२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

पुस्तक संकलन र संरक्षण गरिने

पुस्तक संकलन र संरक्षण गरिने

पुस्तक संकलन र संरक्षण गरिने

पुस्तक संकलन र संरक्षण गरिने

पुस्तक संकलन र संरक्षण गरिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • रोल्पामा राङ्सी सिर्जना उत्सव 
    नवीन लोचनमगर
    रोल्पा
    रोल्पाको परिवर्तन गाउँपालिकाले गाउँपालिकाभरका लेखकहरुद्वारा प्रकाशित पुस्तकहरुको संकलन तथा संरक्षण गर्ने भएको छ । परिवर्तन गाउँपालिकाको वडा नं. २ राङ्सीमा आयोजित ‘राङ्सी सिर्जना उत्सव’ अन्तर्गत ‘साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय तहको भूमिका’ सेसनमा बोल्दै गाउँपालिका अध्यक्ष सुकबहादुर बुढाले गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा काम गर्दै पुस्तक प्रकाशन गरेकाहरुको अभिलेख राखिने र प्रकाशित पुस्तकहरुको संकलन र संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे ।


    ‘गाउँपालिकामा पुस्तकालय निर्माणका लागि छलफल पनि भएको थियो, तर बजेट व्यवस्थापन गर्न नसक्दा परिणाम दिन सकिएन,’ अध्यक्ष बुढाले भने– ‘अब कार्यकालको अन्तिम चरणमा पनि छौं, ठूलो पुस्तकालय बनाउन नसके पनि त्यसको जगकारुपमा गाउँपालिकाभर प्रकाशित पुस्तकहरुको दर्ता अभिलेख तथा व्यवस्थापन गर्नेछौं, यसमा म प्रतिबद्धता व्यक्त गर्दछु ।’
    उक्त छलफलमा साहित्यकार तथा नेपाल संस्कृत विश्वविद्यालयको राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीले स्थानीय तहले कार्यविधि नै बनाएर कला, साहित्य र संस्कृति संरक्षणमा काम गर्नसक्ने बताए । ‘स्थानीय तहले चाहने हो भने कार्यविधि बनाएर योजनाबद्ध काम गर्नसक्छ,’ उदासीले भने–‘नीतिगत सम्बोधन गरेर गएमा अन्य जनप्रतिनिधि आएपनि त्यसमा टेकेर काम गर्ने अवस्था हुन्छ, नीतिगत व्यवस्था र सम्बोधनको उचित कार्यक्रम बनाएर जाँदा राम्रो हुन्छ ।’ साहित्यकार डी.बी. टुहुरोले रोल्पाकै केही स्थानीय तहमा कार्यविधि बनाएर केही अभ्यास पनि भइसकेको अवस्थामा इच्छाशक्ति हुने हो भने साहित्य, कला र संस्कृति संरक्षणमा धेरै काम गर्न सकिने बताए ।


    परिवर्तन गाउँपालिका–२ वडा कार्यालयको संरक्षण, निर्झर साहित्य परिषद्को समन्वय र सहिद स्मृति युवा क्लबको आयोजना रहेको ‘राङ्सी सिर्जना उत्सव’को अवसरमा शोभाराम ओलीको ‘प्रेमाङ्कुर’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको थियो भने ओलीकै उपन्यास ‘सुलभ’को समीक्षा गरिएको थियो । त्यस्तै राङ्सीमा जन्मिएर लामो समयदेखि साहित्यमा क्रियाशील ‘लोक आलोक’लाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘सिर्जनशील आवाजहरु’ सेसनमा रोल्पामा क्रियाशील साहित्यकारहरुले रचना वाचन गरेका थिए । समग्र वडाको प्रचारप्रसार, साहित्य, कला र संस्कृति संरक्षणमा योगदान दिने हिसाबले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष हरिप्रसाद बुढामगरले बताए ।


    परिवर्तन गाउँपालिकाले यसअघि पनि चलचित्र कार्यशाला, लोक सांस्कृतिक मेलाजस्ता कार्यक्रमहरु गरिसकेको छ । साहित्य, कला र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जिल्लास्थित लेखक, साहित्यकारहरुले बताएका छन् । स्थानीय पालिका वा वडाले चाहेमा यस्ता कार्यक्रम पनि गर्नसकिने उदाहरणीय काम भएको बताइएको छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij