्त्रादि प्राप्त गर्दछन् । ब्राह्मणले निन्दित कर्म गरे पनि ऊ पूज्य हुन्छ ।
स्रोत–जंगबहादुर शाह इतिहास २०८२, पृ. २४५बाट
यसरी ईसाको प्रथम शताब्दीतिर हालको भारत वर्ष (इन्डिया) भनिने देशमा हिन्दु धर्मको व्यापक पकड भयो । तदुपरान्त भारततिरबाट त्यही मानव समाज विभाजनकारी र आफूलाई उच्च ब्राह्मण हौं भन्ने समुदायले नेपाली समाज पकड जमाउन थाल्यो । चौथो शताब्दीमा काठमाडौंमा वैशालीबाट प्रवेश गरेका लिच्छविहरुले चाङ्गु नारायण मन्दिरजस्ता निर्माण गरी हिन्दु धर्म÷ब्राह्मण धर्मलाई अगाडि बढाए । छैटौं शताब्दीमा उतै वैशालीतिरबाट काठमाडौं प्रवेश गरेका हालका नेवार भनिनेहरु त्यही समाजमा घुलमिल भए । त्यही समाजमा रहँदा बस्दा घुलमिल भए पनि शाक्य ब्रजाचार्यहरुले आफ्नो बौद्ध परम्परालाई कायम राखेको पाइन्छ, जुन समुदायमा हिन्दुमा जस्तो सामाजिक विभेद छैन ।
जुम्ला, सिंजा, दुल्लु शिला लेख, तामलेख आदि र सुर्खेतको काँक्रेविहार जस्ता पुरात्विक अध्ययनले त्यहाँका राजाहरु बौद्धमार्गी भएको देखाउँछ । तर खश साम्राज्यको १५औं शताब्दीसम्म आइपुग्दा पूर्ण विघटन भई २२ राज्यमा परिणत भयो । त्यसपछि हिन्दु ब्राह्मणहरु दक्षिणतिरबाट आएर बौद्ध राजाहरुलाई जनैधारी बनाए र सर्वसाधारणलाईसमेत जनै धारण गराई ब्राह्मण, क्षत्री, ठकुरी उच्च क्रमशः उच्च जाति र अन्यलाई निम्न जाति मानेको पाइन्छ ।
रोल्पामा खाम मगर भाषा बोल्ने मगर राजा कुलमण्डनलाई जनै धारण गराई ठकुरी बनाएको सामाजिक अध्ययनले देखाउँछ । प्यूठान ओखरकोटका पारस घर्तीलाई कण्ठु जैसी बाहुनले जनै धारण गराई घर्ती क्षत्री बनाएको पाइन्छ भने गोरखाका प्रथम राजा द्रव्य शाहलाई नारायण अर्याल र गणेश पाण्डेले जनै धारण गराई ठकुरी राजामा प्रमोशन गरेको पाइन्छ । स्मरण रहोस् कुलमण्डन खाँ वा खामले भारतको मुगल सम्राटबाट शाह पदवी÷टाइटल पाएको त इतिहासकारहरुले लेखेकै छन् ।
अन्त्यमा नेपालमा हिन्दु वर्ण व्यवस्था भित्रिएपछि ब्राह्मण उच्च जातको रुपमा पूजित हुँदै आएका छन् । स्मृति पुराणहरुमा क्षत्रीलाई ब्रात्य र वृषाल भनिए पनि जजमानको संख्या बढाउन ब्रात्य र वृषाल नभनी क्षत्रीय छुत जाति बनाएको पाइन्छ । बौद्ध र बोन समुदायमा जातीय विभेद छैन तर प्रभावित भने छ । यसरी नेवारी समाजमा पोडे, चमार, धोवीहरु, भयङर विभेदमा छन् । व्यावसायिक जातिहरु खश सम्प्रदायमा होस चाहे नेवारी सम्प्रदायमा ठूलो विभेद र उत्पीडन छ ।
सारतः हिन्दु ब्राह्मणिक धर्म संस्कारले नेपाली समाजमा नराम्ररी विभेद गरेको प्रष्टैसँगै गरेको पाइन्छ । विभेदको अन्त्य र सामाजिक एकता र शान्तिको शङ्खघोष गर्ने बुद्ध र बौद्ध दर्शन संस्कार संस्कृतिलाई हामीले लखेटेका छौं । विदेशी धर्म सिन्धुतिर उत्पत्ति भएको सिन्धु धर्म वा हिन्दु धर्मलाई सनातनी भन्दै स्वीकारेका छौं । आफ्नो के हो भनेर चिन्न नसक्ने, भन्न नसक्ने हामीलाई केले र कसले बनायो ?
अझ भन्दैछौं कोही कांग्रेस बनेर समाजवाद ल्याउने, कोही कम्युनिष्ट बनेर समाजवाद ल्याउने । सामाजिक समाजवाद स्थापना गर्ने नै हो भने त ब्राह्मणिक हिन्दु धर्मको अन्त्य गरी बुद्ध दर्शन संस्कारको अंगिकार गर्न परेन र ?
जोस मनि सन्त परम्पराबाट प्रभावित स्वामी महाराज रणबहादुर शाहले सर्वजातीय सहभोजन
गराए बापत स्वामी महाराज रणबहादुर शाहलाई देश निकाला गरेको इतिहास छ । जोस मनि सन्त सम्प्रदायका प्रवर्तक शशीधर स्वामी बौद्ध दर्शनबाट अनुपाणित थिए र उनै प्रेरणाबाट राजा रणबहादुर शाहले सहभोजन गराएका थिए । यो पनि तत्कालीन दरबारका भारदार र हिन्दु ब्राह्मणहरुलाई पचेन । सन्त परम्पराको मतमा राजा पृथ्वीनारायण शाह पनि परेका हुन् । स्
वामी शशिधरको प्रभावमा परेर स्वामी शशिधरबाट दीक्षित स्वामी रणबहादुर शाहले काठमाडौं त्रिपुरेश्वरमा जगन्नाथको मन्दिर प्राङ्गणमा सर्वजातीय सहभोजन गराई जातीय विभेद र छुवाछुत उन्मूलनको उद्घोष गरेको कुरा जोसमनि सन्त परम्परा र साहित्य विषयक पुस्तक लेखन गरी हालको नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व रुप रोयल नेपाल एकडेमीबाट प्रकाशित गरेबापत जनकलाल शर्माले २०२० को मदन पुरस्कार प्राप्त गरेका थिए । जोसमनि मत बौद्ध दर्शनबाट स्वतः अनुप्रमाणित थियो । सहभोजन गराए बापत दरबारमा दबदबा बढाउँदै गएको दामोदर पाण्डेहरु लगायत स्वामी महाराज रणबहादुर शाहलाई सन् १८५८ मा देश निकाला गरेको इतिहास छ ।
एकातिर जंगबहादुर राणाले वि.सं. १८५४ मा विभेदकारी मुलुकी ऐन जारी गरी विभेदलाई अगाडि बढायो भने अन्तरिम संविधान २०६८ र नेपालको संविधान २०७२ ले छुवाछुत प्रथाको अन्त्य र दलित अधिकारका प्रावधानलाई अगाडि बढाएको छ । अहिलेको संविधान अनुसार विभेद र छुवाछुत अन्त्यका लागि बुद्ध दर्शन र स्वामी शशीधरहरु र सन्त सम्प्रदायको अनुकरण गरी लागू गर्नुपर्ने आफूलाई ठूलो जाति भन्नेको प्रमुख कर्तव्य बनेको छ । त्यसो भए मात्र समाजमा विभेदको अन्त्य भई सामाजिक समाजवाद आउन सक्ने देखिन्छ ।



