२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न

रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न

रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न

रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न

रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाकालदेखि नै सुशासन, कानुनी राज्य र सामाजिक मर्यादाको चर्कोे नारा दिएर नेपाली राजनीतिको केन्द्रभागमा उदाएको दल हो । आफ्नै दल सम्मिलित सरकारका थुप्रै क्रियाकलापको निन्दा गरेर खबरदारी गरेको रास्वपाप्रति नागरिक सकारात्मक र आशावादी थिए, यो दल सुशासनमा अब्बल छ भन्ने बुझाई थियो । तर, व्यवहारमा आइपुग्दा यो दल पनि पुरानै राजनीतिक विकृतिको नयाँ संस्करण बन्ने बाटोमा अघि बढेको छ । आफ्नै दलका सांसद खगेन्द्र सुनार जोडिएको आपत्तिजनक अडियो प्रकरणमा पार्टीको छानबिन समितिले देखाएको लाचारी र उनलाई उन्मुक्ति दिने कसरतले रास्वपाको नैतिक निष्ठामाथि गम्भीर प्रश्न खडा भएको छ ।


    एक महिलासँग अश्लील शब्द प्रयोग गर्दै हिंसात्मक खालको अभिव्यक्ति दिएको अडियो सार्वजनिक भएपछि सांसद सुनार चौतर्फी विवादमा तानिएका थिए । अडियो सार्वजनिक हुनासाथ रास्वपाले अनुशासन आयोगमार्फत अधिवक्ता हरिचन्द्र भट्टराईको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति त गठन ग¥यो, तर समितिको कार्यशैली माओवादीकालीन ‘जनअदालत’ को सम्झना दिलाउने गरी आफ्नालाई चोख्याउने प्रपञ्चमा सीमित हुन पुगेको छ । प्राप्त जानकारी अनुसार, समितिले अडियोको कुनै डिजिटल फरेन्सिक वा प्राविधिक परीक्षण नै नगरी सुनारलाई ‘क्लिन चिट’ दिने एकल प्रारम्भिक निष्कर्ष निकालेको बुझिएको छ । सांसदले ‘अडियो मेरो होइन’ भन्दैमा र पीडित भनिएकी महिलाले दबाब वा प्रभावका कारण मिडियामा ‘म पीडित होइन’ भन्दैमा अनुसन्धान टुङ्ग्याउन खोज्नु छानबिनको उपहास हो । 


    सबैभन्दा उदेकलाग्दो पक्ष त के छ भने, छानबिन समितिले पीडित भनिएकी महिलालाई प्रत्यक्ष भेटेर उनको कुरा सुन्ने जमर्को समेत गरेन् । क्षेत्राधिकार बाहिरको विषय भन्दै पन्छिन खोज्नु र पीडितको पक्षबाट उजुरी नपरेको प्राविधिक बहानाबाजी गर्नु अनुसन्धानलाई विषयान्तर गर्ने खेल मात्र हो । जघन्य सामाजिक र लैङ्गिक हिंसा जोडिएको विषयमा प्राविधिक सत्यतथ्य नखोजी केवल इन्कारी बयानका आधारमा प्रतिवेदन बुझाउन हतारिनुले रास्वपाभित्र सुशासनको नारा कति खोक्रो छ भन्ने प्रष्ट भएको छ । समितिभित्रै सांसद ‘सच्चिएको’ भन्दै बचाउ गरिनु राजनीतिक संरक्षणको पराकाष्ठा हो । सुशासनको चर्को नारामा उदाएको दल यति छिट्टै बाटो विराएको बटुवा झैं होला भन्ने कल्पना गर्न सकिन्न ।


    रास्वपाका आम सांसद र कार्यकर्ताहरूले यो प्रकरणले पार्टीको ‘नयाँ राजनीति’ को नारा र सार्वजनिक छविमा गम्भीर आँच पु¥याउने भन्दै नेतृत्वलाई सचेत गराइरहेका छन् । छानबिन समितिले जस्तो प्रतिवेदन तयार पारे पनि अन्तिम निर्णयको साँचो पार्टी सभापति रवि लामिछाने र केन्द्रीय नेतृत्वकै हातमा रहनेछ । यदि रास्वपाले आफ्ना सांसदलाई विना कुनै विश्वसनीय प्राविधिक परीक्षण र फितलो छानबिनका भरमा उन्मुक्ति दियो भने, भोलि अरू दलका विकृतिमाथि प्रश्न उठाउने उसको नैतिक धरातल समाप्त हुनेछ । भीडको राजनीति र चर्का भाषणले क्षणिक लोकप्रियता देला, तर विधिको शासन र उच्च नैतिक आचरणविना पार्टीको साख जोगिन सक्दैन् । नेतृत्वले आत्मसमीक्षा गरेर यो प्रकरणमा निष्पक्ष तथा पारदर्शी कदम चाल्न सक्दा रास्वपा र राजनीतिप्रति नागरिकको सकारात्मक धारणा बन्नेछ, अन्यथा रास्वपाको स्खलनलाई रोक्न संभव छैन ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij