यही मङ्सिर ६ गते नेपालका प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाँदै छन् । २००४५ ४६ सालपछि नेपालमा संसदीय र बहुदलीय शासन व्यवस्थाको थालनीपछि प्रायः नेपालका प्रधानमन्त्रीहरू पहिले भारत भ्रमणकै लागि आतुर हुने र त्यसैगरी भारतले पनि तत्काल भारत भ्रमणकै निम्ता पठाइहाल्ने प्रचलन जस्तै बन्दै आएको छ । तर यसलाई ब्रेक थ्रु अर्थात् यसको क्रमभङ्गता गर्ने प्रयास पहिले प्रचण्डले गर्न खोजे पनि यसमा उनी सफल भएनन् । अन्तत प्रचण्ड भारतको अगाडि दुई हातले आफ्ना कान समाती आफ्नो पहिलो भ्रमण भारतबाटै भएको भन्ने पर्ने बाध्यतामा उनलाई पारियो ।
प्रचण्ड प्रधानमन्त्री भएको पहिलो अवसरमा नै उनी चीन भ्रमणमा गएका थिए । त्यो भ्रमण नेपाल चीनबिचको नभएर अर्कै कुनै अन्तर्राष्ट्रिय प्रसङ्गमा भएको थियो । तर त्यसलाई बडो गर्वका साथ हौसिँदै प्रचण्ड र उनको सहयोगी कम्पनी आजसम्म हुने गरेको त्यो परम्परालाई कर्मभङ्ग भएको भन्दै प्रचण्डको पहिलो विदेश भ्रमण चीनमा भएको बताएका थिए ।
तर पछि फेरि तिनै प्रचण्ड र उनको कम्पनीले भारतका अगाडि घुँडा टेक्दै प्रचण्डको पहिलो विदेश भ्रमण भारतमै भएको भन्न बाध्य पारिएका थिए ।
ठिक अहिले फेरि प्रधानमन्त्री बालेन शाहमा पनि त्यस्तै प्रवृत्ति देखिन थालेको छ । बालेन प्रधानमन्त्री भए लगत्तै सामान्य परम्पराअनुसार भारतले उनलाई भारत भ्रमणको निम्ता पठायो ।
यसका लागि भारतीय विदेश सचिव नेपाल आए । तर उनलाई बालेनले भेट् नै दिएनन् । त्यत्तिकै फर्कन बाध्य भए । प्रधानमन्त्री बालेन्द्र र उनको निजी कम्पनीले उनको विदेश भ्रमण अहिले प्राथमिकतामा नपरेको भन्दै त्यसलाई दुस्कार्ने काम भयो । त्यसको चौतर्फी प्रशंसा पनि भयो । बडो राष्ट्रवादी भएको चर्चा गरियो । कुनैबेला अर्थात् बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनको कार्यालयमा सजाइएको वृहत अर्थात् ग्रेट नेपालको नक्साबारे व्यापक चर्चा गरियो ।
तर अहिले आएर ती सबै नौटंकी अर्थात् कथित राष्ट्रवादी कहलिने स्टन सस्तो लोकप्रियता कमाउने धन्दा मात्रै थियो भन्ने प्रमाणित भइसकेको छ । जसको पर्दाफास पहिले एकातिर ग्रेट नेपाल भन्ने, तर नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको बकबास गर्ने अनि अर्कोतिर हिजो भारत भ्रमणको निमन्त्रणलाई दुष्कार्दै भारतीय सचिवलाई समेत भेट नदिने प्रधानमन्त्री बालेन अहिले भने तिनै भारतीय सचिव सित भेटवार्ता गरी भारत भ्रमणका लागि खुट्टा उचाली बसेका छन् ।
सामन्ती कालमा पहिलो विवाहित दुलाही पहिलो रात त्यहाँको सामन्त जमिन्दारको घरमा बिताउनुपर्ने सामन्ती परम्परा जस्तै भारतले पनि दक्षिण एसियाली मुलुक खासगरी नेपाल भुटान श्रीलंका बंगलादेश माल्दिप आदि देशका हरेक नयाँ प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतमै हुनुपर्ने परम्परागत मान्यता भारतीय हरेक शासकहरूको रहँदै आएको छ । तर अरु देश हरुले यो परम्परालाई हटाए पनि नेपालले भने अझै पनि बाध्यतावश त्यो मान्यतालाई हटाउन सकेको छैन । प्रधानमन्त्री भएको सुरुसुरुमा के के न भारत विरोधी राष्ट्रवादी भएको नौटंकी गर्ने गरेका बालेन अन्तत अहिले भारतकै त्यही परम्परा र मान्यता अनुरुप नै भारत भ्रमणमा जाँदै छन् । वास्तवमा त्यो भारत भ्रमण नभएर भारतको मालिकत्व लाई स्वीकार्दै जसरी सामन्ती परम्परामा एक रात नयाँ विवाहित दुलाही पहिलो रात त्यहाँ गई सुराग रात मनाए जस्तै बालेन पनि भारत त्यसरी नै जाँदैछन् ।
प्रधानमन्त्री बालेन शाह भारत भ्रमण जानुको अर्को कारण भारतीय आशीर्वाद थाप्नु पनि हो । बालेन प्रधानमन्त्री भएपछि केही महिना जब उनी भारत भ्रमण गर्न मानेनन् तब भारतीय केही मिडिया र भारतीय विद्वान विश्लेषकहरूले बालेनप्रति तीव्र आक्रोश र निन्दा अनि घृणा व्यक्त गरे। यतिसम्म कि त्यो नेपालको जेन्जी विद्रोह भारतहरूकै बलमा सफल भएको भन्न समेत पछि परेनन् । हुन पनि त्यो यस्तै विदेशी साम्राज्यवादी र विस्तारवादीहरूको उक्साहट र योजना मुताबिक भएको भित्री रहस्य दिनप्रतिदिन खुलासा भइ नै सकेको छ ।
नेपालका हरेक प्रधानमन्त्री पहिले भारत भ्रमण गर्नुको एउटा अर्को अर्थ हाम्रो हिन्दू परम्परा अनुसार मृतक आमाबुवाको पिण्डदान गर्न काशीगया गए जस्तै हरेक नेपालका नयाँ प्रधानमन्त्री र नेताहरूबाट भए गरेका विभिन्न कुकर्म अर्थात् पाप पखाल्न र त्यसबाट मुक्ति पाउने आशाका लागि पनि त्यहाँ जाने गरेका छन् । यसको एउटा उदाहरण १० वर्षीय माओवादी जनयुद्धमा भए गरेको १७ हजारभन्दा बढीको हत्या हिंसा र अपहरणका अपराधबाट मुक्ति पाउन प्रचण्ड भारत गई त्यहाँका विभिन्न मठमन्दिरमा गेरुवस्त्र पहिरेर पूजापाठ गरी क्षमा याचनागरेका थिए । अब त्यस्तै बालेनले पनि गत जेन्जी विद्रोहमा भए गरेको हत्या हिंसा आग्जनी तोडफोड आदिका लागि भारतीय प्रधानमन्त्री मोदीलाई अगाडि राखी त्यसको क्षमा याचना गर्दै पाप पखाली कथित मुक्ति पाउनु नै हो ।
अन्त्यमा प्रम बालेनको यो भारत भ्रमणको मूल आशय जुनमाथि भनियो त्यही नै हो । अरु बढीमा एउटा सामन्त जमिन्दारले आफ्ना कुनै रैतीलाई केही घर खर्च चलाएस् भनी दिने केही आर्थिक रकम मात्र पनि हुनेछ । नत्र अरु देश र जनताको लागि केही पनि हुने छैन । सीमा अतिक्रमण कालापानी लिपुलेख लिम्पियाधुरा आदिको बारेमा पहिलो कुरा त यो प्रश्न नै त्यहाँ उठाइने छैन। कुनै कारण प्रसङ्ग बस यो उठिहाले पनि नेपालले नै भारतीय सिमाना अतिकरण गरेको भन्ने प्रधानमन्त्री बालेन शाहको पहिलेको त्यो दिव्यवाणी नै भारतीय शासकहरूलाई काफी छ। यसैलाई उठाएर उल्टै बालेनलाई खै हाम्रो नेपालले मिचेको जग्गा भनी प्रश्न उठाउने छन् । जसले बालेनको मुखमा सदा सदाका लागि चुक्कल ठोकिएकै छ । निल्नु कि ओकल्नु । भारतका लागि त योभन्दा अर्को प्रमाण र राहत राहत अरु के नै हुन सक्छ र ? आफैले बढार्नुपर्ने कसिङ्गर हावाले अर्थात् अर्काले त्यसमा पनि स्वयं नेपाल पक्ष अझ करिब दुईतिहाइ संसदीय बहुमत प्राप्त प्रधानमन्त्री ले नै भनिसकेपछि, भारतका लाई कस्तो हाइ सन्चो ?



