२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

राजस्व संकलनमा भैरहवा भन्सारको रेकर्ड

राजस्व संकलनमा भैरहवा भन्सारको रेकर्ड

राजस्व संकलनमा भैरहवा भन्सारको रेकर्ड

राजस्व संकलनमा भैरहवा भन्सारको रेकर्ड

राजस्व संकलनमा भैरहवा भन्सारको रेकर्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २१ २०८३
शुक्रवार, कार्तिक २१ २०८३
  • केही समययता शिथिल बनेको मुलुकको आन्तरिक बजार गतिविधि र सुस्त वैदेशिक व्यापारका बिच रूपन्देहीको भैरहवा भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले नेपाली अर्थतन्त्रमा आशा र उत्साहको सञ्चार गराएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् असोज मसान्तसम्मको अवधिमा मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक नाका भैरहवाले सरकारले तोकेको लक्ष्यभन्दा माथि राजस्व संकलन गर्न सफल हुनु सुखद पक्ष हो । यो केवल एउटा कार्यालयको सफलता मात्र होइन, बरु समग्र राष्ट्रिय अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको संकेत हो ।


     भन्सार विभागले पहिलो तीन महिनाका लागि तोकेको २९ अर्ब २८ करोड रुपैयाँको लक्ष्यलाई उछिन्दै भैरहवा भन्सारले ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल हुनु र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै ठूलो फड्को मार्नु आफैंमा सुखद पक्ष हो । गत वर्षको सोही अवधिमा लक्ष्यको ९७ दशमवल १४ प्रतिशत मात्रै प्रगति थियो । अझ असोज महिनामा मात्रै लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत अर्थात् १३ अर्ब ८८ करोड रुपैयाँ दाखिला हुनुले चाडपर्वको समयमा बजार चलायमान भएको देखिन्छ ।


    यो आर्थिक सुधारका पछाडि मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, इन्धन तथा सवारीसाधनको आयात नियमित र सहज बन्नु नै रहेको भन्सार  प्रशासनको भनाइ छ । उद्योगहरूले उत्पादन बढाउनु र बजारमा वस्तुको माग बढ्नुले अर्थतन्त्र चलायमान भएको देखिन्छ । तर, आयात बढ्दा भन्सार राजस्व त बढ्छ, यसले मुलुकको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा पार्न सक्ने दबाबप्रति भने राज्य उत्तिकै संवेदनशील हुन जरुरी छ ।


    राजस्व संकलनमा देखिएको यो उत्साहलाई दीर्घकालीन रूपमा टिकाइ राख्न अब भन्सार प्रक्रियालाई अझ बढी प्रविधिमैत्री, पारदर्शी र झन्झटमुक्त बनाइनुपर्छ । वैधानिक व्यापारलाई प्रोत्साहन गर्दै चोरीपैठारी नियन्त्रणमा सुरक्षा निकाय र भन्सार प्रशासनको आपसी समन्वय अझ चुस्त हुन आवश्यक छ । भैरहवा नाकाले देखाएको यो सकारात्मक मार्गचित्रलाई मुलुकका अन्य प्रमुख नाकाहरूले पनि पछ्याउन सके सरकारको वार्षिक राजस्व संकलनको लक्ष्य भेट्टाउन कठिन हुने छैन । अर्थतन्त्रमा देखिएको यो प्रारम्भिक सुधारको हरियो सङ्केतलाई स्थायी बनाउन नीतिगत निरन्तरता र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यमा सरकारको सक्रियता थप अपेक्षित छ । यो सुधारमा मख्ख परेर हुँदैन्, दिगोपनाका लागि थप जिम्मेवार हुन आवश्यक छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij