२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८३
आइतवार, कार्तिक १६ २०८३
  • बुटवल । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठजना घाइते भएका छन् । आइतबार (कात्तिक १५) बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 

    आगलागीमा परी घाइते हुनेमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीनजना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । दुईजनालाई भने थप उपचारका निम्ति भारतको लखनऊ रिफर गरिएको छ । जानकी–५ का शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि लखनऊ पठाइएको प्रहरीले जनाएको छ । 

    घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद छन् ।

    नेपालगन्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij