२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

उद्यमशिलतामा लगानीले जगाएको आशा

उद्यमशिलतामा लगानीले जगाएको आशा

उद्यमशिलतामा लगानीले जगाएको आशा

उद्यमशिलतामा लगानीले जगाएको आशा

उद्यमशिलतामा लगानीले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक ३० २०८३
आइतवार, कार्तिक ३० २०८३
  • अध्ययन र रोजगारीको खोजीमा दैनिक हजारौंको संख्यामा ऊर्जाशील युवा जनशक्ति बिदेसिइरहेको वर्तमान परिदृश्यमा स्वदेशमै सम्भावना खोज्दै भइरहेका नवीन लगानीहरू मुलुकका लागि आशाका बलिया किरण हुन् । पछिल्लो समय देशको समग्र अर्थतन्त्रमा देखिएको सुस्तता, बजार मागमा आएको संकुचन र व्यवसायिक क्षेत्रमा छाएको निराशाका बीच युवा उद्यमीहरूले देखाइरहेको साहस प्रशंसनीय छ । देशको प्रमुख आर्थिक केन्द्रमध्येको एक बुटवलमा युवा उद्यमी कमलजंग कुँवरले करिब ६ करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रियस्तरको ‘ड्याडिज केक–द प्रिमियम बेकरी’ सञ्चालनमा ल्याएर देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।


    लामो समयदेखि आतिथ्य र सेवा क्षेत्रमा क्रियाशील ड्याडिज समूहले एक वर्ष लामो गहन अध्ययन र अनुसन्धानपछि बेकरी उद्योगमा यति ठूलो पुँजी परिचालन गर्नु सामान्य व्यावसायिक कदम मात्र होइन । परम्परागत ढर्रामा चलिरहेको नेपाली बेकरी उद्योगलाई आधुनिक प्रविधि, फ्रेन्च र इटालियन उत्पादन शैली तथा उच्च खाद्य स्वच्छतासँग जोड्ने यो प्रयासले उपभोक्ताको बदलिँदो स्वाद र गुणस्तरप्रतिको चाहनालाई सम्बोधन गर्ने देखिन्छ । ‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं’ भन्ने मूल मन्त्रका साथ अघि बढेको यो अभियानले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर सम्भव छ भन्ने बलियो सन्देश प्रवाह गरेको छ ।


    नेपालको बैंकिङ प्रणालीमा पर्याप्त तरलता थुप्रिएको तर लगानीकर्तामा आत्मविश्वासको अभाव देखिएको वर्तमान अवस्थामा करोडौंका यस्ता लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता नवीन उद्यमहरूले एकातिर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दर्जनौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्छन् भने अर्कोतिर स्थानीय कृषि उपज, दुग्धजन्य पदार्थ र कच्चापदार्थको खपत बढाएर ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पु‍¥याउँछन् । सहर केन्द्रित आयातित वस्तुको निर्भरता घटाउन र स्वदेशी ब्रान्ड स्थापित गर्न यस्ता प्रयास कोसेढुंगा साबित हुन सक्छन् ।


    यद्यपि, निजी क्षेत्रको एकल उत्साह र साहस मात्र दीर्घकालीन आर्थिक रूपान्तरणका लागि पर्याप्त हुँदैन् । स्वदेशमै पसिना बगाउन चाहने नवप्रवर्तक तथा युवा उद्यमीहरूलाई टिकाइराख्न स्थानीय, प्रदेश र संघीय सरकारको नीतिगत स्पष्टता र अभिभावकत्व अपरिहार्य छ । झन्झटिलो प्रशासनिक प्रक्रियाको अन्त्य, कर प्रणालीमा सहुलियत, व्यावसायिक सुरक्षाको प्रत्याभूति र उत्पादनमूलक क्षेत्रमा सहज कर्जा प्रवाहको वातावरण राज्यले निर्माण गरिदिनुपर्छ । नीतिगत अस्थिरताका कारण उद्यमीहरू निरुत्साहित हुने अवस्थाको अन्त्य नहुनेहो भने मुलुकमा पूँजी पलायनको डरलाग्दो जोखिम छ ।


    स्वदेशमै भविष्य निर्माण गर्न कस्सिएका युवा उद्यमीहरूको यो कदम अन्य युवाहरूका लागि पनि प्रेरणाको स्रोत बन्नुपर्छ । जबसम्म देशभित्रै नवीन सोच, आधुनिक प्रविधि र पुँजीको संयोजन गर्ने उद्यमीहरूको राज्य र समाजबाट उचित सम्मान तथा संरक्षण हुँदैन, तबसम्म आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा अधुरै रहन्छ । बुटवलबाट सुरु भएको यो व्यवसायिक यात्राले समग्र लुम्बिनी प्रदेश र देशकै उद्यमशीलताको क्षेत्रमा नयाँ ऊर्जा र आत्मविश्वास भर्ने आशा गर्न सकिन्छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij