झपेन्द्र जिसी
परिचय
दशैं तिहार पर्व आफ्नो गक्ष अनुसार लोकले मनाए । अब फेरि छट (छठ) पर्व पनि लेख लेखी प्रकाशन गरिरहँदा यो पर्व पनि विदाईतर्फ गइरहेको छ ।
संस्कृत भाषाको षष्ठीबाट मिथिला-जनकपुर क्षेत्रमा छठ पर्व भनिएको पाइन्छ । नेपाली (खश) भाषामा यसलाई छट भनिन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार र त्यसपछि आउने पर्व छट पर्व हो । अर्काेतर्फ बुझे हुन्छ पाँच दिने तिहारपछि आउने पर्व छट पर्व हो । हिन्दु शास्त्रहरुले पाँच दिने तिहारलाई यमपञ्चक नामकरण गरेका हुन् । यसरी हेर्दा यमपञ्चक पछि क्रमशः आउने पर्व छट हो ।
छट पर्वको प्राचीनता र सूर्यको महत्वबारे
सूर्य पृथ्वीको नजिक रहेको नजिकको महत्वपूर्ण तारा हो । सूर्य नभएको भए जीवन ग्रह पृथ्वी नै हुने थिएन । सूर्यकै कारण वा सूर्यकै सन्ततिको रुपमा अरु नौ ग्रह रहेका छन् । पृथ्वीको शोध अध्ययनकर्ता वैज्ञानिकहरुले पृथ्वीलाई सूर्यको ग्रह मानेका छन् । धार्मिक व्याख्यामा सूर्यलाई पण्डित पुरोहितहरुले ग्रह भन्दछन् । तर सूर्य ग्रह नभई तारा हो । सूर्यको परिवारलाई सौर्यमण्डल भनिन्छ । यो विश्व ब्रह्माण्डमा सौर्यमण्डल जस्तै अन्य अनगिन्ती आकाश मण्डल छन् भनी वैज्ञानिकहरुले पुष्ट्याइँ गरिसकेका छन् । पृथ्वी सौर्यमण्डलभित्रको सामान्य ग्रह मात्र नभई जीवन ग्रह हो । अर्थात् सूर्यबाट उछिट्टिएर आएको एउटा विशाल टुक्रा पृथ्वी हो । पृथ्वी त यति विशाल छ भने सूर्य त झन् पृथ्वीभन्दा धेरै गुना विशाल छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यसरी हेर्दा के देखिन्छ भने पृथ्वीलाई जन्माउने माता वा पिता जे भनौं सूर्य नै हो ।
सूर्य, ताप, प्रकाश (उज्यालो) र शक्तिको स्रोत हो । सूर्य नहुने हो भने पृथ्वी पनि प्रारम्भमा अत्यन्त तातो थियो । तर पृथ्वी सूर्यदेखि धेरै टाठा र सानो भएकाले सेलाउँदै गयो । यस क्रममा हिमयुग पनि लामै समय रहयो । अर्थात् चिसै चिसै भयो । तर विस्तारै न्यानो युग पनि आयो । सन्तुलित हावापानी भएपछि सर्वप्रथम दलदले क्षेत्रमा एक कोशीय जीवाणु र क्रमशः मेरुदण्डसहितको प्राणीको विकास भयो र तिनै प्राणीहरु थलमा पनि घस्रेर हिंड्न थाले । यस क्रममा बोट विरुवा वनस्पतिको जन्म, विकास र विस्तार भयो । जीव वैज्ञानिक चाल्र्स डार्बिनले यही मान्यतालाई टेकेर वैज्ञानिक प्रमाण दिएका छन् । दलदले क्षेत्रमा एककोशीय निम्न कोटीका रुपमा जन्मेका जीवाणुहरु मेरुदण्डसहित हुनुका साथै जल र थलमा बस्न र बाँच्न योग्य भए । यिनै प्राणीहरुमध्येबाट बानर लगायत बाघ, भालु, सिंहमा समेत विकास भए । वानर जस्ता एक प्रजातिको प्राणी क्रमशःचार खुट्टाले हिंड्ने क्रममा दुई खुट्टाले टेकेर हिंड्न योग्य लाखौं वैज्ञानिकहरुले पुष्ट्याइँ गरिसकेका छन् । तिनै यस्सो हेर्दा नर जस्ता प्राणीलाई वैज्ञानिकहरु वा+नर–वानर नाम राखे । अंग्रेजीमा रामपिथेकस र नेपालीमा प्राज्ञ मानव भनिएको छ । आत्मरक्षाका लागि र सिकार आदि जुटाउनका लागि अघिल्ला खुट्टा (हातले) ढुंगा समातेर शत्रु प्राणी र सिकारका लागि प्रहार गर्न सिके । क्रमशः तिनै वा +नर –वानर – नरमा रुपारिन्त भए ।
बुटवल नजिक पाल्पाबाट बहँदै आउने तिनाउ नदीको दायाँ पहरामा अमेरिकी मानव वैज्ञानिक जेन्स मुन्थे एवम् समाजशाास्त्रीको वैज्ञानिक समूहले ढुंगामा टाँसिएको दाँतजस्तो कालो ढुंगाप्रति आर्कषित भई उत्खनन गरे र अमेरिकी वैज्ञानिक प्रयोगशालामा लगे । पारा म्यागनेटिक प्रविधिबाट वैज्ञानिक परीक्षण गर्दा त्यो कालो देखिने ढुंगामा आदिम मानवको बायाँ बङंग्रारा हो र सो बङ्रा १ करोड १० लाख वर्ष पुरानो हो भनी सार्वजनिक गरे । यसरी नै केनियामा प्राप्त अवशेष १ करोड ४० लाख पुरानो हो भनी सार्वजनिक गरेका छन् । त्यो दाँतलाई रामापिथेकस आदिममानव भाव भएका नरको दाँत हो भनी पुष्टि गरेका छन् । सो दाँतको सक्कल काठमाडौं छाउनीमा रहेको छ ।
आदिम कालमा खाना नाना, छानाका लागि विचरण गरिरहने मानवहरुले रोम, युनान आदिममा जस्तै नेपालमा भारत जस्ता देशमा मानव वस्ती बसालेको इतिहास छ । सूर्य पूजा कहिलेदेखि शुरु भयो ? यो खुल्दुलीकै विषय हो । त्यो आदिम युगमा जंगलमा रहने ती मानवहरु जंगलमै हुर्किए, रुखमा र पछि ओडारमा बसे । जंगलमा रहँदा बस्दा उनीहरु नाङ्गैबुङ्गै थिए । जब जाडो मौसम शुरु हुन्थ्यो अन्धकार रातमा बाँच्न निकै गाह्रो हुने नै भयो । अनि अन्धकार रातमा कहाँ जाने उनीहरु अलमल हुनु स्वाभाविवकै थियो । त्यसैले जाडोले कठङ्गिएका र उज्यालो नपाएर हिंड्डुल गर्न असमर्थ भएका ती वन्यमान्छेहरु सूर्यकै प्रतीक्षामा रहन बाध्य थिए । जब पूर्वी दिशामा रातो रातो सेतोसेतो डल्लो देखा पर्न थाल्थ्यो उनीहरु खुशी हुन्थे र त्यही डल्लोको पर्खाइमा रहन्थे । सूर्य उदाएपछि उज्यालो र न्यानो हुन थाल्थ्यो र थाल्छ । उनीहरुको जाडो हट्न थाल्थ्यो । त्यसैले त्यो आकाशमा घर्तीमा झलमल्ल पार्ने डल्लोलाई स्वागत गरे । न्यानो पनि भयो । अनि त्यो डल्लोको नाम सूर्य राखे । युरोपतिर त्यस डल्लोलाई सन् भने । कतै सुरज भने । यसैले सूर्यको नाम सहस्रौं रहे । यस्तो न्यानो तापक्रम र उज्यालो दिने सूर्यलाई एउटा अद्भूत शक्ति माने । देवता वा भगवान् वा गाउँ ठाने माने ।
सूर्य पूजा विशेषतः यही जाडो मौसममा हुने गर्दछ । मानव जातिले पहिलो दिन अस्तय चलमा पुगेका सूर्यलाई दहीको अर्घ चढाउँछन् । यसको अर्थ हो हे सूर्य देवता ! हजुर अब अस्ताचलमा जानुभयो हामी अब रातिभरि अन्धकारमा पर्छाै र जाडोले सताउने भयो । भोलि अलि चाँडै आउनु होला भनी पुकारेको हो । यो प्रकृति पूजा, प्रार्थनाको प्राचीन स्वरुप हो । यसरी नै भोलिपल्ट नेपालको मिथिला क्षेत्रमा रहेका तालतलैया गंगामा गएर पूजा प्रार्थना गर्दछन् र तेस्रो दिन उदाएका सूर्यलाई पुनः पूजा प्रार्थना गर्दछन् ।
पूजा प्रार्थना मिथिला क्षेत्रको सूर्य पूजाको एउटा विधि हो । एउटा प्रक्रिया हो । जति पूजा प्रार्थना गरे पनि वा नगरे पनि सूर्यको गुण एउटै हो । पृथ्वीको परिक्रमाको तालमा सूर्यको दर्शन गर्ने हो । किनकि सूर्य त अटल छ ।
सूर्य स्मरण, सूर्य प्रार्थना प्राचीन मानवको बुझाइ हो ।
सूर्य ताप प्रकाश र शक्तिको स्रोत हो । यसका यी गुणप्रति मानव जगत आभारी छ । यसरी नै मुक प्राणी तथा मानव जगत पनि यति हुँदा हुँदै पनि सूर्य भगवान वा देवता होइन ।
अन्त्यमा तर मानव जातिले सूर्यलाई देवत्वकरण र मूर्तिकरण गरी पूजा प्रार्थना गर्ने परम्परा बसाले । सूर्य त तारा हो । ताप र प्रकाशको मुख्य स्रोत हो । आदिम मानव जातिले सूर्यको गुण विशेषतालाई जसरी बुझे त्यसरी नै पूजा प्रार्थना गरे, नाचे, गाए, रमाए ।
यसबाट के बुझिन्छ भने मानव जाति र पशु प्राणी, बोट विरुवाको प्रकृतिसित अभिन्न सम्बन्ध छ भन्ने बुझाउँछ । सूर्य नहुने हो भने बोट विरुवामा हरियो पातको सट्टा पहेंले पात हुन्छ र अन्त्यमा मर्दछन् । बोट विरुवा मात्र होइन सूर्यको प्रकाश र उज्यालो विना मानव लगायत सम्पूर्ण प्राणी जगत् र वनस्पति विलुप्त नै हुन्छ । मानव जाति गुणग्राही प्राणी हो । त्यसै भएर छट पर्व धुमधामका साथ मनाउँदै आएका छन् । यो महत्वपूर्ण सांस्कृतिक पर्व हो । तराईमा मनाइने छट पर्व अहिले त पहाडतिर पनि उकालो चढेको छ र धुमधामले मनाउने प्रचलन बढेको छ । राम्रो संस्कृति जहाँकाहीं शुरुवात भएको वा कुनै सुमयदाले सुरु गरे पनि स्वीकार्य हुन्छ र भएको छ ।



