२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

सुल्फे सलामः स्थानीय निर्वाचन र एमाले राष्ट्रिय भेला

सुल्फे सलामः स्थानीय निर्वाचन र एमाले राष्ट्रिय भेला

सुल्फे सलामः स्थानीय निर्वाचन र एमाले राष्ट्रिय भेला

सुल्फे सलामः स्थानीय निर्वाचन र एमाले राष्ट्रिय भेला

सुल्फे सलामः स्थानीय निर्वाचन र एमाले राष्ट्रिय भेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • झपेन्द्र जिसी
    परिचयः
    चाडपर्वहरु, दसैं, तिहार र छठजस्ता सांस्कृतिक पर्वहरु रमाइलो गर्दै विदा भए, गए । तिहार पर्वमा विगतमा पनि सामाजिक विकृति, राजनीतिक विकृति र राज्य सत्तामा हुने विकृति, विसङ्गतिका खप्परमा लाग्ने गरी सिस्नोपानी समूहका कलाकारहरु र लगायतका कलाकारहरुले सिस्नोपानी लाउने गर्दथे । यसपालि पनि कलाकारहरुले मज्जैले व्यङ्ग्य हाने । लोकतान्त्रिक समाजमा अभिव्यक्तिको हक भए पनि अभिव्यक्ति दिन नसकेका विषयमा कलाकारहरुले डरभर नमानीकन देउसिरे÷भैली गाए, रमाए र समाजमा बोल्न नसकेका भन्न नसकेका जनताका कुरालाई कलापूर्ण ढंगले प्रस्तुति दिए । ती सबै कलाकारहरु धन्यवादका पात्र बनेका छन् । 


    यो भन्दा पहिले नसुनिएको अभिदान वा नमस्कारको सट्टा यस पटक देउसे भैली कलाकारहरुले सुल्फे सलामको उत्पत्ति गरेको पाइयो । हामी सबैले सुनेको शब्द थिए छड्के सलाम, सलाम र लाल सलाम ! तर यस पटक सुल्फे सलामको सांस्कृतिक शब्दको आविष्कार गरे । 


    यो पंक्तिकारले गाएको र नाचेको टेलिभिजनमा हे¥यो, देख्यो । धेरै पटक सुन्दाखेरि मात्र सुल्फे सलाम भनेका रहेछन् भन्ने त्यतिखेर मात्र बुझ्न सक्यो जतिबेला ती दिउेसी नाच्नेहरुले आफ्ना दुवै हात जोडेर ककड÷भुक्कड खाएको हाउभाउ गरेको देख्यो । तब मात्र बुझन सक्यो सुल्फे सलाम शब्दलाई तर सार वा अर्थ बुझ्न अहिलेसम्म सकेको छैन । सुल्फे सलाम भनेर कसलाई अभिवादन गरेको हो । राम्ररी बुझ्नेलाई यसबारे थप अनुसन्धान गरे राम्रो होला ! उता शंकर क्षेत्रीले रोजगार दियौं सरकार, सुकुम्वासीलाई घरबार दियौं सरकार, बाढीपीडितलाई राहत दियौं सरकार जस्ता गीत गाएर उधुमै गरे । उनको टीमले नाचेर गाएर उधुमै गरे ।


    अहिले स्थानीय निर्वाचन गर्ने भन्ने चर्चा सुनिदैछ । स्वाभाविक रुपमा लोकतन्त्रमा आवधिक निर्वाचनलाई लोकतन्त्रको सौन्दर्यको रुपमा लिइन्छ । स्थानीय निर्वाचन समयमै निर्वाचनको उपयुक्त वातावरण बनेको छ कि छैन ? दलीय नेता, कार्यकर्ताहरु र मतदाताहरु पनि आतंकित छन् किन ? भनिरहन पर्दैन तैपनि केही भनौं ।


    फाइल खोल्छु, फाइल खोलिन्छ, भ्रष्टाचारीलाई कारबाही गरिन्छ मात्रै होइन, स्वयं निर्वाचनमा खटिने प्रहरी र कर्मचारी पनि आतंकित छन् । त्यति मात्र होइन सिंगो न्यायलय पनि आतंकित देखिन्छ । यही बेला काठमाडौंंमा नेकपा एमालेले मंसिर २÷३ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने सुनिएको छ, मिडियामा लेखिएका छन् र बोलिएका छन् । अन्य राजनीतिक पार्टीहरुले पनि भेला बैठक गरिरहेका छन् । भेलाले के–के निर्णय गर्ने होला भनी सचेत मतदाताले व्ययग्रतपूर्वक प्रतिक्षा गरिरहेका छन् । यिनै सन्दर्भलाई जोडेर केही आखर लेख्ने धामा गरिएको छ । 


    सुल्फे सलाम कलाकारहरुले किन र कसलाई गरेको हो यो पंक्तिकारले खुटट्याउन सकेन, खुट्टयाउने जिम्मा विज्ञ पाठकहरु, बुद्धिजीवीहरु र मतदाताहरुलाई दिइन्छ । अथवा सम्बन्धित कलाकार र सुल्फे सलामग्राहीले दिए सबैभन्दा राम्रो हुनेछ ।
    स्थानीय तहको निर्वाचनको लागि भयरहित वातावरण छ कि छैन । मानव अधिकारवादी समूह, नागरिक समाज र निर्वाचन आयोगले प्रकट पार्न सक्नुपर्छ ।


    शान्ति सुरक्षा प्रत्याभूत गर्ने निकाय प्रहरी संगठन सरकारकै स्वरुप त हो तर प्रहरी संगठन संविधान, ऐन कानून अनुसार सञ्चालित हुने निकाय हुन् । अहिले संविधान, ऐन, कानुन अनुसार प्रहरी संगठनले आफ्ना पखेटा स्वतन्त्रतापूर्वक फटफटाएर सञ्चालन हुने अवस्था छ कि छैन ?


    प्रहरी प्रमुख दानबहादुर कार्कीको प्रहरी विल्ला खोसिएको छ । खोसिए पनि उनी किन प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो ? अपराध के थियो ? कानून अनुसार दूधको दूध पानीको पानी पारदर्शी ढंगको निर्णय नभए प्रमुख प्रहरीको विल्ला खोसिदा सिंगो प्रहरी संगठन र मातहत प्रहरी थर्कमान हुनु स्वाभाविकै हो । राष्ट्रसेवक कर्मचारीतर्फको कुरा गर्ने हो भने पनि सहसचिवस्तरका र मातहत चार सयभन्दा बढी राष्ट्रसेवक कर्मचारीले राजीनामा दिएर घरतर्फ गए भन्ने सुनिन्छ । राष्ट्रसेवक कर्मचारीको पनि मनोबल अत्यन्तै गिरेको यसबाट अड्कल लगाउन सकिन्छ । 


    न्यायमूर्तिहरु पनि तैंचूप मै चूप छन्  । न्यायपालिका न्यायमूर्तिहरु स्वतन्त्र हुन्छन् भन्ने आम मान्यता छ । उनीहरु कुनै दल विशेषको प्रवक्ता हुनु हुँदैन । यसमा छुट छैन । तर मनोबल गिरेको आभाष पाइन्छ । 


    सत्ताधारी पार्टी र सत्ता सरकारको कमजोरी र सुझाव औंलाउँदा मिडियाकर्मी पनि कोपभाजनमा परेका छन् । खुलेर लेख्न बोल्न सक्दैनन् । स्वतन्त्र पत्रकारिताको मर्ममाथि ठूलो प्रहार भएको देखिन्छ । उदाहरणार्थ किशोर श्रेष्ठ जो सत्य तथ्य पत्रकारिता गरेबापत गिरफ्तारीको पीडा भोग्न परेको छ । सुनिन्छ थप दर्जनौं मिडियाकर्मीहरु किशोर श्रेष्ठको हालतमा पुग्नुपर्ने भन्ने सुनिदैछ ।
    सुशासनको डाँका पिटेर निर्वाचित सत्ता सरकारले शपथ ग्रहण गरेको ५÷६ घण्टाभित्रै अदपस्त प्रधानमन्त्री केपी शर्मा ओली र अपदस्त गृहमन्त्री रमेश लेखकलाई घेरा हाली गिरफ्तार ग¥यो । गिरफ्तारी के कसुरमा गरियो सार्वजनिक भएको छैन । आखिर १३-१४ दिनपछि रिहा गरे । यसै लहरमा सुर्खेततिर आफ्ना पार्टीका कार्यकर्ताहरुसँग भेटघाट र छलफल गर्न गएका अपदस्त सरकारका अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि केही दिन प्रहरी हिरासतमा चिसो खुवाएर निशर्त रिहा गरियो । यस्तै यस्तै गिरफ्तारीको खेल छ । राजनीति नेताहरुलाई भ्रष्टाचारको बहानामा गिरफ्तार गर्ने र केही कसुर नपाएपछि रिहा गर्ने अपसंस्कृति अहिले कायमै छ  ।


    यही बेला स्थानीय निर्वाचनको चर्चा उठेको छ र दलहरुमध्ये एमालेले राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । ख्याल गर, निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ त ? सम्भव छ त ? वातावरण बनिसकेको छ त ?
    सरकार र निर्वाचन आयोगले देहायका विषयमा ग्यारेन्टी गर्नैपर्छ, त्यो गर्र्दैन र सत्ता सरकारको आजकै जस्तो रवैया रहयो भने निर्वाचनले जनतालाई र राष्ट्रलाई अपेक्षित प्रतिफल दिन कसरी सक्ला ?


    निर्वाचन आयोग र सत्ता सरकारले निष्पक्ष र धाँधलीरहित निर्वाचनको लागि गर्नुपर्ने ग्यारेन्टीका केही बुुँदाहरु–
    विना कसुर मतदाता, राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरुलाई शंकाका बहानामा गिरफ्तारी गर्ने काम पूर्ण रुपमा बन्द गर्नुपर्छ । 


    प्रहरी संगठन, राष्ट्रसेवक कर्मचारीहरुलाई सत्ता सरकारको आदेशमा होइन विद्यमान संविधान ऐन कानून अनुसार कर्तव्य निर्वाह गर्न सक्ने वातावरण तयार हुनुपर्छ ।
    मिडिया जगत्ले निर्धारित ऐन कानून अनुसार मिडिया क्षेत्रको काम गर्ने अधिकारको ग्यारेन्टी गर्नैपर्छ ।
    एमालेले मात्र होइन सबै राजनीतिक दलहरुले समयमै हक्का राखुन् ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij