२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

लुम्बिनी–गोवा सर्किटः नयाँ सम्भावनाको खोजी

लुम्बिनी–गोवा सर्किटः नयाँ सम्भावनाको खोजी

लुम्बिनी–गोवा सर्किटः नयाँ सम्भावनाको खोजी

लुम्बिनी–गोवा सर्किटः नयाँ सम्भावनाको खोजी

लुम्बिनी–गोवा सर्किटः नयाँ सम्भावनाको खोजी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक १८ २०८३
मंगलवार, कार्तिक १८ २०८३
  • भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६ मा सहभागी हुन गएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेट गरी लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव अघि सारेको छ । लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सीधा उडानको प्रस्ताव कार्यान्वयन गर्न सक्दा  दुई पर्यटकीय स्थल जोड्ने महत्वपूर्ण  परियोजना बन्न सक्छ । यो नेपालको शिथिल पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने एउटा बलियो आर्थिक औजार र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने रणनीतिक अवसर पनि हो । विश्व शान्तिको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको ओज र गोवाको विश्वप्रसिद्ध समुद्री मनोरञ्जन पर्यटनलाई एउटै परिपथमा गाँस्ने यो अवधारणाले दक्षिण एसियाली क्षेत्रीय पर्यटनमा नयाँ आयाम थप्ने छ ।


    यस प्रस्तावको सबैभन्दा ठुलो आर्थिक पक्ष अर्बौँ रुपैयाँको लगानीमा निर्माण भएर पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगसँग जोडिएको छ । गोवा आउने लाखौँ खर्चालु अन्तर्राष्ट्रिय र भारतीय पर्यटकहरूलाई सीधा हवाई उडानमार्फत् भैरहवा उतार्न सकिएमा यो विमानस्थल पूर्ण रूपमा चलायमान बन्न टेवा पुग्नेछ । यसले लुम्बिनी क्षेत्रमा मात्र नभई समग्र राष्ट्रिय उड्डयन क्षेत्रको आर्थिक भार कम गर्नेछ । समुद्री तटको आनन्द लिइसकेका पर्यटकलाई ‘आध्यात्मिक शान्ति’ को प्याकेज बेचेर नेपाल भित्र्याउन  उनीहरूको बसाइ अवधि र खर्च दुवै बढ्नेछ । यसबाट सिर्जना हुने रोजगारी र होटल, यातायात तथा अन्य क्षेत्रमा आउने चहलपहलले  लुम्बिनी प्रदेशको स्थानीय अर्थतन्त्रलाई गतिशिल बनाउनेछ । साथै, गोवाका स्थापित होटल चेन र नेपाली निजी क्षेत्रबिच आतिथ्य  क्षेत्रमा संयुक्त लगानीका ढोकाहरू खुल्नेछन् ।


    नेपालको पर्यटन लामो समयदेखि पर्वतारोहण र काठमाडौँ–पोखरा–चितवन त्रिकोणमा बढी केन्द्रित छ । लुम्बिनीलाई सीधा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रसँग जोडेर ‘सांस्कृतिक र आध्यात्मिक पर्यटन’ को नयाँ ब्रान्ड स्थापित गर्न सकिन्छ । भारतले आफ्नै ढङ्गले बौद्ध परिपथको विकास गरिरहेको परिप्रेक्ष्यमा नेपालले लुम्बिनीलाई रणनीतिक रूपमा गोवाको सञ्जालसँग जोड्नु महत्वपूर्ण छ । यसले भारतीय आकाश र रुट प्रयोगका सवालमा रहँदै आएका कूटनीतिक जटिलताहरूलाई दुई पक्षीय व्यावसायिक हितका आधारमा सहज बनाउन मद्दत पु¥याउनेछ, किनभने यस सहकार्यबाट गोवाको पर्यटन बजारले पनि नेपाल जस्तो छिमेकी मुलुकबाट नयाँ पर्यटक पाउनेछ ।


    गोवाका मुख्यमन्त्री डा. सावन्तले देखाएको सकारात्मक तत्परताले निजी क्षेत्रको यो प्रयासलाई आशावादी त बनाएको छ, तर यसलाई मूर्त रूप दिन सरकारी तहको ‘आर्थिक कूटनीति’ अपरिहार्य छ । निजी क्षेत्रले सम्भावनाको ढोका ढकढक्याएको छ, अब त्यहाँबाट भित्र पसेर मार्गप्रशस्त गर्ने काम नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र कूटनीतिक निकायहरूको हो । क्षेत्रीय नेटवर्कका लागि प्रधानमन्त्री बालेन्द्र साहको आगामी भारत भ्रमणका क्रममा सैद्धान्तिक सहमति हुन सक्दा अरु प्रक्रिया अघि बढ्न सक्छ । निजी क्षेत्रको यो सोचलाई नीतिगत र कूटनीतिक ढाडस दिन सके लुम्बिनी–गोवा सर्किट केवल एउटा प्रस्तावमा सीमित रहने छैन, बरु यो नेपालको आर्थिक समृद्धि र क्षेत्रीय कूटनीतिको एउटा सुनौलो अध्याय बन्नेछ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij