२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

दिदीबहिनी नहुनेहरूका लागि आजको भाईटिका ...

दिदीबहिनी नहुनेहरूका लागि आजको भाईटिका ...

दिदीबहिनी नहुनेहरूका लागि आजको भाईटिका ...

दिदीबहिनी नहुनेहरूका लागि आजको भाईटिका ...

दिदीबहिनी नहुनेहरूका लागि आजको भाईटिका ...
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २६ २०८३
बुधवार, कार्तिक २६ २०८३
  • दिपक पोख्रेल

    आज चारैतिर भाइटीकाको रौनक छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएका तस्बिरहरू सामाजिक सञ्जालभरि देखिन्छन्। कसैले निधारमा सप्तरङ्गी टीका लगाइरहेका छन्, कसैले माला पहिराइरहेका छन्।

    तर केही दाजुभाइ यस्ता पनि छन्, जसको आज टीका लगाइदिने आफ्नी दिदीबहिनी छैनन्।

    मन त उनीहरूको पनि हुँदो हो, आज कसैले फोन गरेर सोधिदिए हुन्थ्यो— ‘दाइ, आज भाइटीका हो नि, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ?’

    आफ्ना दिदीबहिनी भइदिएका भए सायद टीका लगाउन सम्भव नभए पनि एकपटक सम्झिन्थे होलान्, फोन गर्थे होलान्, हालखबर सोध्थे होलान्। निधारमा टीका नलागे पनि मनमा माया र आत्मीयताको अनुभूति त हुन्थ्यो होला।

    कहिलेकाहीँ मान्छेलाई ठूलो उपहार चाहिँदैन, महँगो माला र सप्तरङ्गी टीका पनि चाहिँदैन। केवल आफ्नो भन्ने कसैले सम्झिदिए पुग्छ, दुई शब्द बोलिदिए पुग्छ, ‘मेरो दाइ, मेरो भाइ कस्तो छ?’ भनेर सोधिदिए पुग्छ।

    आज अरूका घरमा टीकाको रौनक देख्दा उनीहरूको मनमा पनि एउटा अधुरो चाहना जाग्दो हो। तर सबैको भाग्यमा सबै सम्बन्ध कहाँ लेखिएका हुन्छन् र!

    सम्बन्ध नहुनुको पीडा टीका नलगाउन पाउनु मात्र होइन रहेछ, आफ्नो भनेर सम्झिने र हालखबर सोध्ने एउटा सम्बन्ध नहुनु पनि रहेछ।

    दिदीबहिनी हुनेहरूले यो सम्बन्धको महत्व बुझ्नुहोस्। नहुनेहरूको मनमा पनि आजको दिनले धेरै सम्झना र शुभकामना लिएर आओस्।

    सबै दाजुभाइहरूलाई भाइटीकाको हार्दिक शुभकामना। ❤️🙏

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij