२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

हाम्रो राष्ट्रिय पर्व तिहार

हाम्रो राष्ट्रिय पर्व तिहार

हाम्रो राष्ट्रिय पर्व तिहार

हाम्रो राष्ट्रिय पर्व तिहार

हाम्रो राष्ट्रिय पर्व तिहार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक २८ २०८३
शुक्रवार, कार्तिक २८ २०८३
  • झपेन्द्र जिसी
    तिहारको झल्को
    पहिलेका भैली गीत
    हे औंशीबार गाईतिहार– भैली
    गाईलाई दिम्ला नुन पिठो
    भाइलाई दिम्ला फूल टीको –भैली
    भैलेनी आइन् आँगन मागन होइन नाचन –भैली
    झिलीमिली बत्ती झलल रमाइलो गाउँ शहर –भैली ।
    अहिलेका –देउसिरे गीत
    तिरासी सालमा – देउसिरे
    नयाँ सरकार –देउसिरे
    देशमा आयो –देउसिरे
    सुकुम्बासी –देउसिरे
    बस्तीबस्तीमा –देउसिरे
    डोजर दौडे –देउसिरे
    सुकुम्वासीका –देउसिरे
    टहरा भत्किए –देउसिरे
    घरै भत्किए –देउसिरे
    यतिञ्जेल –देउसिरे
    प्रकृतिले–देउसिरे
    हेर्दैरहेछ –देउसिरे
    दुःख नगरे–देउसिरे
    मैले सघाउँछु–देउसिरे
    प्रकृति आइन्–देउसिरे
    पहिलो पटक देउसिरे
    सुनकोशीले देउसिरे
    सडक भत्कायो –देउसिरे
    बसै बगायो –देउसिरे
    टेक्सी बगायो–देउसिरे
    दोस्रो पटक–देउसिरे
    भोटेकोशीमा–देउसिरे
    बाढो आयो –देउसिरे
    नुवाकोट बजार –देउसिरे
    रसुवा बजार– देउसिरे 
    बगरै बनायो –देउसिरे
    घरै ढलायो –देउसिरे
    ऐप्या भन्न नपाउँदै –देउसिरे
    सय होइन –देउसिरे
    हजारौं मान्छे –देउसिरे
    मृत्युका मुखमा –देउसिरे
    परिहाले –देउसिरे
    विद्युत् पावर –देउसिरे
    पावरहाउसको इन्जिनियर प्राविधिक –देउसिरे
    भित्रै परे –देउसिरे
    भित्र मरे–देउसिरे
    समयमै भएन उद्धार  –देउसिरे
    विजोगै भयो –देउसिरे
    चितवनसम्म –देउसिरे
    लाशै पुगे –देउसिरे
    लाश गाड्ने –देउसिरे
    ठावैं पुगेन –देउसिरे
    काली गण्डकी पनि –देउसिरे
    रिसाइ आइन् –देउसिरे
    गण्डकीतिरका –देउसिरे
    रस्तीबस्ती –देउसिरे
    सयौैं बगायो –देउसिरे
    बुढी गण्डकी पनि–देउसिरे
    रिसाउँदै आइन् –देउसिरे
    रस्तीबस्ती –देउसिरे
    धेरै धेरै –देउसिरे
    बगाइन हालिन् –देउसिरे
    राज्य र दैव –देउसिरे
    लागेपछि –देउसिरे
    सुकुम्वासी–देउसिरे
    हुकुम्वासी–देउसिरे
    सबैको बस्ती –देउसिरे
    ध्वस्तै भए–देउसिरे
    हेर्दाहेर्दै –देउसिरे
    हाम्रा मान्छे –देउसिरे
    यसरी मरे –देउसिरे
    हे आमा –देउसिरे
    हे बाबा –देउसिरे
    यसपालि त –देउसिरे
    केही दिन पर्र्दैन –देउसिरे
    गीत सुनिदिनु होला –देउसिरे
    मनै मनले –देउसिरे
    गुनिदिए हुन्छ –देउसिरे
    गाउँदैछौं आजको राति
    दैव शत्तुर नलागोस् कोही माथि
    दियोमा झिलिमिली बाती
    नेपालीलाई नहोस् है नजाति ।
    परिचय 
    चाड पर्व उत्पत्तिमा उत्पादन पद्धति र ऋतु परिवर्तनले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्  । कुनै पनि चाडपर्व मानव जीवनका सुख दुखका साथी हुन् ।


    तिहार पर्व नेपाली समाजको आदिम परम्परागत पर्व हो । अर्काे तरिकाले भन्ने हो भने सनातनी पर्व हो ।
    मानव जाति वन्य अवस्थालाई पार गरेर कृषि युगमा प्रवेश गरेपछि एउटा उत्सव स्वरुप विभिन्न पर्वहरुको उत्पत्ति मानव जातिले नै प्रारम्भ गरेको वस्तुनिष्ठ अध्ययन गर्दा थाहा लाग्छ । यस अनुरुप दशैं, तिहार, छट (छठ) सङ्क्षेप २÷४ आखर लेख्ने धामा गरिएको छ । पढी गुनी यथार्थता बुझ्ने कोशिश गरिदिनु भएमा पंक्तिकार ऋणी हुनेछ ।


    पर्व संस्कृतिको उत्पत्तिमा कुनै पनि धर्मको भूमिका रहेको छैन । मानव समाजको इतिहासको वस्तुगत अध्ययन गर्दा यो पाइन्छ । तर पछिल्ला दिनहरुमा पर्व संस्कृतिलाई धार्मिकीकरण गरिएका छन् । नेपालमा मनाइने अधिकांश चाड पर्व संस्कृतिलाई हिन्दुकरण गर्दै पण्डा पुरोहितहरुले संस्कृतमा ठूलाठूला ग्रन्थ लेखेका छन् । ग्रन्थमा अनेक सिलोकहरु खाँदेका छन् । यही नै सत्य होला भनी बुझी नबुझी हिन्दु पर्व भन्ने मान्ने परम्परा पनि बसेको छ । यसले गर्दा हिन्दु धर्म बाहेक इतर धर्ममा आस्था राख्नेले यी पर्व त ब्राह्मणका पर्व रहेछन् भन्ने मान्यता बढ्दै गई हामीले किन मान्ने ब्राह्मण मात्रले मान्नू भन्ने मत पनि बनेको छ । यसले गर्दा संस्कृत भाषा त ब्राह्मण भाषा पो रहेछ भन्ने मत बन्दै गएको पाइन्छ । भन्नै पर्छ स्वयं ब्राह्मण वर्गले संस्कृत भाषालाई बिटुलो र सङ्कीर्ण बनाएको देखिन्छ । यो दुःखद पक्ष हो । पर्व संस्कृतिको उत्पत्तिमा उत्पादन पद्धति र ऋतु परिवर्तनले नेतृत्वदायी भूमिका खेलेको तथ्य सत्यलाई नकारेर ब्राह्मणिक पेशालाई स्थायी र सुरक्षित गर्ने दुष्प्रत्यन भएपछि पर्व संस्कृति पनि साँगुरिदै जानु स्वाभाविकै छ ।
    गौधन, पशुधन, मानव सहयोगी कुकुर, काग आदि प्राकृतिक रुपमा मानव सहयोगी र सेवक हुन्  ।


    मानव जाति वन्य अवस्थामा गुफा (ओढार) आदिमा रहँदा बस्दा ओढार वरिपरि मानवले आची गरेको आची खान सर्वप्रथम एक प्रजातिको कुकुर आयो । कुकुरले पुच्छर डोलाएर म तपाईं मानव जातिको शरणागत छु भन्यो आफ्नो मुक भाषामा । कुकुर तदुपरान्त ओढार वरिपरि बसेर मानवको पहरेदारको रुपमा रहन थाल्यो र शत्रु प्राणी बाघ भालु आउँदा हाउँहाउँ गरेर भुकेपछि हिंस्रक जीवजन्तु भागे । मानिसले पनि के बुझे त भनी यो जन्तुले त हाम्रो रखबारी गर्दाेरहेछ भन्ने दिमागमा चेतना आयो । काइँकाइँ कुँकुँ गर्ने हुँदा यसको नाम कुकुर राखे र त्यो कुकुरलाई हितकारी ठानेर आफूले खाने मासु आदि खान दिए । यस प्रकार कुकुर मानवको हितकारी साथी भयो समाजशास्त्रीहरुले आआफ्ना पुस्तकमा यही कुरा लेखेका छन् । त्यसैले कुकुर तिहारमा कुकुरलाई टीका र माला लगाई मीठा–मीठा परिकार खान दिने परम्परा बस्यो । यसलाई कुकुर तिहार भनिन्छ । कुकुर काल्पनिक यमराजको दूत नभई मानवको साथी हो ।


    काग तिहार
    कागलाई कौवा पनि भनिन्छ । यो चराको आवाजमा काका शब्द आउँछ । का का बाट काग भएको पाइन्छ । कागले आदिम कालदेखिनै  गुफा घर वरिपरिका आजकाल घर, दरबार वरिपरिका जुठ्यान खाएर मानवलाई सरसफाईमा सहयोग र सेवा गरिरहेको छ । यसो भएर कागको गुनलाई कदर गरेर मानिसले काग तिहारमा कागलाई रोटी फलफूल, माछा, मासु खान दिने र कतिपय कागलाई समातेर मखमली फूल र सयपत्रीको माला लगाइदिने प्रचलन रहँदै आएको छ ।


    गाईतिहार र पूजा
    गाई वन्य अवस्थादेखि नै मानव जाति बसोबास गर्ने गुफा छेउमा आए । कान हल्लाएर शरणागत छु भन्ने संकेत ग¥यो । मानवले उसलाई अन्न फल खानदियो । ऊ दिउँसोमा गुफा वरिपरि चर्न र सन्ध्या नहुँदै गुफा नजिकै बस्न थाल्यो । गाईले बाच्छो वा बाच्छी जन्मायो । मानवले गाईको दूध दुएर खान थाल्यो । दूध खुब मीठो मान्यो । गाईको बाच्छो ठूलो भएपछि उसलाई काटेर मासु खान थाले भने बाच्छी ठूलो भएपछि बहर लागेर व्याएको देखे । व्याएपछि पुनः उसको पनि दूध दुएर खाने चेतना मान्छेमा आयो । बाच्छाबाच्छीले गाईलाई आम्मा भनेर बोलाए । अनि गाई आयो ।  मानिसका छोराछोरीले पनि दुध दिनेलाई आम्मा भनेको सुनेर  आफूलाई जन्माउने र लालनपालन गर्नेलाई आम्मा भन्नु पर्दाेरहेछ भन्ने बाल बालिका र प्रौढ मान्छेले पनि सिके । यसरी आमा शब्द प्रचलनमा आयो । गाई र बाच्छाबाच्छी हाम्रा गुरु रहेछन् भन्ने मानव समुदायले बुुझ्दै आयो । गाई अत्यन्त उपयोगी र हितकारी जनावर हो र यही बुझाइले गर्दा गाई गोधन भनिएको हो ।


    गाईको उपयोगिता र उसको गुनलाई आत्मसात् गरेर गाई तिहार मनाइन्छ । यस पर्वमा गाईको खुट्टा धोएर, निधारमा र शरीरभरि टीका लगाइदिने, फूलमाला लगाइदिने गरिन्छ । गाईलाई मन पर्ने पीठो, नुन, रोटी आदि खान दिइन्छ । खुट्टामा ठोेगिन्छ । 


    गोवद्र्धन तिहार र पूजा
    गाई गोरुको संख्या वृद्धि होस्, गाईले धेरै गोबर दिऊन् भनेर गोवद्धन तिहार मनाइन्छ । यस पर्वमा गोवरको चाङ लगाएर मन्दिर जस्तै बनाइन्छ । गोबरको मन्दिरलाई पूजा गरिन्छ । कृषि उत्पादनमा गोबरको महत्व हिजो पनि थियो र आज पनि छ । अर्गानिक खेतीपाती गर्न गोबरको कति महत्व छ भनिरहन परेन, यो जगजाहेर छ ।
    यस पर्वमा गोरुलाई निधार र शरीरभरि टीका लगाइदिइन्छ । गोरुलाई मन पर्ने, नुन पीठो खान दिइन्छ । गोरुले खेतबारीमा हलो र जोतेर लडिया तानेर सेवा गर्दै आएको इतिहास छ । आजकाल पावर टिलर र ट्याक्टरले जोत्न थालेपछि पनि गोरुको महत्व घटेको छैन । गोरु विना गाईले गर्वधारण गर्न पनि सक्दैन, होइन र ?


    भाइटीका
    तिज पर्वमा दाजुभाइ वा माइतीले दिदी बहिनीलाई बोलाएर÷निम्ता गरेर मीठो चोखो खुवाएर उपहार दिन्छन् भने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा निम्ता गरेर निधारमा इन्द्रेणी टीका र मखमली फूलको माला लगाइदिएर सेल रोटी, अनरसा, फिनी, झिनिया रोटी आदि खुवाएर स्वागत गर्दछन् । दाजुभाइले पनि गच्छे अनुसार उपहार दिएर एक आपसमा माया र सद्भाव प्रकट गर्ने गर्दछन् ।
    अन्त्यमा यो पर्व कुनै धर्मको पर्व होइन । यो पर्व त बौद्ध, बोन र अन्य धर्ममा आस्था राख्नेले पनि मनाउँछन्  । हिन्दुको मात्र पेया बनाउनु औचित्यपूर्ण छैन । हुँदैन यो त नेपालीको राष्ट्रिय पर्व हो ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij